ताजा अपडेट

मन्त्री छोडेर चुनाव लड्नू बेइमानी होइन: प्रधानमन्त्री कार्की

मन्त्री छोडेर चुनाव लड्नू बेइमानी होइन: प्रधानमन्त्री कार्की

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँप्रधानमन्त्री सुशिला कार्कीले सरकार छोडेर गएपछि चुनाव लड्न जानेले बेइमानी नगरेको स्पष्ट गरेकी छन् ।राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले युवाहरु राजनीति गर्न खोज्छन् भने गर्न दिनुपर्छ भन्दै दोष दिने भए आफुलाई दिन आग्रह गरेकी थिइन् । उनले जेनजीको प्रेसरबाट आफुले मन्त्री बनाएको र चुनाव लड्न जान्छु भन्दा जान दिएको बताएकी छन् । त्यस्तै प्रधानमन्त्री कार्कीले महावीर पुन रिसाएर गएको बताउदै उनले केहि कानुन बनाउन भनेको र छोटो समयमा सम्भव नभएपछि उनले छोडेर गएको बताएकी छन् ।त्यस्तै दुई जना मन्त्री रास्वपामा गएको, महावीर पुन स्वतन्त्र चुनाव लडेको र कुलमान घिसिङको आफ्नै पार्टी रहेकाले सरकारमा रास्वपाका मात्र मन्त्री रहेको भन्ने आरोपको प्रधानमन्त्री कार्कीले खण्डन गरेकी छन् । ...
राष्ट्रपति पौडेल औपचारिक भ्रमणका लागि जापान प्रस्थान, कुटनीतिक सम्बन्ध बिस्तारको ७० औँ वर्षगाठ मनाउँदै

राष्ट्रपति पौडेल औपचारिक भ्रमणका लागि जापान प्रस्थान, कुटनीतिक सम्बन्ध बिस्तारको ७० औँ वर्षगाठ मनाउँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, समाचार, समाज
काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेल मित्रराष्ट्र जापानको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीगण, सुरक्षा निकाय प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, नेपालका लागि जापानी राजदूतलगायतले राष्ट्रपति पौडेललाई बिदाई गरे । राष्ट्रपति पौडेल नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी सविता पौडेल, नेपाल सरकारका उच्च अधिकारी र राष्ट्रपति कार्यालयका पदाधिकारी संलग्न छन् । राष्ट्रपति पौडेल यही माघ २१ गते स्वदेश फर्कने तालिका छ । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणाअनुसार उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका अवसरमा राष्ट्रपति पौ...
प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ ३० लाख मतपत्र छपाइ सम्पन्न

प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ ३० लाख मतपत्र छपाइ सम्पन्न

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौं आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ। निर्वाचन आयोगका अनुसार कूल २५ जिल्लाको मतपत्र छपाइ गरिसकेको छ।आयोगले जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा मतपत्र छपाइ नियमित रुपमा भइरहेको जनाएको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ यसअघि सम्पन्न भइसकेको छ।त्यसैगरी मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र छपाइ सम्पन्न भइसकेको छ।यसबीचमा निर्वाचन शिक्षा प्रदान गर्ने उद्देश्यले आयोगको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत मतदाता शिक्षा एकाइले हालसम्म १५८ वटा सामग्री आयोगबाट स्वीकृत गराइ सार्वजनिक गरेको छ।आयोगको आधिकारिक फेसबुक पेज, एक्स, टिकटक र युट्युवमा ती सामग्री राखिएका छन्।मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला लक्षित यस्ता सामग्री...
खलनायक बनेर इतिहासको पानामा हराउन चाहान्न : प्रचण्ड

