अव देशकाे व्यवस्था हाेईन अवस्था परिवर्तन गर्ने बेला आएकाे एमाले नेता प्रदिप कुमार ज्ञवालीकाे भनाई


कृष्ण अन्जान अस्लेवा

नेकपा एमालेका उपमहासचिव प्रदिप कुमार ज्ञवालीले अव व्यवस्था हाेईन देशकाे अवस्था बदल्न लाग्नु पर्ने बताउनु भएकाे छ । गुल्मी क्षेत्र न १ का उम्मेदवार समेत रहनु भएका एमाले नेता ज्ञवालीले चुनावी अभियानका क्रममा आईतवार सत्यवति गाउँ पालिकाकाे अस्लेवा तथा च्यामि क्षेत्रका विभित्र कार्यक्रमहरुमा स्थानीय जनसमुदाय सँग भेटघाट र अन्तरकृया कार्यक्रममा सहभागी हुने क्रममा उक्त कुरा बताउनु भएकाे हाे । गाउँघरमा भौतिक पुर्वाधार हरु लगभग बनिसकेको अवस्थामा युवालाई कसरी गाउँघरमै स्वराेजगार सिर्जना गरि गाउँमै अड्याउन सकिन्छ भन्ने तर्फ ध्यान जानुपर्ने बताउनु भयाे । सडक , खानेपानी ,विधुती करण शिक्षा ,स्वास्थकाे समस्या गाउँघरमा समाधान हुँदै गएपनि गाउँ रित्तिने समस्या बढेकोले गाउँमै राेजगारी सिर्जना गर्ने कुरा अब प्रमुख रहेकाे र गाउँघरमा पुग्दा युवाहरूको माग पनि राेजगारकाे अवसरकाे सिर्जना गर्नु पर्ने रहेकाे समेत बताउनु भयाे । नेकपा एमालेकाे सरकारले युवा स्वराेजगारका क्षेत्रमा गर्न खाेजेकाे काम पनि एमाले सरकार बाट हटेपछि अवरुद्द भएकाे बताउनु हुँदै गाउँमै सीप सिकाउँदै युवालाई गाउँमै राेजगारी सिर्जना गर्नु पर्छ भन्नेमा नेकपा एमाले गम्भीर रहेका एमाले नेता ज्ञवालीकाे भनाई थियाे ।

चुनावी अभियानमा आफ्नो गाउँ सत्यवती गाउँपालिकाकाे अस्लेवा पुग्नु भएका क्षेत्र १ क का प्रदेशसभा उम्मेदवार चिन्तामणि पाण्डेले युवा स्वराेजगार आफ्नो पहिलो अभिष्ट भएकाे बताउनु भयाे । नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य समेत रहेका पाण्डेले जीवनका पछिल्ला दिनहरु समाजसेवामा समर्पित हुने उदेश्यले जआफू उम्मेदवार भएकाे र गाउँकाे विकास र समाजसेवा आफ्नो प्रथमिकतामा रहेकाे बताउनु भयाे । बिहानै देखि जनता सँग प्रत्यक्ष भेटघाट र अन्तरकृयामा सहभागी हुनु भएका क्षेत्र न १ का सँघिय साँसदका उम्मेदवार रहनु भएका एमाले नेता प्रदिप कुमार ज्ञवाली र क्षेत्र न १ क का उम्मेदवारका चिन्तामणि पाण्डेकाे टाेली सत्यवती गाउँपालिकाकाे धुसेनी ,च्यामी , रामबारी ,अस्लेवा चौर र अस्लेवा गाउँमा नेकपा एमाले सत्यवती गाउँपालिकाले आयाेजना गरेका जनभेलामा सहभागी भई अन्तरकृया र भेटघाट कार्यक्रम गरिएको थियाे

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...