उद्यमि कृषि सहकारी सदस्यलाई जीवन बिमा ।


सुवास बि.सि ।
बुटवल,८ भदौ ।

बुटवल ११ देविनगरमा रहेको उद्यमि कृषि सहकारी संस्था लिमिटेडले आफ्ना शेयर सदस्यहरुको सामुहिक जिवन बीमा गरि दिएको छ ।
शनिबार सामुहिक जीवन बिमा पोलिसी हस्तान्तरण कार्यक्रम गरि आफ्ना शेयर सदस्यहरुलाई रिलायन्स लाइफ इन्स्योरेन्स मार्फत जीवन बिमा गरि दिएको हो ।
बचत र ऋणको सम्बन्ध मात्र नभई सदस्यको जिवन सुरक्षालाई बीमा गरिदिएको सहकारीका अध्यक्ष दल बहादुर लहोगुनले बताउनुभयो ।
सहकारीले आफ्ना शेयर सदस्यहरुको लागि दुई लाखको दुर्घटना बिमा ,कालगतिले मृत्यु भए एक लाख र घातक रोग लागे उपचार खर्च बापत पचास हजार गराइदिएको छ भने शेयर सदस्यको मृत्युभएमा परिवारलाई किरिया खर्च बापत पाँच हजार र सुत्केरी आमालाई पोषिलो खाना बापत एक हजार प्रदान गर्दैै आएको अध्यक्ष लहोगुनले बताउनुभयो ।
हस्तान्तरण कार्यक्रममा बोल्दै रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका लुम्बिनी प्रदेश प्रमुख इन्द्र बिश्वकर्माले बिमा बचत तथा ठूलो धन नोक्सानीको सुरक्षा गर्ने माध्यम भएको बताउनुभयो ।
सहकारीका सल्लाहकार सुन्दर कुमार गहतराजको प्रमुख आथित्य रहेको कार्यक्रममा उपाध्यक्ष भरत कुमार रसाइलीले कार्यक्रम संचालन गर्नु भएको थियो ।।

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...