Breaking news 2

गुल्मीको तम्घासमा  महोत्सव सुरु

गुल्मीको तम्घासमा  महोत्सव सुरु

Breaking news 2, ताजा अपडेट, समाचार, स्थानीय
गुल्मी, तम्घास – कृषि, पर्यटन, उद्योग र व्यापारको प्रवर्द्धन गर्ने उद्देश्यले गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा गुल्मी महोत्सव २०८१ सुरु भएको छ। “गुल्मी जिल्लाको समृद्धिको आधार : कृषि, पर्यटन, उद्योग र व्यापार” भन्ने नाराका साथ गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा सुरु भएको महोत्सव वैशाख १७ गतेसम्म सञ्चालन हुने छ। महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसालले गरेका हुन्। उद्घाटन अवसरमा सदरमुकाम तम्घासमा विभिन्न संघ–संस्थाहरूले सांस्कृतिक झाँकी र र्याली प्रस्तुत गरेका थिए। महोत्सवमा गुल्मी जिल्लाको विभिन्न जातीय परिकार, सांस्कृतिक झाँकी, तथा औद्योगिक क्षेत्रबाट उत्पादित सामग्रीहरू प्रदर्शनमा राखिएका छन्। साथै जिल्लामा उत्पादन हुने कृषिजन्य सामग्री, मनोरञ्जनात्मक सामाग्री तथा बिक्री वितरणका लागि तीन सयवटा स्टल राखिएको छ। महोत्सव अवधिभर लोकप्रिय कलाकार, इन्द्रेणी टिमस...
६ डीआईजीलाई एआईजीमा बढुवा सिफारिश

६ डीआईजीलाई एआईजीमा बढुवा सिफारिश

Breaking news 2, ताजा अपडेट, राजनीति, समाचार
काठमाण्डौ – सरकारले नेपाल प्रहरीमा रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा ६ जनालाई सिफारिश गरेको छ । गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको बैठकले रिक्त ६ एआईजीमा नायब महानिरीक्षक (डीआईजी) हरु चन्द्रकुबेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र डा.मनोजकुमार केसीलाई एआईजीमा सिफारिश गरेको हो । बढुवा सिफारिश भएकाहरुमध्ये खापुङ, आचार्य र शर्मा २०५२ सालमा तथा कार्की, अधिकारी र केसी ०५४ सालमा सेवा प्रवेश गरेका अधिकृत हुन् । सिफारिश भएका सबै डीआईजी ज्येष्ठता र वरीयताक्रममा अगाडि रहेका अधिकृत हुन् । ...
राजनीतिक स्थिरता र संबिधान संशोधन जरुरी छ – प्रचण्ड

राजनीतिक स्थिरता र संबिधान संशोधन जरुरी छ – प्रचण्ड

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
रूपन्देही  राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी रहेको नेकपा माओवादीका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले बताएका छन् । प्रेस सेन्टर नेपाल रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै माओवादीका अध्यक्ष एबं पूर्व प्रधानमन्त्री पुस्प कमल दाहाल प्रचण्डले अब १० बर्षको समीक्षा आबश्यक रहेको बताउदै कहाँ कहाँ त्रुटि भएको छ संसोधनको आबश्यक रहेको बताए । “संविधान संशोधन अधिकार खोस्ने गरि होइन थप अधिकार दिने गरि संबैधानिक लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउने गरि हुनुपर्यो । ” पूर्व प्रधानमन्त्री प्रचण्डले भने । माओवादीको तराई राजमार्गमा झापा देखिको अभियानमा आउंदा राजमार्ग वरिपरि जनतामा नयाँ आसा जन्माएको बताए  । झापाबाट सुरुवात भएको अभियानमा हजारौं लाखौं जोडिएको बताउंदै शिक्षा, स्वास्थ्य, पर्यटन बिकासका समस्या नजिक बाट बुझ्ने अबसर प्राप्त गरेको बताए ।  यो सरकारलाइ दब...
स्थानीय वायु र न्यून चापीय क्षेत्रको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

स्थानीय वायु र न्यून चापीय क्षेत्रको प्रभाव : यी क्षेत्रमा वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
काठमाडौँ हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू(भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज कोशी प्रदेश लगायत देशको पहाडी भू(भागका केही स्थानहरू र बाँकी भू(भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।   देशको उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मेघगर्जन, चट्याङ, वर्षा लगायत हिमप...
गुल्मेलीहरू हरेक विधा, तह र क्षेत्रमा नेतृत्वदायी भूमिकामा सक्षम छन्: नगरप्रमुख खरेल

