Breaking news 2

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी

Breaking news 2, ताजा अपडेट, विविध, समाचार
बुटवल , २४ भदौ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सम्भावित प्रदर्शन, जुलुस र झडपलाई मध्यनजर गर्दै रुपन्देही जिल्लामा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले आज बिहान ९:३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरेको हो । स्थानीय प्रशासन ऐन, २०२८ ( संशोधन सहित ) को दफा ६ को उपदफा ३ (क) बमोजिम प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेद्वारा जारी आदेशमा निषेधाज्ञा लागू भएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाइने उल्लेख छ । यसै गरि अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन, र सभा जस्ता विरोधका कार्यक्रम गर्न पूर्ण रूपमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले यस आदेशको पालना नगर्ने वा अवरोध पुर्‍याउने जो कोहीलाई पनि प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी दिएको छ । ...
जेनजी समूहको आन्दोलन जारी

जेनजी समूहको आन्दोलन जारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंजेनजी समूहले भ्रष्टाचार र बेथितिविरुद्ध सुरु गरेको आन्दोलन मंगलबार पनि निरन्तर रहने जनाएको छ। सोमबार राति जारी विज्ञप्तिमा आन्दोलनकारीहरूले सरकारको दमनबीच पनि आन्दोलनलाई शान्तिपूर्ण रूपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन्।आन्दोलनका संयोजक पुरुषोत्तम यादव र सबल गौतमले सोमबारको प्रदर्शनमा केही अराजक समूहले घुसपैठ गरेपछि अवस्था नियन्त्रणबाहिर गएको उल्लेख गरेका छन्। तर, ती समूह को थिए भन्ने बारे खुलाइएको छैन। अर्का संयोजक अमित खनालका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी र दुर्गा प्रसाईं समूहको घुसपैठले हिंसा बढाएको थियो।विज्ञप्तिमा भनिएको छ, “देशभरका युवाहरू भ्रष्टाचार र बेथितिविरुद्ध सडकमा उत्रिएका छन्। आज मात्रै २० भन्दा बढी युवाले ज्यान गुमाएका छन् र हजारौँ घाइते भएका छन्। यो संयोग होइन, भ्रष्टाचार र दुरव्यवस्थाको प्रतिफल हो।” यादव र गौतमले सरकारको दमनले आन्दोलन कमजोर नहुने चेत...
रुपन्देहीमा बुटवलदेखि भैरहवासम्म कर्फ्यु जारी

रुपन्देहीमा बुटवलदेखि भैरहवासम्म कर्फ्यु जारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देही रुपन्देहीकाे बुटवलदेखि भैरहवा क्षेत्रभित्र आज अपरान्ह ४ बजेदेखि रातिको १० बजेसम्म कर्फ्यु जारी भएको छ । जेनजीहरूको प्रदर्शन उग्र बन्दै गएपछि कर्फ्यू लगाइएको हो । बुटवलका प्रमुख जिल्ला अधिकारीले कर्फ्यु आदेश जारी गरेका हुन् ।
५० भन्दा बढी गम्भीर घाइते ओसारियो : एम्बुलेन्सकर्मी

५० भन्दा बढी गम्भीर घाइते ओसारियो : एम्बुलेन्सकर्मी

Breaking news 2, ताजा अपडेट, समाचार
२३ भदौं, काठमाडौं । काठमाडौंको बानेश्वरस्थित संसद भवन परिसरमा भएको जेन-जी युवाहरूको प्रदर्शनमा कम्तीमा ५० जनाको हाराहारीमा गम्भीर घाइते भएको खुलेको छ । घाइतेहरुको उद्दारका साथै उनीहरूलाई अस्पताल पुर्‍याउने काम गरिरहेको काठमाडौं महानगरपालिकाले करिब ५० जनाजति घाइतेलाई विभिन्न अस्पतालमा पुर्‍याएको जनाएको छ ।बानेश्वरबाट घाइते भएका करिब ५० जनाजतिलाई हामीले एम्बुलेन्समा हालेर विभिन्न अस्पतालमा पुर्‍याएका हौं’ एम्बुलेन्स सेवाको समन्वय गरिरहेका महानगरपालिकाका एक कर्मचारीले भने, ‘उनीहरू सबैजसो गोली लागेर रगताम्य भएका घाइतेहरू हुन् । सामान्य प्रकृतिका घाइतेहरूको संख्या अलग हो ।’ ...
आजदेखि पितृपक्ष (सोह्र श्राद्ध) सुरू

