आर्कषणको केन्द्र बन्दै श्रीङ्गेश्वरधाम , साउन महिनाभर भक्तजनको घुईचो


३१ साउन बुटबल ,रुपन्देहिको तिलोत्तमा वडा नम्बर ४ डिङ्गरनगरमा रहेको श्रीङ्गेश्वरधाम बाहिरबाट झटट र्हेदा कुनै सुन्दर पार्क जस्तो देखिन्छ तर भित्र पुगेर अवलोकल गरेपछी मात्र महसुस हुन्छ सुन्दरता भित्रको धार्मिक आनन्दको । गुल्मेली सम्पर्क समाज रुपन्देहिको अगुवाईमा निर्माण भएको उक्त श्रीङ्गेश्वरधाममा श्रावण महिनाको सोमबार र शनिबार विषेश पुजा आजा गरिएको थियो ।

श्रावण महिनाका ५ ओटा सोमबार पशुपतिनाथ मन्दिरमा विषेश पुजाआजा , ज्योतिरलिङ्गमा रुद्राभिषेक को साथ जलार्पण गर्ने कार्यक्रम गरिएको धाम व्यावस्थापन समितिका अध्यक्ष ऋषिराम भण्डारीले बताउनु भएको छ । धाममा रहेको पशुपतिनाथको मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीहरूको भिडभाड लागेको थियो । सोमबार र शनिबारको दिन पुजाआजा गर्नको लागी भक्तजनको लामो लाईन लाग्ने गरेको थियो । गुल्मेली सम्पर्क समाजको पहलमा सुरुवात गरिएको श्रीङ्गेश्वरधाम अहिले सबैको आकर्षणको केन्द्र बनेको छ । विभिन्न मठमन्दिर, चिटिक्क सजिएको वरिपरिको वातावरण ,ज्येष्ठ नागरिकहरूका लागि निर्माण भएको विश्राम स्थल जसले गर्दा श्रीङ्गेश्वरधामको महत्व बढेको छ । श्रीङ्गेश्वरधाममा १०८ शिवलिङ्ग , १०८ बरपिपल , कैलाश पर्वत , यस क्षेत्रकै सबैभन्दा ठूलो त्रिशूल ,विभिन्न धाम बाट जललाई मिसाएर बनाइएको जल कुण्ड , गणेश मन्दिर , शनी देवताको मन्दिर , श्रीकृष्णको मन्दिर, नाग देवताको मन्दिर लगाएत विभिन्न हिन्दू धर्म सग सम्बन्धित देवालयहरु निर्माण गरिएको छ । साउने मेलालाई व्यवस्थित गर्नका लागि भक्ति संगीत कार्यक्रम आयोजना गरेर रमाइलो गरिएको थियो ।

गुल्मेलीहरूको पहलमा सुरुवात गरिएपनि अहिले सबै क्षेत्रका मानिसहरूको सहयोगमा यस क्षेत्रकै नमुना धामको रुपमा श्रीङ्गेश्वरधामलाई विकाश गर्न लागीएको व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले बताउनु भएको छ । उहाका अनुसार पछिल्लो समय मानिसमा धार्मिक आस्था बढ्दै गएको र भौतिक सुख सुविधा भन्दापनि मानसिक आनन्द खोज्न थालेकोले पनि धाम संग जोडिने र आफु सक्दो सहयोग गर्ने क्रम बढेको छ ।
धार्मीक र सामाजिक व्यत्तिहरुको स्वस्फूर्त रुपमा भएको सहयोगकै कारण धामलाई आर्कषक देखाउन सुन्दर पार्क निर्माण तथा भौतिक संरचनाहरुको निर्माण गरिएको व्यवस्थापन समितिका सचिव रवि पोखरेलले बताउनुभयो । धामलाई हिन्दूहरूको आस्थाको केन्द्र बनाउनका निम्ति अझै भौतिक संरचना निमाण देखी यसको व्यवस्थापनमा लागि परिरहेको पोखरेलले बताउनुभयो ।

धाम परिसरमा निर्माण भएको जेष्ठ नागरिक आश्रम स्थलमा दिउँसोको समयमा ज्येष्ठ नागरिकहरूका लागि विभिन्न सेवा सुविधा सँगै बस्ने व्यवस्था मिलाइनेछ । भजनकृतन , योग ,प्रवचन तथा एक आपसमा दुःख सुख साट्ने चौतारीको रुपमा अगाडि बढाइने छ , जसकालागि स्वस्फुर्त रुपमा चन्दादाता बाट सहयोग र केही केन्द्र , प्रदेश तथा स्थानीय सरकारहरू बाट सहयोग माग गरिएको सचिव पोखरेलले जानकारी दिनुभएको छ । कोरोनाको कारण जेष्ठ नागरिक विश्रामस्थल संचालन गर्न दुई वर्ष ढिला भएको र अब लगतै सञ्चालनमा ल्याउने उहाँले बताउनुभएको छ ।

छुटाउनुभयो कि ?

बुटवल उद्योग वाणिज्य संघको अधिवेशन दुई दिन सर्यो

बुटवल उद्योग वाणिज्य संघको अधिवेशन दुई दिन सर्यो

बुटवलबुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको साधारण सभा तथा अधिवेशनको मिति दुई दिन सारिएको छ। सोमबार बसेको संघको कार्यसमिति ...
कांग्रेसमा अरूको ध्यान अधिवेशनतिर, पूर्णबहादुरको अदालततिर

कांग्रेसमा अरूको ध्यान अधिवेशनतिर, पूर्णबहादुरको अदालततिर

काठमाडौंकांग्रेसको ठूलो पंक्ति पन्ध्रौं महाधिवेशनतर्फ लक्षित हुँदैगर्दा यसका एक वरिष्ठ नेता पूर्णबहादुर खड्का करिब निष्क्रिय ...
दुर्घटनाको प्रमुख कारण तीव्र गति रहेको विवरण लुम्बिनी प्रदेश प्रहरीले गर्यो सार्वजनिक

दुर्घटनाको प्रमुख कारण तीव्र गति रहेको विवरण लुम्बिनी प्रदेश प्रहरीले गर्यो सार्वजनिक

बुटवललुम्बिनी प्रदेशमा सवारी दुर्घटनाको प्रमुख कारण तीव्र गति (ओभर स्पिड) देखिएको छ । चालू आर्थिक वर्षको दुई महिनामा प्रदेशभर...
आजदेखि एमालेको केन्द्रीय कमिटी बैठक, एजेण्डा अझै अलमल

आजदेखि एमालेको केन्द्रीय कमिटी बैठक, एजेण्डा अझै अलमल

काठमाण्डौनेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आजदेखि बस्दैछ। ललितपुरको एकान्तकुना स्थित रामबाग महलमा केन्द्रीय कमिटी बैठक बस...