कालीगण्डकी करिडोरले पूरा गर्दै गुल्मेलीको समृद्धिको सपना


कृष्ण अन्जान

हर्मिचौर कालिगण्डकी गाउँपालिका वडा न १ हर्मिचौरका टिकाराम पाण्डेलाई झल्झल्ति सम्झना छ जुन दिन एमाले नेता प्रदिप कुमार ज्ञवालीले अब म हर्मिचौर आउँदा हिँडेर होईन मोटर चढेर आउँछु भनेको । यसपछि पटक पटक प्रदिप कुमार ज्ञवाली हर्मिचौर ,अर्वेनि ,पुर्तिघाट पुग्दा मोटर चढेरै पुगेका छन । कालिगण्डकी करिडोरको निर्माण भए सँगै सुदुरपुर्वका गुल्मेली जनताहरुले यसैमा समृद्धिका आशा र सपना देखि रहेका छन । करिडोरलेरुरुक्षेत्र ,सत्यवति ,कालीगण्डकी गाउँपालिका लाई समेट्दै बाग्लुङ जोडेको छ । त्यति मात्र कहाँ हो र कालीगण्डकी नदिका तटहरुमा रहेका धार्मिक तथा पर्यटकिय स्थल हरुलाई जोडेर चीन र भारतका धार्मिक पर्यटकका लागि कालिगण्डकी करिडोर आकर्षक गन्तव्य पुग्ने माध्यम बनेको छ । कालीगण्डकी करिडोरले भारतिय तथा नेपाली पर्यटकहरुलाई लुम्बिनी, पाल्पाको रानीमहल, गुल्मीको रुरुक्षेत्र शालिग्राम शिलाउ पुर्याउँदै मुक्तिनाथ मात्र होईन अपर मुस्ताङको लोमान्थाँग ,छुसेर र कोरोला सम्मको गन्तव्यमा पुर्याउँछ । कालीगण्डकी करिडोरको रिडी–रुद्रवेणी–हर्मिचौरको २१् किलोमिटर सडकखण्डमा कालोपत्रेको काम अगाडि शुरु भएको छ र जोडतोडका साथ काम जारी छ ।

यो सडकको ट्रयाक खोल्ने काम देखि लिएर हाल सम्म यो क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभका सदस्य प्रदिप कुमार ज्ञवालीको प्रत्यक्ष निगरानी र बारम्बारको रेखदेखमा करिडोर निर्माण कार्यले गति लिएको रुरुक्षेत्रको रिडीका हिमाल श्रेष्ठ बताउँछन । कालीगण्डकी करिडोरको निर्माण सँगै जहाँबाट कारिडोर गएको छ त्यो क्षेत्रमा विकासको ढोका खोलेको छ नै मुख्य रुपले सत्यवति ,कालीगण्डकी ,का माथिल्ला गाउँहरु धुसेनि ,च्यामी देउराली ,भर्दालकोट ,शिरकोट , गिदुवा ,वकेवा ,जयखानी , शानी ,खड्गकोट ,छापचौर ,भुर्तुँग लगाएत धेरै गाउँहरूमा आउन जान सजिलो मात्र भएको छैन मैदानि इलाकाका अस्लेवा ,रुद्रवेणि ,हर्मिचौर ,अर्वेनी क्षेत्र सँगै गाउँका उत्पादन हरुलाई कालीगण्डकी करिडोर मार्फत बजारीकरण र आवागमनमा सजिलो भएको छ । कालिगण्डकी करिडोर आएसँगै यो क्षेत्रको समृद्धिमा नया आयाम थपिएको छ नै वास्तवमा आँखा नभएकालाई नयाँ ज्योति प्राप्त भएको यो क्षेत्रका अनुभुती आम नागरिकले गरेका छन ।

छुटाउनुभयो कि ?

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...