एमसीसी अन्तर्गतका २३ दशमलव ६६ मिलियन डलरका दुई ठेक्का सम्झौता
काठमाडौँएमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत सडक मर्मतसम्भारका लागि कुल २३ दशमलव ६६ मिलियन अमेरिकी डलर बराबरका दुई महत्वपूर्ण सम्झौता भएको छ ।यी नयाँ सम्झौताले नेपालको सडक पूर्वाधारलाई बलियो बनाउने र दीर्घकालीन आर्थिक वृद्धिलाई अगाडि बढाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ ।यी सम्झौतामध्ये लुम्बिनी प्रदेशको दाङ जिल्लामा पर्ने पूर्व–पश्चिम राजमार्गको धनखोला–लमही खण्डमा फुल–डेप्थ रिक्लेमेसन र सुपरपेभ प्रविधि प्रयोग गरी सडक पुनःस्थापनाका लागि शर्मा–कुमार संयुक्त उपक्रमसँग २० मिलियन अमेरिकी डलरको सम्झौता गरिएको छ । साथै, उक्त कार्यको सुपरिवेक्षण तथा नारायणघाट–मुग्लिन सडक खण्डको आवधिक मर्मतसम्भारका लागि इन्टरकन्टिनेन्टल कन्सल्टेन्ट्स एण्ड टेक्नोक्र्याट्स प्रा.लि. (आईसीटी) सँग ३ दशमलव ६६ मिलियन अमेरिकी डलरको सम्झौता गरिएको छ ।सम्झौ...








