सेयर बजारमा लगानीले बीमा कम्पनीको नाफामा धक्का
४ भदौ, काठमाडौं । सेयर बजारमा गरेको लगानी घाटामा जाँदा गत आर्थिक वर्ष २०७८/७९ मा अधिकांश बीमा कम्पनीको नाफामा धक्का लागेको छ । सेयरको लगानीकै कारण व्यवसायको हिसावले दुई ठूला जीवन बीमा कम्पनीहरुले त गत आर्थिक वर्षमा खुद नोक्सानीमा रहेको प्रारम्भिक वित्तीय विवरण प्रकाशित गर्नुपरेको छ ।
जीवन बीमा कम्पनीको वास्तविक नाफा बिमाङकीय मूल्यांकनपछि यकिन हुन्छ । बीमा कम्पनीहरुले जीवन बीमा कोषमा रहेको रकमबाट एक वर्षमा विभिन्न क्षेत्रमा लगानी गरेर प्राप्त भएको रकममध्ये केही हिस्सा जीवन बीमा कम्पनीको नाफामा आउने गर्छ । त्यसले गर्दा जीवन बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्यांकनपछि मात्रै वास्तविक नाफा देखिन्छ । यद्यपि प्रारम्भिक वित्तीय विवरण प्रकाशित गर्दा बीमा कम्पनीको नाफा प्रभावित भएको देखिन्छ ।
बीमा समितिले २०७४ मा एकसाथ १० वटा जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएको थियो । नयाँ जीवन बीमा कम्पनीह...





