नेकपा एमाले बुटवल उपमहानगरमा नयाँ नेतृत्व चयन
बुटवल
नेकपा एमाले बुटवल उपमहानगर कमिटीको दोस्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै शुक्रबार सम्पन्न भएको छ । अधिवेशनले शाेभाखर पाेखरेलको अध्यक्षतामा ७९ सदस्यीय कमिटी सर्वसहमतिमा चयन गरेको हो ।
कमिटीको उपाध्यक्ष माधव खनाल, सचिव दिनानाथ भट्टराई तथा उपसचिवमा विकास बस्नेत र मेनका थापा चयन भएका छन् । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन मण्डलका संयोजक युवराज घिमिरेले पद तथा गोपनीयताको सपथ गराएका थिए । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले पोलिटब्युरो सदस्य लिला गिरीले संगठनलाई थप बलियो बनाएर लैजान निर्देशन दिए । पार्टीले गरेका सकारात्म कार्यहरु जनता समक्ष लैजान र जनताका गुनासो सुनेर आगामी निर्वाचनका लागि आजैदेखि तयारीमा लाग्न उनले निर्देशन दिए ।
अध्यक्ष मण्डलका अध्यक्ष तथा एमाले बटवल उपमहानगरका ईन्चार्ज गोपाल रानाले नयाँ नेत...








