ताजा अपडेट

सार्वजनिक, नीजि र साझेदारी मोडेलबाट लगानी जुटाउन सकिन्छः मुख्यमन्त्री आचार्य

सार्वजनिक, नीजि र साझेदारी मोडेलबाट लगानी जुटाउन सकिन्छः मुख्यमन्त्री आचार्य

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवल लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको विकास र समृद्धिको चाहना पुरा गर्न सार्वजनिक, निजी र साझेदारी मोडेलबाट लगानी जुटाउन सकिने बताउनु भएको छ । लगानी वोर्ड र प्रदेश सरकारको संयुक्त आयोजनामा बुटवलमा शुक्रबार गरिएको सार्वजनिक निजी साझेदारी सम्वन्धि प्रादेशिक छलफल कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेशको संकल्प पुरा गर्न सार्वजनिक, निजी र साझेदारी मोडेलबाट लगानी जुटाउन सकिने बताउनु भएको हो ।‘सरकारको एक्लो प्रयासले मात्रै लगानी गर्ने अवस्था छैन् । यसमा सार्वजनिक, निजी क्षेत्र र साझेदारी मोडेलबाट लगानी जुटाउन सकिन्छ’उहाँले भन्नुभयो,‘सरकारले लगानीमैत्री वातावरण बनाउछ । लगानी जुटाउन लगानी वोर्डले भूमिका बढाउनुपर्छ ।’ प्रदेश सरकारले कृषि, पर्यटन, उद्योग तथा पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेर योजनाहरु अघि बढा...
पत्रकार महासंघ रुपन्देहीमा मतदान सम्पन्न, खस्यो २३३ मत

पत्रकार महासंघ रुपन्देहीमा मतदान सम्पन्न, खस्यो २३३ मत

Breaking news 2, Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल नेपाल पत्रकार महासंघ रपन्देहीको मतदान सम्पन्न भएको  । साढे ४ बजे सकिएको मतदानमा २३३ मत खसेको निर्वाचन अधिकृत धनश्याम गौतमले जानकारी दिए ।  नेपाल पत्रकार महासंघको नेतृत्वको लागि ३ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । नेतृत्वका लागि दिनेश पाण्डे, विनोद परियार र अमृता अनमोल पाण्डेय चुनावी प्रतिस्पर्धामा रहेका छन् ।  पाण्डे नेपाल प्रेस युनियन र प्रेस चौतारीको संयुक्त प्यानलबाट उम्मेद्वार बनेका हुन भने परिवार प्रेस सेन्टर, समाजवादी प्रेस संघगठन, प्रगतिशिल पत्रकारको संयुक्त प्यानबाट उम्मेद्वार बनेका हुन् । यस्तै अनमोल स्वतन्त्र रुपमा अध्यक्षमा उम्मेद्वारी दिएकी हुन् । पत्रकार महासंघ रुपन्देहीमा २५४ जना सदस्य रहेका छन् । सर्वदलीय बैठक बसेर केही समय पछि मत गणना हुने निर्वाचन समितिले जनाएको छ । ...
एनपीएल : लुम्बिनी-कर्णाली र विराटनगर-चितवन प्रतिस्पर्धामा

एनपीएल : लुम्बिनी-कर्णाली र विराटनगर-चितवन प्रतिस्पर्धामा

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुने भएका छन् । पहिलो खेलमा प्लेअफको दौडबाट बाहिरिइसकेको टिम लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सले आज खेल्दैछ । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । यसअघि ६ खेल खेलमा पारजित भएर प्लेअफ होडबाट बाहिरसकेको लुम्बिनी लिगकै अन्तिम खेल खेल्दैछ । अर्कोतर्फ कर्णाली याक्स लुम्बिनीलाई हराएर प्लेअफ यात्रा अझ बलियो बनाउने लक्ष्यमा छ । ५ खेल खेल्दा ३ मा जित र २ मा हारबाट ६ अंक जोडेको कर्णाली पाँचौँ स्थानमा छ । सुरुवाती दुई खेलमा पराजित भएपनि त्यसपछि लगातार तीन खेल जितेको कर्णाली लयमा छ र त्यो जितको लय कायम राख्न चाहन्छ । लुम्बिनीलाई पराजित गरेमा कर्णाली प्लेअफको एक कदम नजिक पुग्नेछ । दोस्रो खेलमा प्लेअफ पुग्ने गणितीय सम्भावना कायम राख्न जित्नै पर्ने दबाबसहित  विराटनगर किंग्सले चितवन...
आज नेपाल पत्रकार महासंघको निर्वाचन

