राजनीति

हिजो व्यवस्था परिवर्तनका लागि र आज अवस्था परिवर्तनका लागि संघर्ष गरिरहेका छौ- मन्त्री दिनेश पन्थी

हिजो व्यवस्था परिवर्तनका लागि र आज अवस्था परिवर्तनका लागि संघर्ष गरिरहेका छौ- मन्त्री दिनेश पन्थी

Breaking news 1, कृषि, ताजा अपडेट, राजनीति, समाचार
बुटवल लुम्बिनी प्रदेशका कृषि ,भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले हिजो व्यवस्था परिवर्तनका लागि संघर्ष गरेको र आज त्यही व्यवस्थामा रहेर नागरिकको अवस्था परिवर्तनका लागि लागि परेको बताएका छन् । गुल्मि मदाने गाउँपालिका स्थायी बसोबास रहेका र बुटवल आसपासमा वस्ने युवाहरुले नवनियुक्त मन्त्रीलाई बधाई तथा शुभकामना आदानप्रदान गर्न शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जनप्रतिनिधि भइसकेपछि राजनीतिक आस्थाका आधारमा आग्रह पूर्वाग्रह राख्न नहुने बताएका छन् ।उनले आफूले कहिले पनि राजनीतिलाई दुरुपयोग नगरी सुशासन ,विकास ,समृद्धिका पक्षमा संघर्ष गर्दै आएको बताए। उनले युवाहरुलाई प्रशिक्षण दिँदै एकजनाले मात्र गर्न नसकिने कामहरु सामुहिकतामा गर्न सकिने भएकाले एकतामा जोड दिन सुझाए । अहिले देशमा बढ्दै गएको विदेश पलायन र बसाईसराई रोक्न आवश्यक रहेको र यसलाई रोक्न रोजगारी, स्वास्थ्...
शान्ति प्रक्रिया मौलिक छ, त्यसैले सफल भएको छ : प्रधानमन्त्री ओली

शान्ति प्रक्रिया मौलिक छ, त्यसैले सफल भएको छ : प्रधानमन्त्री ओली

Breaking news 2, ताजा अपडेट, राजनीति, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रिया मौलिक भएको र त्यही कारण पनि यो सफल भएको टिप्पणी गरेका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै ओलीले भने, ‘हाम्रो शान्ति प्रक्रिया होमग्रोन हो। हामीले आफ्नै हिसाबले अगाडि बढाएका हौं। यो मौलिक छ। त्यही कारणले होला यो सफल छ।’प्रधानमन्त्रीले दुनियाँका लागि पनि नेपालको शान्ति प्रक्रिया नमुना भएको जिकिर गरे। ‘दुनियाँका लागि एउटा नमुनाका रुपमा शान्ति प्रक्रिया, द्वन्द्वलाई व्यवस्थापन गर्ने प्रक्रियालाई अगाडि बढाएका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘१८ वर्ष बितिसकेको छ। यो वर्षमा हामीले द्वन्द्व व्यवस्थापनका सन्दर्भमा थुप्रै उपलब्धी हासिल गरेका छौं।’  ...
मंसिर तेस्रो साता स्थानीय तहका ३४ स्थानमा उपचुनाव गर्न आयोगको सुझाव

मंसिर तेस्रो साता स्थानीय तहका ३४ स्थानमा उपचुनाव गर्न आयोगको सुझाव

Breaking news 1, ताजा अपडेट, राजनीति, समाचार, स्थानीय
प्रधानमन्त्री केपी शर्मा ओलीले र निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरूबीच स्थानीय तहका रिक्त पदमा उपनिर्वाचनको तयारीबारे छलफल भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका मेयरसहित ३४ रिक्त पदमा आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएको छ।प्रधानमन्त्री ओलीले जाडो समयअगावै हुने गरी निर्वाचनको मिति तय गर्न र निर्वाचनमा मितव्ययिता अपनाउन ध्यानाकर्षण गराएका छन्।मिति घोषणा अघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आव्हान गर्ने आयोगले जानकारी गराएको छ।छलफलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, मुख्यसचिव लीलादेवी गड्तौलालगायत सहभागी थिए। ...