आर्कषणको केन्द्र बन्दै श्रीङ्गेश्वरधाम , साउन महिनाभर भक्तजनको घुईचो


३१ साउन बुटबल ,रुपन्देहिको तिलोत्तमा वडा नम्बर ४ डिङ्गरनगरमा रहेको श्रीङ्गेश्वरधाम बाहिरबाट झटट र्हेदा कुनै सुन्दर पार्क जस्तो देखिन्छ तर भित्र पुगेर अवलोकल गरेपछी मात्र महसुस हुन्छ सुन्दरता भित्रको धार्मिक आनन्दको । गुल्मेली सम्पर्क समाज रुपन्देहिको अगुवाईमा निर्माण भएको उक्त श्रीङ्गेश्वरधाममा श्रावण महिनाको सोमबार र शनिबार विषेश पुजा आजा गरिएको थियो ।

श्रावण महिनाका ५ ओटा सोमबार पशुपतिनाथ मन्दिरमा विषेश पुजाआजा , ज्योतिरलिङ्गमा रुद्राभिषेक को साथ जलार्पण गर्ने कार्यक्रम गरिएको धाम व्यावस्थापन समितिका अध्यक्ष ऋषिराम भण्डारीले बताउनु भएको छ । धाममा रहेको पशुपतिनाथको मन्दिरमा पूजाआजा गर्ने दर्शनार्थीहरूको भिडभाड लागेको थियो । सोमबार र शनिबारको दिन पुजाआजा गर्नको लागी भक्तजनको लामो लाईन लाग्ने गरेको थियो । गुल्मेली सम्पर्क समाजको पहलमा सुरुवात गरिएको श्रीङ्गेश्वरधाम अहिले सबैको आकर्षणको केन्द्र बनेको छ । विभिन्न मठमन्दिर, चिटिक्क सजिएको वरिपरिको वातावरण ,ज्येष्ठ नागरिकहरूका लागि निर्माण भएको विश्राम स्थल जसले गर्दा श्रीङ्गेश्वरधामको महत्व बढेको छ । श्रीङ्गेश्वरधाममा १०८ शिवलिङ्ग , १०८ बरपिपल , कैलाश पर्वत , यस क्षेत्रकै सबैभन्दा ठूलो त्रिशूल ,विभिन्न धाम बाट जललाई मिसाएर बनाइएको जल कुण्ड , गणेश मन्दिर , शनी देवताको मन्दिर , श्रीकृष्णको मन्दिर, नाग देवताको मन्दिर लगाएत विभिन्न हिन्दू धर्म सग सम्बन्धित देवालयहरु निर्माण गरिएको छ । साउने मेलालाई व्यवस्थित गर्नका लागि भक्ति संगीत कार्यक्रम आयोजना गरेर रमाइलो गरिएको थियो ।

गुल्मेलीहरूको पहलमा सुरुवात गरिएपनि अहिले सबै क्षेत्रका मानिसहरूको सहयोगमा यस क्षेत्रकै नमुना धामको रुपमा श्रीङ्गेश्वरधामलाई विकाश गर्न लागीएको व्यवस्थापन समितिका अध्यक्ष भण्डारीले बताउनु भएको छ । उहाका अनुसार पछिल्लो समय मानिसमा धार्मिक आस्था बढ्दै गएको र भौतिक सुख सुविधा भन्दापनि मानसिक आनन्द खोज्न थालेकोले पनि धाम संग जोडिने र आफु सक्दो सहयोग गर्ने क्रम बढेको छ ।
धार्मीक र सामाजिक व्यत्तिहरुको स्वस्फूर्त रुपमा भएको सहयोगकै कारण धामलाई आर्कषक देखाउन सुन्दर पार्क निर्माण तथा भौतिक संरचनाहरुको निर्माण गरिएको व्यवस्थापन समितिका सचिव रवि पोखरेलले बताउनुभयो । धामलाई हिन्दूहरूको आस्थाको केन्द्र बनाउनका निम्ति अझै भौतिक संरचना निमाण देखी यसको व्यवस्थापनमा लागि परिरहेको पोखरेलले बताउनुभयो ।

धाम परिसरमा निर्माण भएको जेष्ठ नागरिक आश्रम स्थलमा दिउँसोको समयमा ज्येष्ठ नागरिकहरूका लागि विभिन्न सेवा सुविधा सँगै बस्ने व्यवस्था मिलाइनेछ । भजनकृतन , योग ,प्रवचन तथा एक आपसमा दुःख सुख साट्ने चौतारीको रुपमा अगाडि बढाइने छ , जसकालागि स्वस्फुर्त रुपमा चन्दादाता बाट सहयोग र केही केन्द्र , प्रदेश तथा स्थानीय सरकारहरू बाट सहयोग माग गरिएको सचिव पोखरेलले जानकारी दिनुभएको छ । कोरोनाको कारण जेष्ठ नागरिक विश्रामस्थल संचालन गर्न दुई वर्ष ढिला भएको र अब लगतै सञ्चालनमा ल्याउने उहाँले बताउनुभएको छ ।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...