सत्ता गठबन्धनको कार्यदल बैठकमा सिट बाँडफाँटको प्रस्ताव पेश हुँदै


१ भदौ, काठमाडौं । सत्ता गठबन्धनको कार्यदलको बैठकमा आज सिट बाँडफाँटको प्रस्ताव पेश हुँदैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न चार बजे बस्ने बैठकमा कार्यदल संयोजक कृष्ण प्रसाद सिटौलाले सिट बाँडफाँटको प्रस्ताव पेश गर्न लागेका हुन् ।

कार्यदलका एकजना सदस्य हिमलाल पुरीले भने, ‘आजको बैठकमा मोडालिटी तयार गर्न जिम्मेवारी लिनुभएका कार्यदल संयोजक कृष्ण प्रसाद सिटौला जीले मोडालिटी पेश गर्नुहुन्छ । त्यसमै छलफल हुन्छ ।’

गत २० साउनमा बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्न भनिएको थियो ।

अघिल्लो पटक बसेको कार्यदल बैठकले सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा कार्यदल संयोजक सिटौलालाई दिएको थियो ।

कार्यदलमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् ।

माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरूङ, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।

छुटाउनुभयो कि ?

शुभ मिलन सहकारीको साधारणसभा सम्पन्न, आर्थिक अनिश्चितताका कारण उत्साहजनक अवस्था नरहेको ठहर

शुभ मिलन सहकारीको साधारणसभा सम्पन्न, आर्थिक अनिश्चितताका कारण उत्साहजनक अवस्था नरहेको ठहर

बुटवलशुभ मिलन सहकारीको साधारणसभामा वोल्दै वक्ताहरुले बर्तमान विश्व व्यापी आर्थिक संकुचन रुस युक्रेन युद्ध र अमेरिका इजरायल-इर...
सुन्दरनगर खानेपानीका अभियान्ता लामाको योगदान उल्लेखनीय छ: उपप्रमुख अर्याल

सुन्दरनगर खानेपानीका अभियान्ता लामाको योगदान उल्लेखनीय छ: उपप्रमुख अर्याल

बुटवल उपप्रमुख सावित्रा अर्यालले बुटवल उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था र ...
प्याब्सन लुम्बिनी प्रदेशद्वारा शैक्षिक नेतृत्वलाई एआई सम्वन्धि प्रशिक्षण

प्याब्सन लुम्बिनी प्रदेशद्वारा शैक्षिक नेतृत्वलाई एआई सम्वन्धि प्रशिक्षण

बुटवल,शिक्षा क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको प्रयोग बढिरहेका बेला निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब...
साउदीको रियादमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको हुथीको दाबी

साउदीको रियादमा ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको हुथीको दाबी

काठमाडौंइरानसमर्थित यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादसहित लालसागर तटीय क्षेत्रका ऊर्जा केन्द्रमा ड्रोन र ब्यालि...