खलनायक बनेर इतिहासको पानामा हराउन चाहान्न : प्रचण्ड

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौंनेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफु पुराना नेताहरुको भिडमा नभएको बताएका छन् । आइतबार नयाँ पुस्ता र राष्ट्रका नाममा भिडियो सन्देश जारी गर्दै प्रचण्डले आफु ती पुराना नेताहरूको भीडमा नरहेको बताएका हुन् ।प्रचण्डले भनेका छन्- 'धेरैलाई लाग्न सक्छ, म र म जस्ता पुराना नेताहरू एउटै हुन् । तर म आज यो सार्वजनिक मञ्चबाट प्रष्ट भन्न चाहन्छु म ती पुराना नेताहरूको भीडमा छैन । म त्यो सत्ताको भागवण्डाको सम्झौतामा कहिल्यै सहभागी हुन चाहन्नँ, जसले देशलाई बन्धक बनाएर राखेको छ। म फरक छु, र म यो प्रमाणित गरेर छाड्नेछु । मेरो काम र मेरो निष्ठालाई आज होइन, भोलिको समयले प्रमाणित गर्नेछ ।'उनले अहिले नयाँ पुस्ताले मागिरहेको सुशासन र भ्रष्टाचार निर्मुल पार्ने एजेन्डा आफुले जनयुद्धका दिनदेखि नै उठाउँदै आएका एजेन्डा भएको बताउदै देशमा राजनीतिक स्थिरता र विकासका लागि प्रत्यक्ष निर्...
रुपन्देही उद्योग संघले बनायो २ वर्षे कार्ययोजना

रुपन्देही उद्योग संघले बनायो २ वर्षे कार्ययोजना

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरूपन्देही उद्योग संघले आगामी दुई वर्षको कार्ययोजना तयार गरेको छ । स्वदेशी वस्तु उत्पादन गर्ने र यसको प्रवद्र्धन गर्ने उद्योगहरुको छाता संस्था को रुपमा पहिचान बोकेको जिल्लाकै अग्रणी संस्थामा नयाँ नेतृत्व आएसँगै आफ्नो कार्यकालमा अघि सारिने तत्कालीन र दीर्घकालीन योजना बनाउने र यसमै आधारित रहेर काम गर्नका लागि कार्ययोजना बनाइएको संघले जनाएको छ । उद्योग वाणिज्य मन्त्रालयमा लामो समय रहनुभएका विज्ञ एवं नेपाल सरकारका पूर्व सचिव डा.तोया नारायण ज्ञवालीको सहजीकरणमा संघले नयाँ नेतृत्वमा आएको समिति, सल्लाहकारहरु, पूर्वअध्यक्ष तथा यसको कार्यान्वयन गर्ने कर्मचारीहरुका बीचमा तीन दिने कार्ययोजना कार्यशाला राखेर यसलाई अन्तिम रुप दिइएको संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले जानकारी दिनुभयो ।गण्डकी प्रदेशको पोखरामा माघ १५ गतेदेखि १७ गतेसम्म संचालन भएको यो कार्ययोजनामा संघमा नयाँ अधिवेशनबाट निर्वाचित न...
विकासलाई भावनात्मक नारामा सीमित नगरौंः विष्णु पौडेल

विकासलाई भावनात्मक नारामा सीमित नगरौंः विष्णु पौडेल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
विकासलाई भावनात्मक नारामा सीमित नगरौंः पौडेलबुटवलपूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विकासलाई भावनात्मक नारामा सीमित नगर्न आग्रह गरेका छन्। बुटवल उपमहानगरपालिका वडा नम्बर ५ मा निर्वाचन परिचालन कमिटीको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले रुपन्देहीको विकासबारे अध्ययन गरी यथार्थ ल्याउन योजनाविदहरुलाई अनुरोध गरे ।“रुपन्देहीको विकास देशमै नमुना भएको हाम्रो ठहर छ, यसबारे योजनाविद्हरूले गहिरो अध्ययन गर्न आवश्यक छ,”–उनले भने । पौडेलले आफू जनताको सेवक भएर काम गर्ने स्वभावको भएको उल्लेख गर्दै जनतासँगको सम्बन्धको महत्वलाई बुझेरै राजनीति गरिरहेको बताए । “जनताको सेवक भएर काम गर्नु मेरो स्वभाव हो, रुपन्देहीबासीको सेवाका लागि म सधैँ तयार छु,” उनले भने । प्रक्रियामा रहेका विकास योजनाहरू समयमै सम्पन्न गर्ने र आवश्यकताअनुसार नयाँ योजनाहरू सुरु गरिने पौ...
बालेनसँगै अछाम गएका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

