कालीगण्डकी करिडोरले पूरा गर्दै गुल्मेलीको समृद्धिको सपना


कृष्ण अन्जान

हर्मिचौर कालिगण्डकी गाउँपालिका वडा न १ हर्मिचौरका टिकाराम पाण्डेलाई झल्झल्ति सम्झना छ जुन दिन एमाले नेता प्रदिप कुमार ज्ञवालीले अब म हर्मिचौर आउँदा हिँडेर होईन मोटर चढेर आउँछु भनेको । यसपछि पटक पटक प्रदिप कुमार ज्ञवाली हर्मिचौर ,अर्वेनि ,पुर्तिघाट पुग्दा मोटर चढेरै पुगेका छन । कालिगण्डकी करिडोरको निर्माण भए सँगै सुदुरपुर्वका गुल्मेली जनताहरुले यसैमा समृद्धिका आशा र सपना देखि रहेका छन । करिडोरलेरुरुक्षेत्र ,सत्यवति ,कालीगण्डकी गाउँपालिका लाई समेट्दै बाग्लुङ जोडेको छ । त्यति मात्र कहाँ हो र कालीगण्डकी नदिका तटहरुमा रहेका धार्मिक तथा पर्यटकिय स्थल हरुलाई जोडेर चीन र भारतका धार्मिक पर्यटकका लागि कालिगण्डकी करिडोर आकर्षक गन्तव्य पुग्ने माध्यम बनेको छ । कालीगण्डकी करिडोरले भारतिय तथा नेपाली पर्यटकहरुलाई लुम्बिनी, पाल्पाको रानीमहल, गुल्मीको रुरुक्षेत्र शालिग्राम शिलाउ पुर्याउँदै मुक्तिनाथ मात्र होईन अपर मुस्ताङको लोमान्थाँग ,छुसेर र कोरोला सम्मको गन्तव्यमा पुर्याउँछ । कालीगण्डकी करिडोरको रिडी–रुद्रवेणी–हर्मिचौरको २१् किलोमिटर सडकखण्डमा कालोपत्रेको काम अगाडि शुरु भएको छ र जोडतोडका साथ काम जारी छ ।

यो सडकको ट्रयाक खोल्ने काम देखि लिएर हाल सम्म यो क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभका सदस्य प्रदिप कुमार ज्ञवालीको प्रत्यक्ष निगरानी र बारम्बारको रेखदेखमा करिडोर निर्माण कार्यले गति लिएको रुरुक्षेत्रको रिडीका हिमाल श्रेष्ठ बताउँछन । कालीगण्डकी करिडोरको निर्माण सँगै जहाँबाट कारिडोर गएको छ त्यो क्षेत्रमा विकासको ढोका खोलेको छ नै मुख्य रुपले सत्यवति ,कालीगण्डकी ,का माथिल्ला गाउँहरु धुसेनि ,च्यामी देउराली ,भर्दालकोट ,शिरकोट , गिदुवा ,वकेवा ,जयखानी , शानी ,खड्गकोट ,छापचौर ,भुर्तुँग लगाएत धेरै गाउँहरूमा आउन जान सजिलो मात्र भएको छैन मैदानि इलाकाका अस्लेवा ,रुद्रवेणि ,हर्मिचौर ,अर्वेनी क्षेत्र सँगै गाउँका उत्पादन हरुलाई कालीगण्डकी करिडोर मार्फत बजारीकरण र आवागमनमा सजिलो भएको छ । कालिगण्डकी करिडोर आएसँगै यो क्षेत्रको समृद्धिमा नया आयाम थपिएको छ नै वास्तवमा आँखा नभएकालाई नयाँ ज्योति प्राप्त भएको यो क्षेत्रका अनुभुती आम नागरिकले गरेका छन ।

छुटाउनुभयो कि ?

भारतमा युवालाई साथ दिँदै विपक्षी दलहरू पनि आन्दोलनमा

भारतमा युवालाई साथ दिँदै विपक्षी दलहरू पनि आन्दोलनमा

काठमाडौँभारतमा शिक्षा प्रणाली सुधार एवं शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मागसहित युवा र विद्यार्थीले गरेको प्रदर्...
सातै प्रदेशमा सत्ता सहकार्य गर्न एमाले र नेकपा सहमत

सातै प्रदेशमा सत्ता सहकार्य गर्न एमाले र नेकपा सहमत

काठमाडौंनेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेशमा सरकार निर्माण गर्न सहकार्य गर्ने भएका छन् । नेपाली काँग्रे...
६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव

६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव

काठमाडौंक्यान्सर तथा अन्य अत्यावश्यक औषधिको अभाव न्यूनीकरण गर्ने उद्देश्यले औषधि व्यवस्था विभागले ती औषधिको मूल्य समायोजन प्र...
नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत विराटनगर आयो कार्गो रेल, उद्योगलाई ढुवानीमा राहत

नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत विराटनगर आयो कार्गो रेल, उद्योगलाई ढुवानीमा राहत

काठमाडौंतेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ अब भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगरसम्म रेलमार्फत आउन थालेको ...