गुल्मेलीहरू हरेक विधा, तह र क्षेत्रमा नेतृत्वदायी भूमिकामा सक्षम छन्: नगरप्रमुख खरेल

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
रूपन्देही देवदह नगरपालिका रूपन्देहीका नगरप्रमुख ध्रुब खरेलले गुल्मेलीहरु जिल्ला र देशका विभिन्न स्थानमा रहेका र राजनीतिक, व्यावसायिक, सामाजिक, शैक्षिक ,निजामती ,स्वास्थ्य लगायत हरेक क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेको र सक्षम र सफल रहेको बताए। गुल्मेली सम्पर्क समाज रूपन्देहीको सचिवालय तिलोत्तमा डिङ्गनगरमा बुधबार सम्पन्न भएको नववर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नगर प्रमुख खरेलले गुल्मेलीहरू हरेक तह र विधामा नेतृत्व गर्दै आएको र सफल भएको बताएका हुन् । गुल्मीको मुसिकोट नगरपालिका जन्मस्थान रहेका उनले समाजमा अहिले सकारात्मकतालाई भन्दा नकारात्मकतालाई प्राथमिकता दिने संस्कारको तीव्र विकास भइरहेको भन्दै सकारात्मक सोच ,बोली र व्यवहार गरी आ-आफ्नो स्थानबाट देश निर्माणमा साथ दिनुपर्ने भन्दै नयाँ वर्षको शुभकामना दिए। उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भइसकेपछि ...
आज हल्का वर्षा र भोलिदेखि ठूलो पानी पर्ने सम्भावना, तत्काल अन्नबाली नकाट्न र काटेको भए भित्र्याउन आग्रह

आज हल्का वर्षा र भोलिदेखि ठूलो पानी पर्ने सम्भावना, तत्काल अन्नबाली नकाट्न र काटेको भए भित्र्याउन आग्रह

Breaking news 2, ताजा अपडेट, माैसम, विविध, समाचार
काठमाण्डौ – स्थानीय वायुको प्रभाव रहेकाले आज धेरै ठाउँको मौसम बदलीको अवस्था छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भागका एक–दुई ठाउँमा बिहानपख हल्का वर्षा भएको छ । काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा आज हल्का वर्षाको सम्भावना छ । दिउँसो मधेश प्रदेशबाहेक अरु सबै प्रदेशको हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का हिमपात र केही ठाउँमा मेघगर्जन चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रही एक–दुइ ठाउँमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना छ । प्रि–मनसुनको समय भएकाले मेघगर्जन, चट्याङ र हावाहुरीको जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । भोलिदेखि पानी पार्ने नयाँ प्रणाली भित्रिन सक्ने सम्भावना रहेको मौसमविद् सन्जिव अधिकारीले बताउनुभयो । ...
रुपन्देहीका कालिका र शान्ति माविमा विद्यार्थी भर्ना अनिश्चितकालीन स्थगित

रुपन्देहीका कालिका र शान्ति माविमा विद्यार्थी भर्ना अनिश्चितकालीन स्थगित

Breaking news 2, ताजा अपडेट, विविध
२ वैशाख, बुटवल । रुपन्देहीका कालिका मानव ज्ञान मावि र शान्ति नमुना माविले विद्यालय भर्ना लगायत सम्पूर्ण शैक्षिक गतिविधि अनिश्चितकालका लागि बन्द गरेका छन् ।सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीहरुको शैक्षिक हड्तालका लागि विद्यालय भर्ना लगायतका सबै कार्यक्रम बन्द गर्नु परेको ती विद्यालयले जारी गरेको सूचनामा उल्लेख छ । बुटवल उपमहानगरपालिका–१० रुपन्देहीस्थित कालिका मानवज्ञान माविका प्रधानाध्यापक दिनेश थापाले आज जारी गरेको सूचनामा लेखिएको छ, ‘हाल चलिरहेको शिक्षक महासंघको शिक्षक कर्मचारी आन्दोलनले सिर्जना गरेको शैक्षिक हड्तालको विसम परिस्थितिले गर्दा विद्यालयको पूर्वनिर्धारित भर्ना लगायतका सम्पूर्ण कार्यक्रमहरु शिक्षक कर्मचारी आन्दोलनलाई मध्यनजर गरी अर्को सूचना नआएसम्मलाई स्थगित गरिएको व्यहोरा सम्बन्धित सम्पूर्णमा सूचित गरिन्छ ।’शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्किने अडानसहित गत चैत २०...
कक्षा १२ को परीक्षा, भर्ना लगायत कुनैपनि शैक्षिक गतिविधिमा सामेल नहुने आन्दोलनरत शिक्षक महासङ्घको निर्णय

