बिजुलीको न्यूनतम महसुल ५० प्रतिशत घटाउने प्राधिकरणको प्रस्ताव

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले बिजुलीको न्यूनतम महसुल ५० प्रतिशत घटाउने प्रस्ताव गरेको छ ।

प्राधिकरण सञ्चालक समितिको बैठकले न्यूनतम २० युनिटसम्म बिजुली प्रयोग गर्ने उपभोक्ताको सेवा शुल्कमा ५० प्रतिशत रकम छुट दिने प्रस्ताव गरेको हो । अहिले २० युनिटसम्म बिजुली प्रयोग गर्ने उपभोक्ताले सेवा शुल्कबापत मासिक ३० रुपैयाँ तिर्नुपर्दछ ।

अब १५ रुपैयाँ मात्रै तिर्नुपर्ने गरी प्राधिकरणले त्यसको स्वीकृतिका लागि विद्युत् नियमन आयोगमा सिफारिश गर्ने निर्णय गरेको छ ।

नियमन आयोगले स्वीकृति दिएपछि यो निर्णय लागू हुनेछ । साना विद्युत प्रयोगकर्ताको मिटर रिडिङ ३ महिनामा एक पटक गर्ने पनि बैठकले निर्णय गरेको छ । अहिले मासिक रूपमा रिडिङ हुने गरेको छ । 

छुटाउनुभयो कि ?

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्वारा बाढी प्रभावितका लागि ११ लाख सहयोग

बुटवलभोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि गौतम बुद्ध सामुदायिक मुटु अस्पता...
भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन

काठमाण्डौ - एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भ...
भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

काठमाण्डौ - रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जल...
भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

काठमाडौंनेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प...