ताजा अपडेट

देवीनगर क्रिकेट क्लबद्वारा जेष्ठ ३ गतेबाट सञ्चालन हुने प्रिमियर लिगका लागि छनोट प्रक्रिया सुरु

देवीनगर क्रिकेट क्लबद्वारा जेष्ठ ३ गतेबाट सञ्चालन हुने प्रिमियर लिगका लागि छनोट प्रक्रिया सुरु

Breaking news 3, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, समाचार, स्थानीय
बुटवल रूपन्देहीको बुटवल देवीनगर स्थित देवीनगर क्रिकेट क्लबले यही जेष्ठ ३ गतेदेखि क्रिकेट प्रिमियर लिग सञ्चालन गर्ने भएको छ। खेलमा प्रथम हुने टिमले ५० हजार नगद ,मेडल र प्रमाणपत्र साथै द्वितीय हुनेले ३० हजार नगद ,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। बुटवलका युवाबीच क्रिकेटको विकास तथा मैत्रीपूर्ण खेल खेल्ने र "स्वास्थ्यका लागि खेलकुद भन्ने "नाराका साथ खेल आयोजना गरिएको क्लबका अध्यक्ष तारा पाण्डेले बताए। जेष्ठ ३ गतेदेखि सञ्चालन हुने खेलका लागि वैशाख ३१ गते बुधबार अर्थात् आज ४ बजे खेलाडी छनौट गर्ने र उत्कृष्ट खेल्ने खेलाडीलाई उक्त कपमा सहभागी गराउने क्लबका उपाध्यक्ष सुशील ज्ञवालीले जानकारी दिए। खेलाडीले नाम दर्ता गर्दा दर्ता शुल्क ३ हजार लाग्ने क्लबका सचिव निर्मल ज्ञवालीले बताए। खेल १ महिनासम्म चल्ने गरी खेल तालिका तयार गरिएको खेल संयोजक अनिल पाण्डेले जानकारी दिए। ...
आप्रवासी डिपोर्टबारे अमेरिकी अदालतले गर्‍यो ट्रम्पको पक्षमा आदेश

आप्रवासी डिपोर्टबारे अमेरिकी अदालतले गर्‍यो ट्रम्पको पक्षमा आदेश

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
अमेरिकी अदालतले अवैध आप्रवासीलाई डिपोर्ट गरेको सन्दर्भमा परेको रिटमा राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा आदेश गरेको छ। १८ औं शताब्दीको विदेशी शत्रु कानुन ब्युँताएर ट्रम्पले भेनेजुयली आप्रवासीहरूलाई डिपोर्ट गरी एल साल्भाडोरको जेल पठाएपछि अदालतमा मुद्दा परेको थियो। देश युद्धमा रहेको बेलामा मात्रै उपयोगका लागि बनाइएको उक्त कानुन अहिले शान्ति भएको अवस्थामा लागु गर्न नमिल्ने भनेर देशका अधिकांश अदालतमा मुद्दा परेको थियो। पेन्सिलभेनिया राज्यको संघीय जिल्ला अदालतले मंगलबार राष्ट्रपतिलाई कानुन ब्युँताउने अधिकार हुने आदेश गरेको हो। मंगलबार न्यायाधीश स्टेफेनी हानिजले आपराधिक समूहलाई देशनिकाला गर्दा जुनसुकै कानुन ब्युँताउने अधिकार राष्ट्रपतिलाई हुने भनेर आदेश गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। हानिजलाई पहिलो कार्यकाल राष्ट्रपति हुँदा ट्रम्पले नै न्यायाधीश नियुक्...
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि

लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
बुटवल लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशनको पहिलो बैठक आज दिउँसो १ बजे बस्दैछ । प्रदेश सभाका सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश सरकारको मन्त्रिपरिषद्ले वैशाख ३१ गतेका लागि प्रदेश सभाको छैटौँ अधिवेशनको बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिस अनुसार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले आह्वान गरेअनुसार बैठक बस्न लागेको हो । पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरु पढेर सुनाउने र शुभकामना अदानप्रदान प्रदेश सभा सदस्यहरुले सम्वोधन गर्ने संभावित कार्यसूचीमा समावेश गरिएको छ । जेठको पहिलो हप्ता प्रदेश सरकारले नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरेको छ । ...
डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल बुझाउने म्याद थपको सूचना पुनः जारी

डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल बुझाउने म्याद थपको सूचना पुनः जारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौँ नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली प्रयोग गरेर महसुल नतिर्ने उद्योगीलाई प्रशासकीय पुनरावेदनका लागि पुनः सूचना जारी गरेको छ ।मंगलबार प्राधिकरणले सूचना जारी गर्दै  प्रशासकीय पुनरावेदन गर्न उद्योगहरूलाई जेठ मसान्तसम्मको समय दिएको छ । सञ्चालक समितिको मिति वैशाख २१ को निर्णयअनुसार म्याद गरिएको प्राधिकारणले सूचना जनाएको छ । प्राधिकरणले वैशाख २६ गते पनि सूचना जारी थियो। प्राधिकरणले विगत देखि नै उद्योगहरूलाई प्रशासकीय पुनरावेदनमा बोलाउँदै आएको छ तर उद्योगीहरु प्रशासकीय पुनरावेदन जान तयार अझै भएका छैनन् ।   प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रंक लानबाट २०७२ माघदेखि २०७५ वैशाखसम्म विद्युत उपयोग गरी महसुल बक्यौता रहेका ग्राहकहरूले २०८२ जेठ मसान्तसम्म प्राधिकरणको विद्युत वितरण विनियमावली २०...
राष्ट्र बैंकको गभर्नर सिफारिसमा सर्वोच्चको कारण देखाउ आदेश

राष्ट्र बैंकको गभर्नर सिफारिसमा सर्वोच्चको कारण देखाउ आदेश

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर सिफारिससँग सम्बन्धित विवादले कानुनी रूप लिएको छ। निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई गभर्नर सिफारिस समितिमा समावेश गरिएको विषयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश विनोद शर्माको इजलासमा सुनुवाइ हुँदा, अधिकारीको नियुक्ति कानुनविपरीत भएको दाबी गर्दै दायर गरिएको रिटमा दुवै पक्षलाई ४ जेठमा छलफलका लागि उपस्थित हुन आदेश दिइएको हो। अधिवक्ता नवीन धितालले दायर गरेको रिटमा, अधिकारी राष्ट्र बैंकमा गभर्नरको पदमा अझै कार्यरत रहँदा, उनलाई पूर्वगभर्नरको हैसियतमा समितिमा राख्नु गैरकानुनी भएको दाबी गरिएको छ। उनले अधिकारीको नियुक्ति बदर गर्न र समितिबाट सिफारिस भएका नामहरूको वैधानिकता पनि शंकास्पद भएको भन्दै कामकारबाही रोक्न अन्तरिम आदेश माग गरेका थिए। तर अदालतले तत्काल अन्तरिम आदेश नदिई दुवै पक्षको भनाइपछि निर्णय गर्ने ब...
रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या ७३ पुग्यो

रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या ७३ पुग्यो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौँ रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्ध मोर्चामा खटिएका थप २३ नेपालीको मृत्यु पुष्टि भएको छ । योसँगै रुसी सेनामा भर्ती भएर युक्रेनसँग युद्धमा मारिने नेपालीको संख्या ७३ पुगेको छ । रुस–युक्रेन युद्धमा बेपत्ता भई डीएनए परीक्षणका लागि नमुना पठाएकामध्ये अझै ५० जनाको ‘रिपोर्ट’ आउन बाँकी छ । परराष्ट्र मन्त्रालयका अनुसार पुस ९ यता थप २३ जनाको मृत्यु पुष्टि भएको हो । मस्कोस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयमा पठाएको विवरणअनुसार पछिल्लो पटक मृत्यु हुनेमा नवलपरासीका हेमकुमार मगर, दार्चुलाका ललितसिंह डोबल, सल्यानका ताराप्रकाश घर्ती, संखुवासभाका रामकृष्ण अधिकारी, कास्कीका गीतबहादुर घर्तीमगर, बागलुङका मख्खनबहादुर पुन, मकवानपुरका रामकुमार प्रधान, मोरङका रोनल मिश्र, प्यूठानका भीमबहादुर घर्तीमगर, म्याग्दीका छमबहादुर घर्ती, बैतडीका अर्जुनदत्त भट्ट, सुर्खेतका सुजन शर्मा र रुकुम पश्...
पूर्वपश्चिम राजमार्गअन्तर्गत चोरमारामा पुल भासिएपछि वैकल्पिक सडक खुलाएर सवारी सञ्चालन

पूर्वपश्चिम राजमार्गअन्तर्गत चोरमारामा पुल भासिएपछि वैकल्पिक सडक खुलाएर सवारी सञ्चालन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवल पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको चोरमारास्थित गिरिबारी पुल भासिएपछि वैकल्पिक सडक खुलाएर सवारी साधन सञ्चालन गरिएको छ । पुल भासिएर राजमार्ग पूर्ण रुपमा बन्द भएपछि सोमबार राति १२ बजेदेखि नै वैकल्पिक सडक खुलाएर सवारी साधन आवतजावतको व्यवस्था मिलाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पूर्वबाट पश्चिम जाँदा चोरमारा बजारबाट दक्षिणतर्फ लागि तम्सरिया गाउँबाट खोला (हाल पानी नभएको) तरी रानीटार हुँदै फूलबारी अथवा भिउरान हुँदै अरुणखोला निस्कन सकिनेछ । पश्चिमबाट आएका सवारी साधनको हकमा फूलबारीबाट दक्षिणतर्फ लागि रानीटार, तम्सरिया गाउँ हुँदै चोरमारा बजार निस्कने वैकल्पिक बाटोहरुको प्रयोग गरी हाल सञ्चालन भएको प्रहरीले जनाएको छ । टेलरलगायतका ठूला गाडीहरु भने भित्री सडकमा मोड नपुग्ने भएकोले सञ्चालनमा समस्या भएको छ । ती सवारी साधनलाई अन्य वैकल्पिक सडक प्रयोग गर्न ट्राफि...
पर्यटन विकासका लागि अन्तरप्रदेश सहकार्य आवश्यक: मुख्यमन्त्री

पर्यटन विकासका लागि अन्तरप्रदेश सहकार्य आवश्यक: मुख्यमन्त्री

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
रुपन्देही लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटन क्षेत्रको विकासका लागि अन्तरप्रदेश समन्वय र सहकार्य आवश्यक रहेको बताउनु भएको छ। ‘घुमौं सौराहा, चितवन अभियान २०२५’ को क्रममा भैरहवामा चितवन र रुपन्देहीका व्यवसायीहरूबीच भैरहवामा साेमवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले पर्यटन क्षेत्र एकअर्काको भावना जोड्ने कडी भएको बताउनुभयो । उहाँले बागमती प्रदेशको चितवन र लुम्बिनी प्रदेशबीच पर्यटन लगायत अन्य क्षेत्रको विकासमा समन्वय र सहकार्य हुँदा दुवै प्रदेशलाई लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो । `लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्य र छिमेकी प्रदेशका पर्यटकीय स्थलहरूबीच समन्वय र सहकार्य बढाउनु जरुरी छ´ उहाँले भन्नुभयो, `चितवन आउने पर्यटकलाई लुम्बिनी, लुम्बिनी आउने पर्यटकलाई चितवन, पोखरा र अन्य गन्तव्यमा जान मिल्ने व्यवस्था गर्न सकिन्छ । साझा मञ्चको रूपमा वि...
अन्तर्राष्ट्रियस्तरमा द्वन्द्व अन्त्यका लागि बुद्धका सन्देश महत्त्वपूर्ण : प्रधानमन्त्री

अन्तर्राष्ट्रियस्तरमा द्वन्द्व अन्त्यका लागि बुद्धका सन्देश महत्त्वपूर्ण : प्रधानमन्त्री

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
लुम्बिनी प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध शिक्षालाई आत्मसात गरेरै अन्तर्राष्ट्रियस्तरमा बढिरहेको द्वन्द्व अन्त्यका लागि नेपालले अनुरोध गरिरहेको बताएका छन्  । 'गत साता भारत–पाकिस्तानबीच तनाव उत्पन्न हुँदा पनि हामीले शान्ति कायम गर्न अनुरोध गर्यौँ,' उनले भने, 'हाम्रो अनुरोधपछि भारत–पाकिस्तानको लडाइँ रोकियो ।' बुद्ध शिक्षाको महत्त्व अहिले पनि व्यक्ति, परिवार र मुलुकका लागि अपरिहार्य रहेको उनले बताए । अहिले विश्वमा आम विध्वंसका हतियार निर्माण गरिनु खतरनाक भएकाले त्यसबाट उन्मुक्तिका लागि पनि विश्व शान्तिको पक्षमा लाग्नुपर्ने उनले बताए । प्रधानमन्त्री ओलीले हरेक वर्ष लुम्बिनीमा बुद्ध जयन्ती मनाउँदा हलको अभाव देखेपछि आफूले पहल गरेर ५ हजार जना अट्ने अन्तर्राष्ट्रियस्तरको सभाहल निर्माण गरेपनि बोलेको कसैले नसुन्ने बनेकोमा आलोचना गरे । अगाडि दर्शकले केही नसुन्ने ...
आयातमा लगाइएको कर अस्थायी रूपमा घटाउन अमेरिका र चीन सहमत

आयातमा लगाइएको कर अस्थायी रूपमा घटाउन अमेरिका र चीन सहमत

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
अमेरिका र चीन एकअर्काको आयातमा लगाइएको कर अस्थायी रूपमा घटाउन सहमत भएका छन्। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले दुवै देशले आगामी ९० दिनको लागि आफ्नो पारस्परिक कर ११५ प्रतिशतले घटाउने बताएका हुन्। स्विट्जरल्याण्डमा भन्सार शुल्कको बारेमा अमेरिका र चीनबिच वार्ता भएको थियो। त्यो छलफलपछि सोमबार यो सम्झौताको घोषणा गरिएको हो। छलफलपछि बेसेन्टले वार्तालापलाई ‘उत्पादक र रचनात्मक’ भनेर वर्णन गरे। राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट अमेरिका आउने सामानहरूमा भारी कर लगाएपछि दुई देशबिचको यो पहिलो बैठक थियो। ट्रम्पले चिनियाँ आयातमा १४५% सम्मको भन्सार शुल्क लगाए भने चीनले केही अमेरिकी उत्पादनहरूमा १२५% सम्मको भन्सार शुल्क लगाएको छ। यी भारी शुल्कहरूले वित्तीय बजारमा उथलपुथल निम्त्यायो भने विश्वव्यापी मन्दीको डर बढाएको थियो । अब चिनियाँ आयातमा अमेरिकी भन्सार कर ९० दिनको लागि ...