Breaking news 2

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको शपथग्रहण, कुलमानलाई हटाउने निर्णयमा माओवादीको विरोध

प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको शपथग्रहण, कुलमानलाई हटाउने निर्णयमा माओवादीको विरोध

Breaking news 2, ताजा अपडेट, विविध, समाचार
काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दुई हप्ताभित्र उद्योगधन्दामा भइरहेको लोडशेडिङको समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनुभएको छ । हिजो प्राधिकरणको कार्यभार सम्हाल्दै शाक्यले भारतबाट बिजुली ल्याएर भए पनि लोडसेडिङ हुन नदिने बताउनुभयो । नवनियुक्त कार्यकारी निर्देशक शाक्यलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मन्त्रालयमा शपथग्रहण गराउनुभयो । शाक्य चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको हो । शपथग्रहण कार्यक्रममा ऊर्जामन्त्री खड्काले उद्योगीसँग प्राधिकरणले लिनुपर्ने बक्यौता मन्त्रिपरिषद्को निर्णयलाईसमेत मध्यनजर गरी तत्काल असुल गर्ने प्रक्रिया अगाडि बढाउन एवम् ग्राहकलाई लोडशेडिङ नहुने अवस्था बनाउन निर्देशन दिनुभयो । सरकारले प्राधिकरणको कार्यकारी निर्देशकबाट घिसिङलाई हटाएको हिजो औपचारिक जानकारी समेत गराएको...
त्रिशूलीमा ट्रक खस्दा चालकको ज्यान गयो, सहचालक घाइते

त्रिशूलीमा ट्रक खस्दा चालकको ज्यान गयो, सहचालक घाइते

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ – मुग्लिन–नारायणगढ सडकखण्डको जुगेडी प्रहरी चौकी नजिक त्रिशूली नदीमा कोइला बोकेको ट्रक खस्दा चालकको ज्यान गएको छ । आज बिहान साढे ६ बजे बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको ट्रक अनियन्त्रित भएर त्रिशूलीमा खसेको हो । दुर्घटनामा ट्रक ३०/३५ वर्षीय रामनारायण यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालले जानकारी दिनुभयो । दुर्घटनामा सहचालक रौतहटकाे गरुडा नगरपालिका वडा नम्बर ५ बस्ने असुन्द्रकुमार यादव घाइते हुनुभएको छ । उहाँको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको डीएसपी खनालले बताउनुभयो । नदीमा ट्रक डुबेको अवस्थामा रहेको र निकाल्ने प्रयास चलिरहेको प्रहरीले जनाएको छ ...
पत्रकार महासंघ रूपन्देहीले स्थापना दिवसमा फुट्सल प्रतियोगिता गर्ने

पत्रकार महासंघ रूपन्देहीले स्थापना दिवसमा फुट्सल प्रतियोगिता गर्ने

Breaking news 2, खेलकुद, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, समाचार, समाज
रुपन्देही नेपाल पत्रकार महासंघ रूपन्देहीले संस्थाकाे ७० औँ स्थापना दिवसमा मिडियाकप तथा कर्पोरेट ( संस्था) कप फुट्सल प्रतियोगिता आयोजना गर्ने भएको छ। सञ्चारगृहहरू बीच तथा व्यावसायिक, पेशागत संघ संस्था बीच आपसी भातृत्व ,सहकार्य होस् भन्ने उद्देश्य राखेर फुट्सल गर्दैछ। सोमबार पत्रकार महासंघ रुपन्देहीको कार्यालयमा पत्रकार सम्मेलन मार्फत यही चैत्र १६ ,१७ र १८ गते तीन दिन फुट्सल प्रतियोगिता आयोजना गर्ने बताएको हो। जसमा चैत्र १६ गते मिडियाकप तथा १७ र १८ गते कर्पोरेट कप फुट्सल प्रतियोगिता ग्रीनफिल्ड फुट्सल कोर्ट बुटवल ११ देवीनगरमा हुनेछ। जस अन्तर्गत मिडिया कफतर्फ प्रथम पुरस्कार १७ हजार ७ सय ७७ रुपैयाँ नगद पुरस्कार ,ट्रफी र सिल हुनेछ भने उपविजेतालाई ७ हजार ७ सय ७७ रुपैयाँ साथै अन्य विधागत पुरस्कार हुनेछन्। कर्पोरेट कपतर्फ प्रथम पुरस्कार २५ हजार , दोस्रो १५ हजार ,उत्कृष्ट खेलाडीलाई ...
लेखा समितिमा परेका उजुरीको छानबिन प्रक्रिया अघि बढ्यो, १५ दिनभित्र निष्कर्षमा पुग्ने

लेखा समितिमा परेका उजुरीको छानबिन प्रक्रिया अघि बढ्यो, १५ दिनभित्र निष्कर्षमा पुग्ने