आज नेपाल पत्रकार महासंघको निर्वाचन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
नेपाल पत्रकार महासङ्घमा नयाँ नेतृत्व चयनको लागि आज चुनाव हुँदैछ । केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुन लागेको हो । चुनावका लागि केन्द्र, प्रदेश र शाखाहरूमा उम्मेदवार मनोनयनको प्रक्रिया सकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यस पटकको चुनावमा केन्द्रीय समितिका लागि ३ वटा मतपत्र रहेको छ । केन्द्रीय पदाधिकारीका लागि हल्का निलो, प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यका लागि सेतो र अन्य केन्द्रीय सदस्य तथा लेखा समितिको लागि हल्का गुलावी रङको मतपत्र रहेको छ । प्रदेश कार्यसमिति र शाखा कार्यसमितिले मतपत्रको ढाँचा र रङ आफैँ छनोट गर्न सक्ने निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार आफ्नो परिचय खुल्ने म्याद भएको महासङ्घद्वारा जारी परिचयपत्र वा सूचना तथा प्रशारण विभागद्वारा जारी परिचयपत्र वा नागरिकताको प्र...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पुनः पक्राउ गरेको छ । विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा धरौटी बुझाएर निस्किनासाथ उनी अदालत परिसरबाटै पक्राउ गरेका हुन् । आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको हुनाले उनलाई फेरि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होविन्द्र बोगटीले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेको घटनामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीले ४० हजार धरौटीमा छाड्न आदेश गरेका थिए । धरौटी बुझाउनसाथ उनी फेरि पक्राउ परेका हुन् । भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याउने हरिचन्द्र्र फुयल केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को हिरासतमा छन् । प्रसाईंले नै उनलाई प्रयोग गरेर धम्क्याउन लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । व्यवसायीलाई धम्क्याएको आरोपमा प...
सहकारी रकम अपचलनमा फरार जीबी राईको राहदानी रोक्का

सहकारी रकम अपचलनमा फरार जीबी राईको राहदानी रोक्का

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
 काठमाडौं सहकारी रकम अपचलनमा फरार रहेका जीबी (गितेन्द्रबाबु) राईको राहदानी रोक्का भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा राहदानी विभागले राईको राहदानी रोक्का गरेको प्रहरीले स्रोतले अनलाइनखबरलाई बतायो । सहकारी ठगी प्रकरणमा फरार रहेका राईको राहदानी रोक्का भएसँगै उक्त राहदानीबाट हिँडडुल गर्न मिल्दैन । यस्तो अवस्थामा नेपाल प्रहरीले उनलाई स्वदेश फर्काएर अनुसन्धान चलाउन सजिलो हुन सक्नेछ । कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलिया भने यसबारे अनुसन्धान चलिरहेको बताउँदै विस्तृतमा खुलाएनन् । ‘केही कामहरू भइरहेका छन् । अनुसन्धानकै क्रममा रहेकाले केही भन्ने अवस्था छैन’ ओलियाले भने । जीबीको राहदानी रद्द गर्न भन्दै जिल्ला प्रहरी कार्यालय कास्की प्रहरीले ३० वैशाखमा राहदानी विभागलाई पत्र पठाएको थियो । तर त्यतिबेला विभागले जीबीको राहदानी बदर गर्न नमिल्ने भन्दै प्रहरीलाई पत्र पठाए...
प्याब्सन बुटवलको अधिवेशन, गुणस्तरीय शिक्षाका लागि नगर प्रतिबद्ध छ: नगरप्रमुख पाण्डे

प्याब्सन बुटवलको अधिवेशन, गुणस्तरीय शिक्षाका लागि नगर प्रतिबद्ध छ: नगरप्रमुख पाण्डे

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
बुटवल बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेले शैक्षिक हब बन्दै गएको बुटवललाई थप गुणस्तरीय बनाउन नगर प्रतिबद्ध रहेको बताए। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन )बुटवल शाखाको छैठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनमा बोल्दै पाण्डेले संस्थागत तथा सामुदायिक विद्यालय दुबैलाई थप प्रभावकारी बनाउनका लागि सहकार्य गर्दै आएको बताए। उनले अध्ययन गरिसकेपछि रोजगारमा आबद्ध हुन सक्नेगरी र बढ्दो प्लायनलाई अवसर दिएर रोक्न आफू लागेको बताए। उनले बुटवलको विकासमा संस्थागत विद्यालयहरूको महत्त्वपूर्ण योगदान रहेको जनाउँदै प्याब्सनले बुटवलको गौशालाका लागि सहयाेग जस्तै ट्राफिक व्यवस्थापनमा विद्यार्थीहरुलाई प्रशिक्षित गर्ने फिल्डमा उतार्न आवश्यक रहेको बताए ।उनले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विकासका हरेक गतिविधिहरुमा नगर लागिपरेको बताए ।उनले समय समयमा सरकारवाला र संस्थागत विद्यालय...
एनपिएल: आज विराटनगरले पोखरा तथा काठमाडौंले जनकपुरसँग खेल्ने

