मन्त्रीहरूबाटै कानुन कार्यान्वयन भएन- लोकसेवा आयोगका अध्यक्ष रेग्मी


लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लोकसेवा आयोगको दायरामा आउन नमानेको गुनासो गरेका छन्।

बुधबार राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष रेग्मीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान पनि अहिलेसम्म लोकसेवा आयोगको दायरामा नआएको गुनासो गरेका हुन्।

‘संविधान बमोजिम लोकसेवा आयोगको कार्य क्षेत्रभित्र पर्नुपर्ने दुइटा संस्था अहिलेसम्म आएका छैनन्,’ उनले भने ,’चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र बिपी कोईराला मेडिकल इन्स्टिच्युट धरान दुई वटा संस्था हाम्रो दायरामा आइरहेका छैनन्।’

पटक पटक सम्पर्क गर्दा पनि ऐन, कानुनमा भएको प्रावधान बाहिर गएर आयोगको दायरामा भरसक आउन नपरोस् भन्ने ध्येयका साथ बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान लागेको उनको दाबी छ। 

‘कानुनमा भएको प्रावधानभन्दा पनि लोकसेवा आयोगको दायरामा भरसक आउन नपरोस्, आएपछि आफ्नो ढंगले लोकसेवा आयोगले सिस्टममा लग्छ भन्ने खालको कारणले हो वा के कारणले हो, उहाँहरू धेरै पटक सम्पर्क गर्दा पनि आउन सक्नुभएको छैन। उहाँहरूको विनियममा लोकसेवा आयोग, स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयले परामर्श दिइसकेको छ।’

अध्यक्ष रेग्मीले विकृति, विसंगति अन्त्य गर्न सरकारका मन्त्रीहरुले इमान्दार भएर ऐन कार्यान्वयन गर्न आग्रह गरे। सांसदहरूले नै ऐन, कानुन बनाउने तर आफैं सरकारमा गएको बेला कार्यान्वयन नहुने उनको गुनासो छ।

‘जे समस्याहरू छ त्यसको गहिराइमै गएर ऐन, कानुन बनाइदिनुपर्यो, मान्य सदस्यज्युहरूले,’ उनले भने, ‘मान्य मन्त्रीज्युले ऐनको लेटर र स्पिडअनुसार इमान्दारितपूर्वक ऐन, कानुन कार्यान्वयन गरिदिनुपर्यो। कार्यान्वयन गर्ने सम्बन्धमा लोक सेवा आयोगको तर्फबाट र ऐन, कानूनमा खासै समस्या छैन। कार्यान्वयन सम्बन्धमा के कारणले भएका छैनन्, त्यो सुधार तपाईंहरुले नै गर्नुपर्यो।’

आयोगले आगामी दिनमा राष्ट्रिय परिचयपत्र, निजामति किताबखाना र लोकसेवा आायोगको अनलाइन प्रणालीबीच अन्तरआबद्धता गर्ने रणनीति बनाएको पनि अध्यक्ष रेग्मीले बताए।

छुटाउनुभयो कि ?

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...
नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री रुष्टकाठमाडौंनेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि भन्दै बनेको अध्ययन समिति...
कांग्रेसमा विद्रोह

कांग्रेसमा विद्रोह

काठमाडौंभदौ २३ र २४ मा जेनजीले गरेको विद्रोहको मुख्य निशानामा दुई राजनीतिक पात्र थिए- तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्...