कक्षा १२ को परीक्षा, भर्ना लगायत कुनैपनि शैक्षिक गतिविधिमा सामेल नहुने आन्दोलनरत शिक्षक महासङ्घको निर्णय

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौं आन्दोलनरत नेपाल शिक्षक संघले कक्षा १२ को परीक्षा, भर्ना अभियान लगायत कुनैपनि शैक्षिक गतिविधिमा सामेल नहुन आग्रह गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै वैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षामा केन्द्राध्यक्ष, निरीक्षक लगायत कुने पनि काममा संलग्न नहुन प्रधानाध्यापक, शिक्षक र कर्मचारीहरूलाई आग्रह गरेको हो । चैत २० गतेबाट शिक्षकहरूको आन्दोलन जारी रहेको छ । यसैबीच शीघ्रताका साथ शिक्षा ऐन जारी गरेर विद्यालय शिक्षाको उचित व्यवस्थापन र गुणस्तर विकासका लागि गरिएको आन्दोलनलाई सहयोग गर्न पनि आग्रह गरिएको छ । काठमाडौं केन्द्रित आन्दोलनको अवधिमा उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, प्रवेश परीक्षा, विद्यार्थी भर्ना लगायतका सबै काममा संलग्न नहुन पनि आग्रह गरिएको छ । यस्तै प्याब्सन र एनप्याब्सनलाई पनि आन्दोलनमा बोलाएको छ । विज्ञप्तिमा अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव...
फेसबुक लगायतका विदेशी सामाजिक सञ्जाल दर्ता हुने म्याद एक साता मात्र बाँकी, मेटाले गरेन वास्ता

फेसबुक लगायतका विदेशी सामाजिक सञ्जाल दर्ता हुने म्याद एक साता मात्र बाँकी, मेटाले गरेन वास्ता

Breaking news 2, बिज्ञान प्रबिधि, विदेश, समाचार
काठमाडौं फेसबुक लगायतका विदेशी सामाजिक सञ्जाल प्लेटफर्महरूले नेपालमा दर्ता हुनका लागि सरकारले गरेको आह्वानलाई बेवास्ता गरेका छन् ।फेसबुकको मातृ कम्पनी मेटा र ट्विटरलाई सञ्चार मन्त्रालयले दुईपटक पत्र पठाइसके पनि जवाफ नआएको अधिकारीहरूले बताए । शुक्रवार रुपन्देहीमा आयोजित एक कार्यक्रममा बोल्दै सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले तत्काल दर्ता हुन नआएमा नेपालमा फेसबुक बन्द गरिदिने चेतावनी दिएका थिए । उनले भनेका छन्, ‘संविधान उनीहरुले मान्नु पर्छ कि पर्दैन ? नेपालको सरकारसँग उनीहरुको सम्वन्ध हुनु पर्छ कि पर्दैन ? आजसम्म दर्ता नगरिकन बसेको छ । हामीले आह्वान गरेका छौं । यो आह्वानभित्र आएन भने हामीले उनीहरुलाई बन्द गर्नुपर्छ ।’ सञ्चार मन्त्रालयले पछिल्लो पटक चैत ७ गते सूचना निकालेर ३० दिनभित्र दर्ता हुन भनिएको थियो । त्यसैले सरकारले दिएको म्याद नै वैशाख ७ सम्म ह...
पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम, कस्तो रहला आजको मौसम ?

पश्चिमी तथा स्थानीय वायुको प्रभाव कायम, कस्तो रहला आजको मौसम ?

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी  प्रदेशमा आंशिक देखि साधरणतया बदली रही  बाँकी भू-भागमा  मूख्यतया सफा देखि आंशिक बदली रहेको छ।  दिउँसो कोशी प्रदेश, मधेश प्रदेश देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश लगायत बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू र  बाँकी भू-भागका  एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको  उच्च पहाडी तथा हिमाली भू-भागका  एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। राती भने कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागम...