कांग्रेस असन्तुष्ट समूहको भेला : प्रचण्डविरुद्ध उम्मेदवारी दिने तयारी


२८ साउन, चितवन । नेपाली कांग्रेस, चितवनको असन्तुष्ट समूहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उम्मेदवारी दिने तयारी गरेको छ ।

सत्तारुढ पाँचदलीय गठबन्धनले ४ मंसिरको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको छ भने प्रतिनिधिसभामा चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उम्मेदवार बन्ने लगभग पक्का छ ।

स्थानीय निर्वाचनमा पनि कांग्रेसले गठबन्धनमा रहेका दलहरुसँग तालमेल गर्दै भरतपुर महानगरपालिकाको मेयर प्रचण्डकी छोरी रेनुलाई समर्थन गरेको थियो । रेनुविरुद्ध जगन्नाथ पौडेललाई स्वतन्त्र उम्मेदवार बनाएको कांग्रेसको असन्तुष्ट पक्षले प्रतिनिधिसभा पनि उम्मेदवारी बनाउने तयारी गरेको छ ।

कांग्रेस पूर्वसभापति सुशील कोइरालाको ८३ औं जन्मजयन्तीका अवसरमा ‘कांग्रेस शुद्धीकरण अभियान’को नामबाट छलफल कार्यक्रम राखेको सो समूहले भदौ २४ गते बीपी जयन्तीको अवसरमा उम्मेदवार घोषणा गर्ने तयारी गरेको जनाएको छ ।

यो समूहका नेता एवं कांग्रेसका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटाले अरु कोही तयार नभए आफू एक्लै भएपनि चुनावमा उम्मेदवार बन्न तयार रहेको घोषणा गरे । ‘कांग्रेसका मतदाताले चुनाव चिह्नमा रुखमा मत हाल्न नपाउने अवस्था फेरि आएमा म कांग्रेसका तर्फबाट चुनाव लड्न तयार छु,’ नेता सापकोटाले भने, ‘यसमा तपाईंहरु सबैको साथ रहने नै छ ।’ अहिले सत्ता गठबन्धन ‘काले काले मिलेर भाले खाने गठबन्धन’ भएको उनको टिप्पणी छ ।

कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठले कांग्रेस वामपन्थीले दिएको लौरो टेकेर हिँड्नुपर्ने दयनीय अवस्थामा पुगेको टिप्पणी गरे । नेता श्रेष्ठले भने, ‘कांग्रेसलाई बलियो बनाउन कुनै पनि कदम चाल्न पछि हट्दैनौं, भोलि पनि उठ्छौं ।’

भरतपुरको मेयरमा बागी उम्मेदवार बनेका पूर्वसांसद जगन्नाथ पौडेलले गठबन्धनका नाममा चितवनमा कहिलेसम्म माओवादीलाई बोकेर हिँड्नुपर्ने भनी प्रश्न गरे । उनले आफूहरु माथि अपमानित र थिचोमिचो भएकोले जिल्लाभर यसको प्रतिवाद हुने बताए ।

तरुण दल चितवनका पूर्वअध्यक्ष शम्भु अर्यालले कांग्रेसको जिल्ला नेतृत्व पैसा र लोभलालसामा फसेको टिप्पणी गरे ।

कार्यक्रममा कांग्रेस नेता मीना खरेलले अहिलेको सत्ता गठबन्धन लोकतन्त्रको मर्मभन्दा बाहिर भएको टिप्पणी गरिन् । ‘अहिलेको यो गठबन्धन कांग्रेसको विधान, संविधानको मर्म र जनताको भावनाभन्दा बाहिर गएर सत्ता स्वार्थमा लिप्छ छ,’ खरेलले भनिन् ‘पाँच बर्षसम्म कांग्रेस भनेर बस्ने, तर भोट चाँहिँ माओवादीको हसिँया हथौडामा हाल्नुपर्ने ? यो दुर्भाग्य कहिलेसम्म ?

