निर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज


निर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज
काठमाडौं
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार ज्येष्ठ सदस्य केसीलाई पद तथा गोपनीयताको शपथ गराएका थिए । प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ समारोह सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा हुनेछ ।

संघीय संसद् सचिवालयका अनुसार ४७ जनाले नेपालीबाहेक भाषामा शपथ लिने तयारी छ । त्यसमध्ये १७ जनाले मैथिली भाषामा शपथ लिने तयारी छ । नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ । संघीय संसद् सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बिर दुईप्रतिसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरेको छ । सचिवालयले औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोसाकमा उपस्थितिका लागि यसअघि नै आग्रह गरेको थियो । बहुउद्देश्यीय हलमा आवश्यक सिट, रोष्टम, सभामुख आसन, महासचिव, सचिव, सचिवालय बस्ने ठाउँलगायतको व्यवस्थापन गरिएको छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२, नेपाली कांग्रेसले ३८, नेकपा (एमाले)ले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीेले सात र राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट प्राप्त गरेका छन् ।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...