एनपिएल: आज विराटनगरले पोखरा तथा काठमाडौंले जनकपुरसँग खेल्ने

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा बिहीबार दुई खेल हुँदैछ। बिहान ९ बजे हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्स खेल्दैछन्। दुवै टोली अंकतालिकाको पुछारमा छन्। चार खेलमा तीन खेल हारेको पोखरा सातौं र विराटनगर आठौंस्थानमा छ। दुवैले आज पाँचौं खेल खेल्दैछन्। लिगमा दुवैले तीन खेल खेल्न बाँकी भएकाले प्लेअफ सम्भावना सकिएको छैन। विराटनगरले लिग चरणमा जनकपुर, सुदूरपश्चिम र कर्णालीसँग पराजित हुँदा लुम्बिनीलाई भने जितेको थियो। अब उसले चितवन र काठमाडौंसँग खेल्न बाँकी छ। पोखरा चितवन, जनपुर र कर्णालीसँग पराजित हुँदा लुम्बनीलाई  जितेको थियो। अब उसले काठमाडौं र सुदूरपश्चिमसँग खेल्न बाँकी छ। बिहीबार हुने दोस्रो खेल काठमाडौंका लागि महत्त्वपूर्ण छ। उसले आज लिगमा अहिलेसम्म एक खेलमात्रै हारेको जनकपुरको सामना गर्दैछ। प्लेअफ सम्भावनालाई बलियो बनाउन काठमाडौंले आजको खेल...
मन्त्रीहरूबाटै कानुन कार्यान्वयन भएन- लोकसेवा आयोगका अध्यक्ष रेग्मी

मन्त्रीहरूबाटै कानुन कार्यान्वयन भएन- लोकसेवा आयोगका अध्यक्ष रेग्मी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लोकसेवा आयोगको दायरामा आउन नमानेको गुनासो गरेका छन्। बुधबार राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष रेग्मीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान पनि अहिलेसम्म लोकसेवा आयोगको दायरामा नआएको गुनासो गरेका हुन्। ‘संविधान बमोजिम लोकसेवा आयोगको कार्य क्षेत्रभित्र पर्नुपर्ने दुइटा संस्था अहिलेसम्म आएका छैनन्,' उनले भने ,'चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र बिपी कोईराला मेडिकल इन्स्टिच्युट धरान दुई वटा संस्था हाम्रो दायरामा आइरहेका छैनन्।' पटक पटक सम्पर्क गर्दा पनि ऐन, कानुनमा भएको प्रावधान बाहिर गएर आयोगको दायरामा भरसक आउन नपरोस् भन्ने ध्येयका साथ बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लागेको उनको दाबी छ।  'कानुनमा भएको प्रावधानभन्दा पनि लोकसेवा आयोग...
वरिष्ठ नेफ्रोलोजिष्ट डाक्टर बस्नेत अब क्रिमसन अस्पतालमा

वरिष्ठ नेफ्रोलोजिष्ट डाक्टर बस्नेत अब क्रिमसन अस्पतालमा

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, समाचार
रुपन्देही मृगौला सम्बन्धि विशेषज्ञता हासिल गरेका डाक्टर शक्ति बस्नेतले अब क्रिमसन अस्पतालबाट सेवा प्रवाह गर्ने भएका छन् । यही षौष ३ गतेबाट हरेक दिन बिहान १० बजेदखि दिउँसो १२ बजेसम्म क्रिमसन अस्पतालमा डाक्टर बस्नेतलाई भेटेर मृगौला सम्बन्धि रोगका विषयमा सेवा तथा परामर्श लिन सकिनेछ । अत्याधुनिक सेवा प्रवाह तथा दक्ष चिकित्सिकहरुलाई नियुक्त गरेर आफुलाई यस क्षेत्र मै अब्बल बनाउदै आएको क्रिमसनले यही पौष ३ गतेबाट भने डाक्टर बस्नेतलाई नेफ्रो अर्थात मृगौला सम्बन्धि समस्याको उपचार र रोग निदानका हेतुले नियुक्ति गरेको अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले जानकारी दिए । बस्यालले स्थानीयलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने अस्पतालको उद्देश्यले बिस्तारै मुर्तरुप लिदै गएको बताए । डाक्टर शक्ति बस्नेत देश कै चिरपरिचित नेफ्रोलोजिष्ट डाक्टर हुन् । औँलामा गन्न सकिने गरि नेफ्रोलोजि...