विवाद समाधान समिति गठन

सिट बाँडफाँटबारे निर्णय नहुँदै असन्तुष्टिका स्वर सुनिन थालेपछि चितवन कांग्रेसले भने विवाद समाधानका लागि तीन सदस्यीय समिति बनाएको छ ।

केन्द्रीय सदस्यद्वय टेकप्रसाद गुरुङ, दिनेश कोइराला र पूर्व जिल्ला सभापति रामकृष्ण घिमिरे रहेको समितिले पार्टीभित्रका असन्तुष्ट नेता तथा कार्यकर्तामाथि गरिएको कारवाही अविलम्ब फिर्ताका लागि जिल्ला, प्रदेश र केन्द्रमा लिखित रुपमा अनुरोध पत्र पठाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।

असन्तुष्ट पक्षले अलग्गै भेला गर्ने थाहा पाएपछि सो समितिले विज्ञप्ति जारी गर्दै कारवाही फिर्ताका लागि आफूहरूले पहल थालेकाले कुनै पनि विचार समूहको नाममा अलग गतिबिधि नगर्न र पार्टीकै मूलधारमा समावेश हुन आग्रह गरेको थियो ।

पूर्व जिल्ला सभापति रामकृष्ण घिमिरेले गत स्थानीय चुनावदेखि भुईंकटहर समूहका नाममा हुँदै आएको अलग्गै गतिविधि अबदेखि नगर्न असन्तुष्ट पक्षलाई आग्रह गरेका छन् ।

तर, असन्तुष्ट पक्षका नेताहरुले समितिले गरेको यस्तो आग्रहको कुनै तुक नभएको बताए । असन्तुष्ट समूहकी नेता मीना खरेलले पार्टीले गठन गरेको समितिले अहिलेसम्म आफूसँग छलफल गर्ने हिम्मत नगरेको बताइन् । ‘हामीमा लोभ छैन, निष्ठापूर्वक लागेका छौं, उहाँहरुले के गरेर लाग्नुभाछ उहाँहरुले जान्ने कुरा हो, फेसबुक र बक्तब्यवाजीले समस्याको समाधान हुँदैन’ उनले भनिन् ।

छुटाउनुभयो कि ?

६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव

६० प्रकारका औषधिको मूल्य समायोजन प्रस्ताव

काठमाडौंक्यान्सर तथा अन्य अत्यावश्यक औषधिको अभाव न्यूनीकरण गर्ने उद्देश्यले औषधि व्यवस्था विभागले ती औषधिको मूल्य समायोजन प्र...
नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत विराटनगर आयो कार्गो रेल, उद्योगलाई ढुवानीमा राहत

नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत विराटनगर आयो कार्गो रेल, उद्योगलाई ढुवानीमा राहत

काठमाडौंतेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ अब भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगरसम्म रेलमार्फत आउन थालेको ...
बजेट कार्यान्वयन मार्गदर्शन : विनियोजित बजेट फागुनसम्म खर्च गर्नुपर्ने

बजेट कार्यान्वयन मार्गदर्शन : विनियोजित बजेट फागुनसम्म खर्च गर्नुपर्ने

काठमाडौंचालु आर्थिक वर्ष विनियोजित बजेट आगामी फागुनसम्म खर्च गरिसक्नुपर्ने भएको छ । अर्थ मन्त्रालयले चालु आव २०८३/८४ को बज...
गैरकानूनी व्यापार गर्नेलाई कारबाहीको दायरामा ल्याउने विभागको चेतावनी

गैरकानूनी व्यापार गर्नेलाई कारबाहीको दायरामा ल्याउने विभागको चेतावनी

काठमाडौँबजारमा लेबल नभएका, न्यून गुणस्तर भएका, मिसावटयुक्त तथा चोरी पैठारी गरिएका सामानहरू बिक्री वितरण भइरहेको भन्दै सरकारले...