कालीगण्डकी करिडोरले पूरा गर्दै गुल्मेलीको समृद्धिको सपना
कृष्ण अन्जान
हर्मिचौर कालिगण्डकी गाउँपालिका वडा न १ हर्मिचौरका टिकाराम पाण्डेलाई झल्झल्ति सम्झना छ जुन दिन एमाले नेता प्रदिप कुमार ज्ञवालीले अब म हर्मिचौर आउँदा हिँडेर होईन मोटर चढेर आउँछु भनेको । यसपछि पटक पटक प्रदिप कुमार ज्ञवाली हर्मिचौर ,अर्वेनि ,पुर्तिघाट पुग्दा मोटर चढेरै पुगेका छन । कालिगण्डकी करिडोरको निर्माण भए सँगै सुदुरपुर्वका गुल्मेली जनताहरुले यसैमा समृद्धिका आशा र सपना देखि रहेका छन । करिडोरलेरुरुक्षेत्र ,सत्यवति ,कालीगण्डकी गाउँपालिका लाई समेट्दै बाग्लुङ जोडेको छ । त्यति मात्र कहाँ हो र कालीगण्डकी नदिका तटहरुमा रहेका धार्मिक तथा पर्यटकिय स्थल हरुलाई जोडेर चीन र भारतका धार्मिक पर्यटकका लागि कालिगण्डकी करिडोर आकर्षक गन्तव्य पुग्ने माध्यम बनेको छ । कालीगण्डकी करिडोरले भारतिय तथा नेपाली पर्यटकहरुलाई लुम्बिनी, पाल्पाको रानीमहल, गुल्मीको रुरुक्षेत्र शालिग्राम शिलाउ पुर्या...








