न रुपन्देहीले मलाई भुल्ने छ, न मैले रुपन्देहीलाई भुल्ने छु : विष्णु पौडेल
बुटवलनेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आइतबार आफ्नो निर्वाचन क्षेत्रमा आएर रुपन्देहीलाई भुल्न नसक्ने बताएका छन् । विगतमा आफूले अघि सारेका योजनाहरुलाई पूर्णता दिनका लागि रुपन्देही-२ बाट आफ्नो उम्मेदवारी रहने बताउँदै उनले रुपन्देही बासीले पनि आफूलाई भुलन नसक्ने विश्वास व्यक्त गरे ।
एमाले लुम्बिनी प्रदेश पार्टी कार्यालय बुटवल सुख्खानगरमा नेता कार्यकर्ताहरुबीच बोल्दै उनले भने- ‘न मैले रुपन्देहीलाई भुल्ने छु, न मलाई रुपन्देहीले भुल्ने छ ।’ शनिबार बसेको एमाले सचिवालय कमिटीको बैठकले पौडेललाई पाल्पा-२ बाट चुनाव उठाउने निर्णयसँगै रुपन्देहीका नेता कार्यकर्ताले आवाज उठाएपछि निर्णय सच्चिएको सन्दर्भमा उनले उक्त कुरा व्यक्त गरेका हुन् । पार्टीको निर्णयभन्दा फरक भएर आफू जान नसक्ने बताउँदै उनले सचिवालय बैठकमा आफूलाई पाल्पा पठाउन छलफल चलाए पनि रुपन्देहीका नेता कार्य...





