अव देशकाे व्यवस्था हाेईन अवस्था परिवर्तन गर्ने बेला आएकाे एमाले नेता प्रदिप कुमार ज्ञवालीकाे भनाई


कृष्ण अन्जान अस्लेवा

नेकपा एमालेका उपमहासचिव प्रदिप कुमार ज्ञवालीले अव व्यवस्था हाेईन देशकाे अवस्था बदल्न लाग्नु पर्ने बताउनु भएकाे छ । गुल्मी क्षेत्र न १ का उम्मेदवार समेत रहनु भएका एमाले नेता ज्ञवालीले चुनावी अभियानका क्रममा आईतवार सत्यवति गाउँ पालिकाकाे अस्लेवा तथा च्यामि क्षेत्रका विभित्र कार्यक्रमहरुमा स्थानीय जनसमुदाय सँग भेटघाट र अन्तरकृया कार्यक्रममा सहभागी हुने क्रममा उक्त कुरा बताउनु भएकाे हाे । गाउँघरमा भौतिक पुर्वाधार हरु लगभग बनिसकेको अवस्थामा युवालाई कसरी गाउँघरमै स्वराेजगार सिर्जना गरि गाउँमै अड्याउन सकिन्छ भन्ने तर्फ ध्यान जानुपर्ने बताउनु भयाे । सडक , खानेपानी ,विधुती करण शिक्षा ,स्वास्थकाे समस्या गाउँघरमा समाधान हुँदै गएपनि गाउँ रित्तिने समस्या बढेकोले गाउँमै राेजगारी सिर्जना गर्ने कुरा अब प्रमुख रहेकाे र गाउँघरमा पुग्दा युवाहरूको माग पनि राेजगारकाे अवसरकाे सिर्जना गर्नु पर्ने रहेकाे समेत बताउनु भयाे । नेकपा एमालेकाे सरकारले युवा स्वराेजगारका क्षेत्रमा गर्न खाेजेकाे काम पनि एमाले सरकार बाट हटेपछि अवरुद्द भएकाे बताउनु हुँदै गाउँमै सीप सिकाउँदै युवालाई गाउँमै राेजगारी सिर्जना गर्नु पर्छ भन्नेमा नेकपा एमाले गम्भीर रहेका एमाले नेता ज्ञवालीकाे भनाई थियाे ।

चुनावी अभियानमा आफ्नो गाउँ सत्यवती गाउँपालिकाकाे अस्लेवा पुग्नु भएका क्षेत्र १ क का प्रदेशसभा उम्मेदवार चिन्तामणि पाण्डेले युवा स्वराेजगार आफ्नो पहिलो अभिष्ट भएकाे बताउनु भयाे । नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य समेत रहेका पाण्डेले जीवनका पछिल्ला दिनहरु समाजसेवामा समर्पित हुने उदेश्यले जआफू उम्मेदवार भएकाे र गाउँकाे विकास र समाजसेवा आफ्नो प्रथमिकतामा रहेकाे बताउनु भयाे । बिहानै देखि जनता सँग प्रत्यक्ष भेटघाट र अन्तरकृयामा सहभागी हुनु भएका क्षेत्र न १ का सँघिय साँसदका उम्मेदवार रहनु भएका एमाले नेता प्रदिप कुमार ज्ञवाली र क्षेत्र न १ क का उम्मेदवारका चिन्तामणि पाण्डेकाे टाेली सत्यवती गाउँपालिकाकाे धुसेनी ,च्यामी , रामबारी ,अस्लेवा चौर र अस्लेवा गाउँमा नेकपा एमाले सत्यवती गाउँपालिकाले आयाेजना गरेका जनभेलामा सहभागी भई अन्तरकृया र भेटघाट कार्यक्रम गरिएको थियाे

छुटाउनुभयो कि ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...