आजदेखि पितृपक्ष (सोह्र श्राद्ध) सुरू

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ आजदेखि सोह्र श्राद्ध सुरु भएको छ । हिन्दु समाजमा पितृ पूजा एउटा गहिरो धार्मिक र सांस्कृतिक परम्परा हो। प्रत्येक वर्ष भाद्र शुक्ल प्रतिपदादेखि आश्विन कृष्ण औँसीसम्म मनाइने श्राद्ध पर्वलाई सोह्र श्राद्ध भनिन्छ। यसलाई पितृ पक्ष समेत भनिन्छ।आश्विन कृष्णपक्षको प्रतिपदाबाट सुरु भएर औँसीसम्मको १६ दिनलाई सोह्र श्राद्ध वा महालय श्राद्ध भन्ने गरिन्छ । यस अवधिमा दिवङ्गत पितृहरूप्रति श्रद्धा अर्पण गर्ने परम्परा रहेको छ । यस वर्ष सोह्र श्राद्ध भाद्र २३ गते सोमबारदेखि सुरु भई आश्विन ५ गते आइतबारसम्म चल्नेछ । सोह्र श्राद्धको मूल उद्देश्य दिवङ्गत पितृहरूलाई सम्झनु, उनीहरूको आत्माको शान्ति र तृप्तिको कामना गर्नु तथा तिनीहरूको आशीर्वाद प्राप्त गर्नु हो। हिन्दु धर्म शास्त्र अनुसार शरीरको मृत्यु भए पनि आत्मा अमर रहेको हुँदा श्राद्धमार्फत पितृहरूलाई पिण्ड, जल, तर्पण तथा अर्पण गर्दा उनीहरू ...
निजामती दिवसमा प्रधानमन्त्रीको सन्देश- शुशासन र दुर्त सेवा प्रवाहमा  ध्यान दिन आवस्यक

निजामती दिवसमा प्रधानमन्त्रीको सन्देश- शुशासन र दुर्त सेवा प्रवाहमा ध्यान दिन आवस्यक

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य कामका लागि पनि धेरै प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्तिमा कर्मचारीले परिवर्तन ल्याउन आवश्यक रहेको बताएका छन् । आज निजामती सेवा दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले बदलिंदो विश्व परिवेश, नयाँ प्रविधि र जनअपेक्षा बमोजिम निजामती सेवाका कर्मचारीले आफूलाई रुपान्तरण गर्न जरुरी रहेको बताए।प्रधानमन्त्री ओलीले भनेका छन्, ‘निजामती सेवा सरकारलाई जनता समक्ष पुयाउने मुख्य जिम्मेवारी हो। सरकारका नीति तथा कार्यक्रमलाई जनस्तरमा कार्यान्वयन गर्ने निजामती सेवाको काममै सरकारको प्रभावकारिता निर्भर हुन्छ। बदलिंदो विश्व परिवेश, नयाँ प्रविधि र जनअपेक्षा बमोजिम निजामती सेवाले आफूलाई रुपान्तरण गर्न जरुरी छ। शुभकामना सन्देशमा थप लेखिएको छ, ‘सामान्य कामका लागि पनि धेरै प्रक्रिया देखाउने र काम पन्छाउने प्रवृत्तिमा कर्मचारीले परिवर...
दुर्घटनामा परेकी बालिकाको उपचार खर्च पार्टीले बेहोर्छ: अध्यक्ष ओली

