एनपिएल: आज विराटनगरले पोखरा तथा काठमाडौंले जनकपुरसँग खेल्ने


सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा बिहीबार दुई खेल हुँदैछ।

बिहान ९ बजे हुने पहिलो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किंग्स खेल्दैछन्।

दुवै टोली अंकतालिकाको पुछारमा छन्। चार खेलमा तीन खेल हारेको पोखरा सातौं र विराटनगर आठौंस्थानमा छ।

दुवैले आज पाँचौं खेल खेल्दैछन्। लिगमा दुवैले तीन खेल खेल्न बाँकी भएकाले प्लेअफ सम्भावना सकिएको छैन।

विराटनगरले लिग चरणमा जनकपुर, सुदूरपश्चिम र कर्णालीसँग पराजित हुँदा लुम्बिनीलाई भने जितेको थियो। अब उसले चितवन र काठमाडौंसँग खेल्न बाँकी छ।

पोखरा चितवन, जनपुर र कर्णालीसँग पराजित हुँदा लुम्बनीलाई  जितेको थियो। अब उसले काठमाडौं र सुदूरपश्चिमसँग खेल्न बाँकी छ।

बिहीबार हुने दोस्रो खेल काठमाडौंका लागि महत्त्वपूर्ण छ। उसले आज लिगमा अहिलेसम्म एक खेलमात्रै हारेको जनकपुरको सामना गर्दैछ। प्लेअफ सम्भावनालाई बलियो बनाउन काठमाडौंले आजको खेल जित्नुपर्नेछ।

चार खेल खेलिसकेको काठमाडौंले दुई खेल जितेको छ। काठमाडौंले कर्णाली र लुम्बिनीलाई हराउँदा चितवन र सुदूरपश्चिमसँग पराजित भएको थियो।

अब उसले आजको खेलपछि पोखरा र विराटनगरसँग खेल्नेछ।

पाँच खेलमा ४ खेल जितेको जकपुर प्लेअफमा पुग्ने निश्चित छ। उसले विराटनगर, कर्णाली, पोखरा र लुम्बिनीलाई हराउँदा सुदूरपश्चिमसँग पराजित भएको थियो। लिगमा उसले चितवनसँग खेल्न बाँकी छ।

विराटनगरमा सन्दीप लामिछाने, पोखरामा कुशल भूर्तेल, काठमाडौंमा करण केसी र जनकपुरमा आशिफ शेख मार्की खेलाडी छन्।

छुटाउनुभयो कि ?

पोखरामा अन्तर्राष्ट्रिय उडान: फ्लाई दुबईको पहिलो उडान , यात्रुलाई मेयर आचार्यकाे बिदाइ

पोखरामा अन्तर्राष्ट्रिय उडान: फ्लाई दुबईको पहिलो उडान , यात्रुलाई मेयर आचार्यकाे बिदाइ

पोखरापोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईको पहिलो नियमित अन्तर्राष्ट्रिय उडानमार्फत दुबई जाने यात्रुहरूलाई पोखरा महा...
मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

काठमाडौंमदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरु...
महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

महासभामा विश्वको चासो: नेताले के कस्ता विषय उठाए ?

काठमाडौँसंयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय छलफलमा विश्व नेताहरूले मंगलबार विभिन्न अन्तर्राष्ट्रिय मुद्दा उठाएका छन...
सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै सञ्चालन गर्ने तयारी

सिद्धबाबा सुरुङमार्गः मङ्सिरभित्रै सञ्चालन गर्ने तयारी

बुटवलनिर्माणाधीन सिद्धबाबा सुरुङमार्ग आगामी मङ्सिरदेखि सवारी साधन सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ । सिद्धबाबा सु...