बालेनसँगै अछाम गएका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौंचलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको निधन भएको छ । ग्राण्डी अस्पतालले विज्ञप्ति निकालेर उनको आज दिउँसो १२:४५ बजे निधन भएको जानकारी दिएको हो । अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारमा सहभागी भइरहेका बेला एक्कासी बेहोस भएका थिए ।त्यसपछि उनलाई सेनाको हेलिकप्टरमार्फत तत्काल काठमाडौँ ल्याई काठमाडौं ग्राण्डी अस्पताल भर्ना गरिएको थियो ।अस्पतालबाट जारी विज्ञप्तिमा लेखिएको छ, ‘गम्भीर इन्टेन्सिभ केयरका बाबजुद ४८ घण्टापछि न्यूरोलोजिकल अवस्थामा कुनै सुधार देखा परेन र मस्तिष्कको कार्यक्षमता पुन: प्राप्तिको कुनै संकेत थिएन । बिरामीको परिवारलाई उनको अवस्थाबारे विस्तारमा परामर्थ दिइयो । चिकित्सकीय प्रोटोकल अनुसार मस्तिष्कको कार्यक्षमता परीक्षण गर्न एप्निया परीक्षण गरियो जुन पोजेटिभ थ...
माधव नेपालविरुद्धको मुद्दामा विशेष अदालतले गर्यो साक्षी बुझ्ने आदेश

माधव नेपालविरुद्धको मुद्दामा विशेष अदालतले गर्यो साक्षी बुझ्ने आदेश

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंविशेष अदालत काठमाडौंले नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश गरेको छ ।आइतबार न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले साक्षी बुझ्ने आदेश जारी गरेको हो । अदालतको आदेशसँगै अब मुद्दाका साक्षीहरूलाई अख्तयारले विशेष अदालतसमक्ष बकपत्र गराउनेछ ।यसअघि माघ ७ गते विशेष अदालतले उक्त मुद्दामा सुनुवाइ गर्दै मिसिल झिकाउने आदेश जारी गरेको थियो । न्यायाधीश सुदर्शनदेव भट्ट र हेमन्त रावलको संयुक्त इजलासले मुद्दासम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेको फाइल झिकाउन आदेश जारी गरेको थियो ।पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपालसहित ९३ लाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर गरेको छ । २०६६ माघ १८ मा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलीलाई आयुर्वेदिक विश्वविद्यालयको नाममा...
अनावश्यक रूपमा नजरअन्दाज गरी बिरामीलाई रिफर नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

अनावश्यक रूपमा नजरअन्दाज गरी बिरामीलाई रिफर नगर्न अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंस्वास्थ्य बिमा बोर्डले बिमामा आबद्ध सबै स्वास्थ्य संस्थालाई बिरामीलाई अनावश्यक रिफर (प्रेषण) नगर्न निर्देशन दिएको छ । बोर्डका सूचना अधिकारी विकेश मल्लले अनावश्यक रिफर गर्दा बिरामीलाई पनि सास्ती हुने र अनावश्यक स्वास्थ्य परीक्षण हुने भएकाले अनावश्यक रिफर नगर्न अस्पताललाई निर्देशन दिइएको बताए । बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र गर्दै आफ्नो अस्पतालमा उपलब्ध सेवा नजरअन्दाज गरी बिरामीलाई अनावश्यक रिफर नगर्न निर्देशन दिएको हो । “सेवा प्रदायक स्वास्थ्य संस्थाले आफ्नो संस्थामा पर्याप्त सेवा हुँदाहुँदै र हुनुपर्ने सेवा उपलब्ध गर्नुपर्नेमा स्वास्थ्य बिमा ऐन २०७४, स्वास्थ्य बिमा नियमावली २०७५ तथा प्रेषण कार्यविधि २०८० विपरीत अनावश्यक रूपमा प्रेषण गरेको पाइएकाले त्यस्तो नगर्नुहुन अनुरोध छ”, परिपत्रमा भनिएको छ । बोर्डले सेवा उपलब्ध गराउन नसक्ने भएमा प्रेषण पुर्जी भरी ...
आज माघ शुक्ल पूर्णिमामा स्वस्थानी व्रत विधिपूर्वक समापन

आज माघ शुक्ल पूर्णिमामा स्वस्थानी व्रत विधिपूर्वक समापन

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँमाघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ ।पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो। पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गर्न लागेका हुन् । त्यसैदिनदेखि सुरु गरिएको स्कन्द पुराण अन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ । विधिपूर्वक एक महिने व्रत गरेका वर्तालुले माघ शुक्ल पूर्णिमाका दिन आज १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामन...