Breaking news 3

बुटवल बसपार्क व्यवस्थापन संझौता अनुसार भएन, अफवाह फैलाईयो: टेण्डर कर्ता क्षेत्री

बुटवल बसपार्क व्यवस्थापन संझौता अनुसार भएन, अफवाह फैलाईयो: टेण्डर कर्ता क्षेत्री

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल बुटवलको बसपार्क व्यवस्थापनका लागि बुटवल उपमहानगरपालिकाले हरेक बर्ष टेण्डर आह्वान मार्फत जिम्मा दिदै आएको छ। गएको बर्ष ०८२/८३का लागि ३ करोड ६० लाखमा ठेक्का सम्झौता भुपेन ट्रेड एण्ड सप्लायर्स प्रालिसंग भएको थियो। टेण्डर कर्ताको संझौता अनुसार आफुले सञ्चालन गर्न नपाएको गुनासो छ भने अर्को तर्फ टेण्डर कर्ताले मनोमानी गरेको उपभोक्ता र यातायात सञ्चालक हरुको भनिई रहेको छ।सञ्चालनको ठेक्का पाएका भुपेन ट्रेड एण्ड सप्लायर्स प्रालिका सञ्चालक हरि थापा क्षेत्री "भुपेन्द्र"ले सोमबार पत्रकार सम्मेलन मार्फत आफुले संझौता अनुसार काम गर्न नपाएको र उल्टै अनायासै शुल्क उठाएको भन्ने अफवाह फैलाईएको विवरण सार्वजनिक गरेका छन्। सञ्चालक क्षेत्रीले बसपार्कमा आवतजावत गर्ने छोटो तथा लामो दूरीका सवारीसाधनबाट शुल्क लिने र बसपार्क प्रवेश नगरी बुटवल उपमहानगरपालिका हुंदै वाहिर जाने सवारी साधनलाई समेत राखिएका प...
लुम्बिनी प्रदेश सभामा आज चार मन्त्रालयको बजेटमाथि छलफल हुँदै

लुम्बिनी प्रदेश सभामा आज चार मन्त्रालयको बजेटमाथि छलफल हुँदै

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
दाङलुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत आज सोमबार बस्ने तेह्रौं बैठकमा आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकमाथि समूहगत छलफल हुने भएको छ ।प्रदेश सभा सचिवालयका अनुसार बिहान ८ बजे सुरु हुने बैठकका लागि सभामुख तुलाराम घर्तीमगरले ३ घण्टाको समय निर्धारण गरेका छन् । बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालय, शहरी विकास तथा खानेपानी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयसँग सम्बन्धित बजेट शीर्षक र कार्यक्रममाथि प्रदेश सभा सदस्यहरूले छलफल गर्ने कार्यसूची रहेको छ । छलफलका क्रममा सदस्यहरूले मन्त्रालयगत बजेट विनियोजन, प्रस्तावित कार्यक्रम, विकासका प्राथमिकता तथा कार्यान्वयनका पक्षमा आफ्ना धारणा राख्ने जनाइएको छ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ लागि कुल ३७ अर्ब ३८ करोड ४५ लाख बजेट बिनियोजन गरेको छ । सरकारले आगामी आवका लागि चालुत...
स्थानीयद्वारा १० लाख संकलन गरि बुटवल बुद्धनगरमा प्रतिक्षालय पुनर्निर्माण

स्थानीयद्वारा १० लाख संकलन गरि बुटवल बुद्धनगरमा प्रतिक्षालय पुनर्निर्माण

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं ११ बुद्धनगरमा स्थानीयद्वारा प्रतिक्षालय पुनर्निर्माण गरी समुद्घाटन सम्पन्न गरिएको छ।बुटवलका १ सय ५२जना प्रतिष्ठित स्थानीयहरुले करिब १०लाख रकम संकलन गरी उक्त बुद्धनगर प्रतिक्षालय पुनर्निर्माण गरी उद्घाटन गरेका हुन्।शनिबार उद्घाटन गर्दै व्यवसायी, समाजसेवी तथा स्थानीय देवीराम पाण्डेयले जेष्ठ नागरिक, स्थानीय र यात्रुहरुको लागि भलाकुसारी, आराम लगायतको लागि सहज हुने भएकाले आफुले पनि १ लाख १ हजार १ सय ११ रुपियां सहयोग गरेको वताए।उक्त प्रतिक्षालयमा वस्ने व्यक्तिहरूका लागि खानेपानीको लागि समेत दुई वटा पानी टंकी सहित २४सै घण्टा पिउने पानीको व्यवस्था गरिएको वताए।पाण्डेयले स्थानीयहरु सामाजिक काममा समेत अग्रसर भएकोमा खुसी लागेको र वताउदै सहयोग दाताहरु लाई धन्यवाद दिए। बुटवल उपमहानगर वडा नम्बर ११का वडा सदस्य नकुल शाहीले अत्यन्तै आवस्यक रहेको र महत...
युनिगाइड कन्सल्टेन्सीकोे ब्राण्डएम्बेष्डरसँग सम्झौतासंगै बुटवलमा शाखा विस्तार

युनिगाइड कन्सल्टेन्सीकोे ब्राण्डएम्बेष्डरसँग सम्झौतासंगै बुटवलमा शाखा विस्तार

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, शिक्षा, समाचार, स्थानीय
बुटवलयुनिगाइड कन्सल्टेन्सीले बुटवलमा आफ्नो शाखा विस्तारसँगै ब्राण्ड ब्राण्डएम्बेष्डरसँग सम्झौता कार्यक्रम गरेको छ । अष्ट्रेलिया, न्युजिल्याण्ड, वेलायतलगायतका देशमा उच्च शिक्षाकालागि विद्यार्थी पठाँउदै आएको युनिगाइडले शनिबार बुटवलमा शाखा शुभारम्भसँगै ब्राण्ड ब्राण्डएम्बेष्डरसँगको सम्झौता कार्यक्रम गरेको हो । कार्यक्रममा युनिगाइड कन्सल्टेन्सीका कार्यकारी प्रमुख गणेश दहालले नेपाली राष्ट्रिय क्रिकेटर तिलकराज भण्डारी र आदील खाँनसँग एक वर्षकालागि ब्राण्ड एम्वेस्टरमा अनुवन्दन सम्झौता गर्नु भएको हो ।सम्झौता एक वर्षकालागि गरिएको छ । कार्यकारी प्रमुख दहालले बैदेशिक अध्ययनकालागि बाहिर जाने विद्यार्थीकालागि सहज, सजिलो र आवश्यक जानकारी र सहजिकरण गर्दै आएको बताउनुभयो । युनिगाइडले बैदेशिक रोजगारीका लागि विद्यार्थीलाई लक्ष्यीत गरेर पञ्च बर्षे रणनीतिक योजना बनाएको उल्लेख गर्दै दहालले बिदेशमा पढेर, उत्...
बृहत् कम्युनिस्ट एकताको पहल गर्ने नेकपाको घोषणा:रुपन्देहीको पहिलो भेलाबाट ४५ सदस्यीय जिल्ला समिति गठन

बृहत् कम्युनिस्ट एकताको पहल गर्ने नेकपाको घोषणा:रुपन्देहीको पहिलो भेलाबाट ४५ सदस्यीय जिल्ला समिति गठन

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज, स्थानीय
विनोद खनाल, बुटवल विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट अलग भएको समूहले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुनर्गठन अभियानलाई तीव्र बनाउँदै रुपन्देहीमा पहिलो जिल्ला भेला सम्पन्न गरेको छ। बुटवलमा शनिबार सम्पन्न भेलाले ४५ सदस्यीय जिल्ला समिति गठन गर्नुका साथै बृहत् कम्युनिस्ट एकता र ध्रुवीकरणको अभियानलाई अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।तत्कालीन स्थायी समिति सदस्य असल सी, उमा सी लगायतका नेतामाथि पार्टी कारबाही भएपछि विकसित राजनीतिक घटनाक्रमसँगै देशभरका नेता–कार्यकर्ताहरू पुनर्गठित नेकपामा आबद्ध हुँदै आएका छन्। रुपन्देहीको भेला सोही पुनर्गठन अभियानअन्तर्गत आयोजना गरिएको हो।केन्द्रीय कार्यालय सदस्य भेषराज भुसालको प्रमुख आतिथ्यता तथा केन्द्रीय कार्यालय सदस्य बसन्त श्रेष्ठको विशिष्ट आतिथ्यतामा सम्पन्न भेलालाई सम्बोधन गर्दै भुसालले नेपालका कम्युनिस्ट शक्तिहरूबीच वैचारिक स्पष...
लायन्स क्लब अफ बुटवल एलिट र निरोग हेल्थ क्लिनिकबिच स्वास्थ्य उपचार संझौता

लायन्स क्लब अफ बुटवल एलिट र निरोग हेल्थ क्लिनिकबिच स्वास्थ्य उपचार संझौता

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज, स्थानीय
बुटवललायन्स क्लब अफ बुटवल एलिट र निरोग हेल्थ क्लिनिकबिच स्वास्थ्य उपचार संझौता भएको छ। बुटवलको पुष्पलाल पार्कमा रहेको निरोग हेल्थ क्लिनिक र लायन्स क्लब अफ बुटवल एलिटविच सहकार्य अन्तर्गत लायन सदस्यहरूले निरोग हेल्थ क्लिनिकमा निःशुल्क मधुमेह परीक्षण गराउन सक्नेछन्।साथै सम्पूर्ण ल्याब परीक्षण, डाक्टर ओपिडी सेवा तथा भिडियो एक्सरेमा २० प्रतिशत छुट र औषधिमा १० प्रतिशत छुटको सुविधा प्राप्त गर्न सक्नेछन्। क्लब अध्यक्ष लायन सुभाष अर्याल, एमजेएफ को अध्यक्षता तथा डिष्ट्रिक्ट कन्भेन्सन कोर्डिनेटर एवं पिडिजी पिएमजेएफ लायन अर्जुन मान सैजुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिएसटी हेड लायन प्रकाश कुमार श्रेष्ठ, रिजन चियर पर्सन लायन कृष्ण आचार्य, एरिया चिफ लायन बैकुण्ठ श्रेष्ठ, जोन चियर पर्सन लायन अरुण कुमार ज्ञवाली लगायत क्लबका २५ जना सदस्यहरूको सहभागिता रहेको थियो। ...
बुटवलमा विद्युत समस्या समाधान गर्न एमालेको प्राधिकरणलाई ध्यानाकर्षण

बुटवलमा विद्युत समस्या समाधान गर्न एमालेको प्राधिकरणलाई ध्यानाकर्षण

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलबुटवल उपमहानगरपालिका र आसपासका क्षेत्रमा पछिल्लो समय देखिएको अनियमित विद्युत आपूर्ति र न्यून भोल्टेजको समस्यालाई लिएर नेपाल कम्युनिष्ट पार्टी (एमाले) बुटवल उपमहानगर कमिटीले नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ। कमिटीका अध्यक्ष शोभाखर पोखरेलको नेतृत्वमा मँगलबार कार्यालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाइएको हो । नेपाल विद्युत प्राधिकरण, वितरण केन्द्र बुटवलका ध्यानाकर्षण पत्र बुझाउँदै पोखरेलले केही मिनेटको अन्तरालमा बारम्बार विद्युत जाने-आउने, न्यून भोल्टेज (डिम आउने) र भोल्टेज उतारचढाव हुने कारणले आम उपभोक्ता अत्यन्तै मारमा परेको उल्लेख गर् । यस प्रकारको समस्याले सर्वसाधारणको घरायासी जीवन, उद्योग-व्यवसाय, कार्यालय, अस्पताल, विद्यार्थीको अध्ययनका साथै विद्युतीय उपकरणहरूको सुरक्षामा समेत प्रत्यक्ष नकारात्मक असर पुर्‍याएको र पछिल्ला दिनहरूमा उपभोक्ताहरूबाट व्यापक गुनासो उठे...
पत्रकार महासंघ रुपन्देहीद्वारा बुटवल नगरको सहकार्यमा तीन पत्रकार पुरस्कृत

पत्रकार महासंघ रुपन्देहीद्वारा बुटवल नगरको सहकार्यमा तीन पत्रकार पुरस्कृत

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीनेपाल पत्रकार महासंघ, रुपन्देहीले स्थापना गरेएको उत्कृष्ट पत्रकारिता पुरस्कार र सूर्यप्रसाद विकास पत्रकारिता पुरस्कारबाट रुपन्देहीका तीन जना पत्रकारहरुलाई पुरस्कृत गरिएको छ । बुटवल उपमहानगरपालिकाको सहकार्यमा स्थापना भएको पुरस्कार सोमबार एक कार्यक्रमको आयोजना गरि रुपन्देहीका तीन जना पत्रकारहरुलाई प्रदान गरिएको हो । नेपाल पत्रकार महासंघ, रुपन्देहीद्वारा स्थापना गरिएको उत्कृष्ट पत्रकारिता पुरस्कार-२०८२ बाट पत्रकार अमृत गिरी पुरस्कृत भएका छन् । गिरी नगद एक लाख रुपैयाँ पुरस्कार सहित पुरस्कृत भएका हुन् । यस्तै सूर्य प्रसाद विकास पत्रकारिता पुरस्कार-२०८२ बाट पत्रकार छवि पाण्डेय र माया केसी पुरस्कृत भएका छन् । उनीहरु दुबैले जनही नगद ५०/५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।बुटवल उपमहानगरपालिकाको सहयोगमा स्थापना गरिएको पुरस्कार सोमबार प्रदान गरिएको हो । पुरस्कृत पत्रकार गिरी ...
पर्यटन प्रवर्द्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

पर्यटन प्रवर्द्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलरुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र युवालाई पर्यटनसँग जोड्ने गरी समयानुकूल पर्यटन तथा युवा-मैत्री नीति निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ, रुपन्देहीको २८औँ स्थापना दिवस तथा २५ औँ वार्षिक साधारणसभा-२०८३ को अवसरमा आयोजित कार्यक्रममा वक्ताहरूले पर्यटन क्षेत्रको विकासमा नीतिगत तथा कानुनी जटिलता प्रमुख बाधक बनेको उल्लेख गर्दै सरकार गम्भीर भएर समाधानतर्फ अग्रसर हुनुपर्ने धारणा राखे । कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको होटल व्यवसायको इतिहास खोजी गरी त्यसको दस्तावेजीकरण गर्नुपर्ने आवश्यकता औँल्याए । उनले बुटवललाई केन्द्रमा राखेर पहाडी क्षेत्रसँग जोडिने पर्यटन प्याकेज विकास गर्न, सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न तथा मौलिक पहिचान झल्किने कार्यक्रम सञ्चालन गर्न सुझाव दिए ...
रोटरी क्लब अफ बुटवल चौतारीको नेतृत्वमा वासुदेव भुसाल

रोटरी क्लब अफ बुटवल चौतारीको नेतृत्वमा वासुदेव भुसाल

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल रोटरी क्लब अफ बुटवल चौतारीको आठौं पदस्थापन कार्यक्रममा वर्ष २०२६–२७ का लागि अध्यक्षको जिम्मेवारी वासुदेव भुसालले ग्रहण गरेका छन् । कार्यक्रमको उदघाटन रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का वर्ष २०२६–२७ का प्रेसिडेन्ट नोमिनी तथा रोटरी वर्ष २०२५–२६ का डिजीएनडी अमित गिरीले गरेका थिए । उद्घाटन गर्दै गिरीले रोटरीले समुदायमा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र मानवीय सेवाका क्षेत्रमा पु¥याउँदै आएको योगदान उल्लेख गर्दै नयाँ नेतृत्वले सेवा, पारदर्शिता र सदस्यबिचको सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे । नवनिर्वाचित अध्यक्ष वासुदेव भुसालले क्लबको सेवामूलक अभियानलाई अझ प्रभावकारी बनाउँदै शिक्षा, युवा सशक्तीकरण, वातावरण संरक्षण तथा समुदायको आवश्यकता अनुसारका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा मानार्थ सदस्यद्वय ताराचन्द केडिया र प्रेमप्रसाद पोखरेलको पन...