Breaking news 2, ताजा अपडेट, समाचार
राजनीति लेखा समितिमा परेका उजुरीको छानबिन प्रक्रिया अघि बढ्यो, १५ दिनभित्र निष्कर्षमा पुग्ने   चैत १०, २०८१ आइतबार ९:२५:४८ | रासस https://www.facebook.com/v8.0/plugins/share_button.php?app_id=292572400759574&channel=https%3A%2F%2Fstaticxx.facebook.com%2Fx%2Fconnect%2Fxd_arbiter%2F%3Fversion%3D46%23cb%3Dff7c88dfe30503214%26domain%3Dujyaaloonline.com%26is_canvas%3Dfalse%26origin%3Dhttps%253A%252F%252Fujyaaloonline.com%252Ff66baf629e8d3a6d8%26relation%3Dparent.parent&container_width=0&href=https%3A%2F%2Fujyaaloonline.com%2Fstory%2F113562%2F2025%2F3%2F23%2Finvestigation-process-complaints-filed&layout=box_count&locale=en_US&sdk=joey&size=small FacebookTwitterViberEmailPrintFriendlyShare काठमाण्डौ – प्रतिनिधिसभाअन्तर्गत...
एमसीसीअन्तर्गतका निश्चित आयोजना अघि बढाउन अमेरिकाको अनुमति

एमसीसीअन्तर्गतका निश्चित आयोजना अघि बढाउन अमेरिकाको अनुमति

Breaking news 2, ताजा अपडेट, राजनीति, विदेश, विविध, समाचार, स्थानीय
काठमाण्डौ – अमेरिकी सरकारले एमसीसी नेपाल कम्प्याक्ट सम्झौता अन्तर्गतका केही कार्यक्रम अघि बढाउन अनुमति दिएको छ । यस अघि फेब्रुअरी २४ तारिखमा समीक्षाका लागि भन्दै ९० दिनका लागि स्थगित गरेको जनाएकोमा केही कार्यक्रम अघि बढाउन अनुमति आएको एमसीए नेपालले विज्ञप्ति निकालेर जानकारी गराएको छ । यसअघि अमेरिकाले स्थगित गरेका कारण नेपालले प्राप्त गरेको अहिलेसम्मकै ठूलो वैदेशिक सहयोगको भविष्यमाथि प्रश्न उठेको थियो । तर अहिलेको अनुमतिले पनि ट्रम्प प्रशासनले गर्ने अन्तिम निर्णयप्रति सङ्केत नगर्ने एमसीए नेपालको सूचनामा उल्लेख छ । विज्ञप्तिमा एमसीए नेपाल कामहरूको पुनः थालनीका लागि व्यवस्थापन गरिरहेको र पारदर्शिताप्रति प्रतिबद्ध रहेको उल्लेख छ । एमसीसीअन्तर्गत विद्युत् प्रसारण लाइनको निर्माण र सडकको स्तरोन्नतिका लागि नेपाललाई अमेरिकाले पाँच सय ५० मिलियन अमेरिकी डलर अर्थात् झन्ड...
आज विश्व पानी दिवस : हिमनदी संरक्षणमा जोड दिएर नेपालमा पनि मनाइँदै

आज विश्व पानी दिवस : हिमनदी संरक्षणमा जोड दिएर नेपालमा पनि मनाइँदै

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाण्डौ – आज विश्व पानी दिवस, ‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ विश्वभर विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ । पछिल्ला दिनमा जलवायु परिवर्तनका कारण हिमनदी सुक्दै गएको र त्यसले मानव जीवन र समग्र प्रकृतिमाथि ठूलो चुनौती थपिरहेको अवस्थामा यस पटक पानी दिवसको मूल नारा नै हिमनदीको संरक्षण राखिएको छ । सन् १९९३ यता हरेक वर्ष २२ मार्च तारिखमा मनाइने यो दिवस सुरक्षित तथा स्वच्छ पानीको महत्वमा केन्द्रित संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी पहल हो । सुरक्षित र स्वच्छ पानी व्यवस्थापनका लागि आवश्यक रणनीतिसहितको कदम चाल्न र यसबारे जनचेतना अभिवृद्धि गर्न यो दिवसले सहयोग गर्दै आएको छ । बढ्दो शहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, मौसम फेरबदल, अत्यधिक पानीको उपयोगलगायतका कारकबाट पानीका लागि सङ्कट थपिदो छ । विश्वभर कुल ९७ दशमलव पाँच प्रतिशत पानी समुद्रको रहेको छ । त्यो पानी नुनिलो भएकाले...
छुवाछूत तथा जातीय भेदभावको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आयोगको आग्रह

छुवाछूत तथा जातीय भेदभावको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आयोगको आग्रह

