मन्त्रीहरूबाटै कानुन कार्यान्वयन भएन- लोकसेवा आयोगका अध्यक्ष रेग्मी


लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लोकसेवा आयोगको दायरामा आउन नमानेको गुनासो गरेका छन्।

बुधबार राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष रेग्मीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान पनि अहिलेसम्म लोकसेवा आयोगको दायरामा नआएको गुनासो गरेका हुन्।

‘संविधान बमोजिम लोकसेवा आयोगको कार्य क्षेत्रभित्र पर्नुपर्ने दुइटा संस्था अहिलेसम्म आएका छैनन्,’ उनले भने ,’चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र बिपी कोईराला मेडिकल इन्स्टिच्युट धरान दुई वटा संस्था हाम्रो दायरामा आइरहेका छैनन्।’

पटक पटक सम्पर्क गर्दा पनि ऐन, कानुनमा भएको प्रावधान बाहिर गएर आयोगको दायरामा भरसक आउन नपरोस् भन्ने ध्येयका साथ बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लागेको उनको दाबी छ। 

‘कानुनमा भएको प्रावधानभन्दा पनि लोकसेवा आयोगको दायरामा भरसक आउन नपरोस्, आएपछि आफ्नो ढंगले लोकसेवा आयोगले सिस्टममा लग्छ भन्ने खालको कारणले हो वा के कारणले हो, उहाँहरू धेरै पटक सम्पर्क गर्दा पनि आउन सक्नुभएको छैन। उहाँहरूको विनियममा लोकसेवा आयोग, स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयले परामर्श दिइसकेको छ।’

अध्यक्ष रेग्मीले विकृति, विसंगति अन्त्य गर्न सरकारका मन्त्रीहरुले इमान्दार भएर ऐन कार्यान्वयन गर्न आग्रह गरे। सांसदहरूले नै ऐन, कानुन बनाउने तर आफैं सरकारमा गएको बेला कार्यान्वयन नहुने उनको गुनासो छ।

‘जे समस्याहरू छ त्यसको गहिराइमै गएर ऐन, कानुन बनाइदिनुपर्यो, मान्य सदस्यज्युहरूले,’ उनले भने, ‘मान्य मन्त्रीज्युले ऐनको लेटर र स्पिडअनुसार इमान्दारितपूर्वक ऐन, कानुन कार्यान्वयन गरिदिनुपर्यो। कार्यान्वयन गर्ने सम्बन्धमा लोक सेवा आयोगको तर्फबाट र ऐन, कानूनमा खासै समस्या छैन। कार्यान्वयन सम्बन्धमा के कारणले भएका छैनन्, त्यो सुधार तपाईंहरुले नै गर्नुपर्यो।’

आयोगले आगामी दिनमा राष्ट्रिय परिचयपत्र, निजामति किताबखाना र लोकसेवा आायोगको अनलाइन प्रणालीबीच अन्तरआबद्धता गर्ने रणनीति बनाएको पनि अध्यक्ष रेग्मीले बताए।

छुटाउनुभयो कि ?

विगतका कमजोरी सल्टाउन पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक– एमाले महासचिव पोखरेल

विगतका कमजोरी सल्टाउन पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक– एमाले महासचिव पोखरेल

बुटवलनेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक रहेको बताएका छन्। पार्टीभित्र आन्तरिक कमजोरी ...
एमबीएसको प्रश्नपत्र बाहिरिएको घटनामा त्रिविले गठन गर्यो छानबिन समिति

एमबीएसको प्रश्नपत्र बाहिरिएको घटनामा त्रिविले गठन गर्यो छानबिन समिति

काठमान्डौँ त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले एमबीएस प्रथम सत्रको प्रश्नपत्र बाहिरिएको घटनाबारे छानबिन गर्न समिति गठन गरेक...
लुम्बिनी प्रदेशमा कांग्रेसले सरकार छाड्यो, एमाले र नेकपाको सरकार बन्ने

लुम्बिनी प्रदेशमा कांग्रेसले सरकार छाड्यो, एमाले र नेकपाको सरकार बन्ने

बुटवलनेकपा एमाले र नेकपाबीच सत्ता साझेदारीको सहमतिपछि लुम्बिनी प्रदेशमा एमालेको सत्ता साझेदार दल कांग्रेसका मन्त्रीले राजीनाम...
सातै प्रदेशमा एमाले र नेकपाको सरकार बन्ने सहमतिपछि कांग्रेसको भनाई

सातै प्रदेशमा एमाले र नेकपाको सरकार बन्ने सहमतिपछि कांग्रेसको भनाई

कांग्रेसको भनाईकाठमाडौंनेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच पाँच वटा प्रदेशमा भागबन्डाका आधारमा र थप दुई प्रदे...