औद्योगिक क्षेत्रको लोडसेडिङ पनि हट्यो, अब सबै क्षेत्रमा २४ सै घन्टा बिजुली


https://www.onlinekhabar.com/markets/components/trending

औद्योगिक क्षेत्रको लोडसेडिङ पनि हट्यो, अब सबै क्षेत्रमा २४ सै घन्टा बिजुली

0

2.5KShares

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button

अनलाइनखबर अनलाइनखबर

 २०८१ चैत १५ गते १०:४०

१५ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रको लोडसेडिङ पनि हटाएको छ । अब सबै प्रकारका ग्राहकहरुकहाँ २४ सै घन्टा विद्युत् आपूर्ति गरिने प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलले बताए ।

भारतले  १५ मार्चदेखि सन् आवर अर्थात् बिहान ६ बजेदेखि अपराह्न ५ बजेसम्म मात्रै बिजुली आयात गर्न दिन थालेपछि प्राधिकरणले दैनिक १२ घन्टासम्म लोडसेडिङ गर्दै आएको थियो । स्थानविशेष अनुसार ६ घन्टादेखि १२ घन्टासम्म लोडसेडिङ हुँदै आएकोमा अब पूर्णरुपमा औद्योगिक लोडसेडिङ हटाइएको शाक्यले बताए ।

तर औद्योगिक क्षेत्रका ग्राहकहरुलाई बेलुका पाँच बजेदेखि राति साढे १० बजेसम्म (पिक आवर)मा भने ‘लाइट लोड’मा उद्योग चलाउन अनुरोध गरिएको उनले बताए । यो भनेकाे त्यो अवधिमा उद्योगहरु पूर्ण रुपमा चल्ने नभई अत्यावश्यक मेसिनहरु बन्द हुन नदिन मात्रै विद्युत उपभोग गर्नुपर्ने छ ।

भारतले नेपाललाई हाल उपलब्ध गराउँदै आएको विद्युत् आयात अवधि थप पाँच घण्टा बढाउन सहमत भएको छ । अगामी १ अप्रिलदेखि अब राति ११ देखि बिहान ४ बजेसम्म ६ सय मेगावाट विद्युत् आयात हुने ऊर्जा मन्त्रालयका अधिकारीहरुको भनाइ छ । यसरी रातको समयमा ६ सय मेगावाट विद्युत् आयात गर्न पाउँदा अर्धजलासययुक्त आयोजनाहरुको जलासय भरेर पिकआवरमा चलाउने गरी लोड व्यवस्थापन गरिएको प्राधिकरणको भनाइ छ ।

छुटाउनुभयो कि ?

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उ...
तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

तिनाउमा ‘सिग्नेचर ब्रिज’का लागि ठेक्का समझौता, यस्तो हुने छ संरचना

बुटवलपूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तार योजनाले गति लिइरहेका बेला बुटवलस्थित तिनाउ नदीमा आकर्षक त...
रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

रसुवा बाढी अपडेट : १३४४ जनाको मृत्यु, ४८९८ जना सम्पर्कविहीन

काठमाडौंरसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार ३४४ पुगेको छ । नेपाल प्रहरीले शनिबार बिहा...