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, सम्पादकिय
* काठमाण्डौ – राष्ट्रिय मानव अधिकार आयोगले छुवाछूत तथा जातीय भेदभावको घटनाका पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह गरेको छ । ६०औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको अवसरमा विज्ञप्ती निकालेर आयोगले छूवाछूत तथा जातीय विभेदका घटनामा आयोगले निरन्तर अनुसन्धान र अनुगमन गरिरहेको जनाएको छ । अछाममा विद्यालयभित्र दलित विद्यार्थीमाथि विभेद गरिएको तथा सप्तरीमा अन्तर जातीय विवाहको विषयलाई लिएर भएको घटनालाई न्यायिक प्रक्रियामा लैजानुको सट्टा मिलापत्र गराउने क्रममा बालिकाले आत्महत्या गरेको विषयमा आयोगले गम्भीर रूपमा लिएको र आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाएको उल्लेख गरेको छ । त्यस्तै सिराहाको औरहीमा महायज्ञ लगाउन मण्डप तयार गर्दा नजिकै रहेको दलितको घर भत्काइएको घटना हालै सार्वजनिक भएको छ । यसमा मानवअधिकार आयोगको मधेस प्रदेश कार्यालयबाट अनुगमन थालेको विज्ञप्तीमा उल्ले...
३० दिनभित्र फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल दर्ता गर्न सरकारको ताकेता

३० दिनभित्र फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल दर्ता गर्न सरकारको ताकेता

Breaking news 2, ताजा अपडेट, विविध, समाचार
काठमाण्डौ – सरकारले ३० दिनभित्र फेसबुक, ह्वाट्सएप, युट्युब, इन्स्टाग्राम, एक्सजस्ता सामाजिक सञ्जाल दर्ता गर्न ताकेता गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सबै सामाजिक सञ्जाल प्लेटफर्मले अबको ३० दिनभित्र सूचीकरण गराउन, नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वःनियमन परिपालनाको निगरानी गर्ने अधिकारीको समेत व्यवस्था गर्न सचेत गराएको हो । तोकिएको समयभित्र सूचीकरण हुन नआउने सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने मन्त्रालयको सूचनामा उल्लेख छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिकामा सामाजिक सञ्जाल कम्पनीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरणका लागि निवेदन दिनुपर्ने व्यवस्था छ । साथै यस्ता कम्पनीले नेपालभित्र सम्पर्क विन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वःनियमन परिपालनाको निगरानी गर्ने अधिकारीको व्य...
संविधान प्रदत्त जिम्मेवारी पूरा गर्ने प्रधानसेनापतिको प्रतिबद्धता

संविधान प्रदत्त जिम्मेवारी पूरा गर्ने प्रधानसेनापतिको प्रतिबद्धता

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
 प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेना सदैव देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, राष्ट्रिय एकताको रक्षार्थ जस्तोसुकै परिस्थितिमा पनि संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन् ।  कैलालीस्थित सुदूरपश्चिम पृतना मुख्यालय बिहीबार आयोजित भूतपूर्व सैनिक सम्मेलनमा उनले राष्ट्रिय हित संरक्षण गर्न नेपाली सेना गम्भीर रहेको स्पष्ट पारेका थिए । सेनाले राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन पुर्‍याइरहेको योगदानले आम नेपालीलाई गर्वको अनुभूति गराएको उल्लेख गर्दै प्रधानसेनापति सिग्देलले राष्ट्रको सर्वाङ्गीण विकासमा गरेको योगदानका कारण नेपाली जनतामाझ सेना र भरपर्दो संगठनका रुपमा स्थापित भएको बताए । 'यो विश्वास कहिल्यै पनि टुट्न दिनु हुँदैन,' उनले भने । संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका विभिन्न द्वन्द्वग्रस्त मुलुकमा शान्ति स...
प्रेस चौतारीको महाधिवेशनको तयारी अन्तिम चरणमा

प्रेस चौतारीको महाधिवेशनको तयारी अन्तिम चरणमा

Breaking news 2, जीवनशैली, ताजा अपडेट, विविध, समाचार, स्थानीय
काठमाडौं, चैत ६ । नेपाली श्रमजीवी पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशन यही चैत १० गतेबाट कोसी प्रदेशको राजधानी विराटनगरमा हुँदै छ । ‘समृद्धिका लागि सञ्चार प्रेस चौतारीको आधार’ भन्ने मूल नाराका साथ हुन लागेको महाधिवेशन तीन दिनसम्म चल्ने छ । पत्रकारिता क्षेत्रका समस्या र आगामी योजनाको बारेमा महाधिवेशनले महत्त्वपूर्ण निर्णय लिने प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हीरामान लामाले जानकारी दिनुभयो । महाधिवेशनले प्रेस चौतारी नेपालको नयाँ नेतृत्व चयन गर्दै छ । महाधिवेशनमा झण्डै ९ सय प्रतिनिधिले सहभागिता जनाउने महासचिव लामाले जानकारी दिनुभयो । महाधिवेशनको नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १० गते उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीले बिहान ११ बजेपछि महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । प्रेस चौतारी ...