भ्रष्टाचार नियन्त्रण गर्न नेतृत्वमा ईमानदारीता चाहिन्छः मुख्यमन्त्री आचार्य
बुटवल ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न नेतृत्व तहबाटै सुरु गरिएको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरीले मंगलबार बुटवल उपमहानगरपालिकाको सभाहलमा आयोजना गरेको सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रण सम्बन्धि पाँच वर्षे रणनीतिक कार्ययोजनाको मस्यौदा माथिको छलफलमा मुख्यमन्त्री आचार्यले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न राजनीतिक नेतृत्वमा ईमानदारीता आवश्यक पर्ने बताए ।
‘रानीतिक नेतृत्व सच्चिन र सुध्रिन जरुरी छ । नियत बेठिक छैन भने व्यूरोक्रायटले पनि साथ दिन्छ । मैले साथ पाईरहेको छु । जुन कार्ययोजना अघि बढाएको छु, त्यसमा मैले पूर्ण साथ सहयोग पाएको छु । उत्साह बढिरहेको छ’– उनले भने, ‘राजनीतिक नेतृत्वमा समस्याहरु छन । सबै कुरा सच्च्याएर सुधारेर लैजान सकिन्छ । त्यो आँट छ ...