दुर्घटनामा परेकी बालिकाको उपचार खर्च पार्टीले बेहोर्छ: अध्यक्ष ओली

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमान्डौ नेकपा एमालेको विधान महाधिवेशनमा सहभागी हुन जाँदै गरेका कोसी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर चढेको गाडीले बालिकालाई ठक्कर दिएको घटनाप्रति अध्यक्ष केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।शनिबार बिहान ललितपुर महानगरपालिका–२८ स्थित हरिसिद्धि माध्यमिक विद्यालयअगाडि ११ वर्षीया उषा मगर सुनुवारलाई को १ झ ६९९ नम्बरको गाडीले ठक्कर दिएको थियो। घाइते बालिकाको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ । घटनापछि आक्रोशित स्थानीयले केही समय सडक अवरुद्ध गरेका थिए । बालिका उपचारका लागि लाग्ने सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने गरी अस्पताल पठाइएको अध्यक्ष ओलीले जानकारी दिए ।‘सामान्य रूपमा गाडीले बच्चीलाई छोएको हो, कुनै नियत होइन,’ ओलीले भने, ‘भवितव्य घटना भएको हो, हामी दुःखी छौं र बालिकाको शीघ्र स्वास्थ्य लाभको कामना गर्छौं ।’ घटनाका कारण महाधिवेशनको दोस्रो दिनको का...
एमाले विधान महाधिवेशन : प्रतिवेदनहरुमाथि समुहगत छलफल हुँदै

एमाले विधान महाधिवेशन : प्रतिवेदनहरुमाथि समुहगत छलफल हुँदै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
गोदावरीसत्तारुढ नेकपा एमालेको विधान महाधिवेशनको दोस्रो दिन आज तीनवटा प्रतिवेदन प्रस्तुत हुँदैछन्। ललितपुरको गोदावरीस्थित सनराइज सभा हलमा शुक्रबारदेखि सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशनको पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीसहितका नेताले विभिन्न प्रतिवेदन प्रस्तुत गरेका छन्।‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित सुरु भएको एमालेको विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका ३१५ गरी कुल २ हजार ३ सय ४१ जना सहभागी छन्। आज बिहान ८ बजेदेखि सुरु हुने दोस्रो दिनको कार्यक्रममा निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत हुँदैछ। एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार हिजै यी प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहे पनि समय अभावको कारण प्रस्तुत हुन पाएन।आज तीनवटा प्रतिवेदनको प्रस्तुतीकरण सकिएपछि...
सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट दायर

सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सर्वोच्चमा रिट दायर

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार सर्वोच्चमा दायर गरेको रिट हाल दर्ता प्रक्रियामा रहेको छ ।सरकारले बिहीबार रातिदेखि फेसबुक, युट्युब, वाट्सएप, इन्स्टाग्रामसहित २६ वटा सामाजिक सञ्जाल नेपालमा नचल्ने गरी निर्देशन दिएको थियो । सरकारको निर्देशनअनुसार इन्टरनेट प्रदायक कम्पनीहरूले ती एपहरू आंशिक रूपमा मात्र सञ्चालन हुने अवस्थामा पारेका छन् । रिटमा त्रिपाठीले नागरिकको आवाज बन्द गर्ने उद्देश्यले सरकारले यस्तो निर्णय गरेको दाबी गर्दै, प्रतिबन्ध तत्काल खारेज गरी सामाजिक सञ्जाल पूर्ववत सञ्चालनमा ल्याउन माग गरेका छन् । ...
देशभर माैषम सामान्य बदली, गण्डकीका केही भूभागमा वर्षाको सम्भावना

देशभर माैषम सामान्य बदली, गण्डकीका केही भूभागमा वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको जनाएको छ ।हाल सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमामा साधारणतया बदली रही, बाँकी भू-भागमा आंशिक बदली रहेको जनाएको छ भने बागमती प्रदेशको थोरै स्थानहरु तथा कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मध्यम बर्षा भैरहेको छ ।आज दिउँसो देशभर साधारणतया बदली रहनेछ भने लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भु-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाले आगामी २४ घण्टा गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । त्यस्तै पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरको छ । ...