Breaking news 2

मन्त्रिपरिषद् विस्तारको तयारी, शपथ २ बजे

मन्त्रिपरिषद् विस्तारको तयारी, शपथ २ बजे

Breaking news 2, ताजा अपडेट, विविध, स्थानीय
६ असोज, काठमाडौं । अन्तरिम सरकार प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । नवनियुक्त मन्त्रीहरुको शपथका लागि आज दिउँसो दुई बजेको समय निर्धारण गरिएको छ । कार्कीले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्र, पत्रकार जगदिश खरेललाई मन्त्रीका लागि सिफारिस गरेका समाचार सार्वजनिक भएका थिए । यद्यपि यी नाममा केही थपघट पनि हुनसक्ने सम्भावना रहेको स्रोत बताउँछ । ...
अदालतका २५ हजार मिसिल मध्ये ३ हजार मात्रै सुरक्षित

अदालतका २५ हजार मिसिल मध्ये ३ हजार मात्रै सुरक्षित

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदातल जले पनि न्यायको दीप ननिभेको बताएका छन्। आइतबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। पालमै भए पनि न्यायको दीप मर्न नदिने अठोटका साथ अदालत अघि बढिरहेको उनको भनाइ छ।उनले भने, ‘क्षतिका कुरा कति गरौँ? राष्ट्र नै सबै जलेको थियो। नेपाल सरकारका सबै व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका तीनवटै सर्वोच्च निकायहरू जलेका अवस्थामा थिए। त्यो चुनौती अवसरमा बदलेर अघि बढ्नुपर्नेछ। न्यायको दीप निभेको छैन। २९ गतेबाट हामीले नियमित सेवाहरू सुरु गरेका छौँ। देशभरका सबै अदालतबाट न्यूनतम सेवा दिइरहेका छौँ।’ देशभरका सबै अदालतबाट न्यूनतम सेवा दिइरहेको उनको भनाइ थियो। २५ हजार मिसिलमा ३ हजार मात्रै सुरक्षित रहेको जानकारी पनि उनले दिए। उनले भने, ‘करिब २५ हजार मिसिल थिए। हामीले ३ हजार ज...
मुग्लिन–नारायणगढ सडक खुलाउने प्रयास चल्दै, यात्रु दुई रातसम्म सडकमै अलपत्र

मुग्लिन–नारायणगढ सडक खुलाउने प्रयास चल्दै, यात्रु दुई रातसम्म सडकमै अलपत्र

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित तुइनखोलामा शुक्रबार साँझ पहिरो खसेपछि डोजरको सहयोगमा शनिबार बिहान पहिरो पन्छाइँदै । तस्बिर ÷रासस काठमाण्डौ – अस्ति शुक्रवार बेलुकीदेखि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक अझै खुलेको छैन । मुग्लिन नजिकै पर्ने तुईन खोलामा फराकिलो पुल बनाउन पहाड काटेको ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । अस्ति खसेको पहिरो पन्छाउन नभ्याउँदै हिजो बिहान फेरि अर्को ठूलो पहिरो खसेको छ । लगातार पहिरो खसेका कारण सडक खुलाउन नसकिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । सडक खुल्न नसक्दा अस्ति बेलुकीदेखि नै गाडी सडकमै रोकिएका छन् । गन्तव्यमा हिँडेका सयौं यात्रु दुई रातसम्म सडकमै अलपत्र परेका छन् । कोही गाडीमै र कोही सडकमै सुतेका छन् । धेरै यात्रु भोकै बस्न बाध्य छन् । आज उज्यालो हुनेबित्तिकै सडक खुलाउने प्रयास शुरु भएको मुग्लिन प्रहरी...
जेनजी आन्दोलनमा भएका घटनाहरुको न्यायिक छानबिन गर्न सरकारले आँट गरोस् : मुख्यमन्त्री आचार्य

जेनजी आन्दोलनमा भएका घटनाहरुको न्यायिक छानबिन गर्न सरकारले आँट गरोस् : मुख्यमन्त्री आचार्य

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, विविध, शिक्षा, समाचार, समाज
अर्घाखाँचीलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ २३ र २४ गते जेन्जी आन्दोलनका क्रममा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिको न्यायिक छानबिन गर्न अन्तरिम सरकारसँग आग्रह गरेका छन् ।नेकपा एमाले सन्धिखर्क नगरकमिटीको पूर्ण बैठकलाई शनिबार अर्घाखाँचीमा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले न्यायिक छानबिन आयोग गठन गरेर घटनाको अनुसन्धान अघि बढाउन वर्तमान सरकारले हिम्मत गर्नुपर्ने बताए । ‘अहिले जुन सरकार बनेको छ, यसले आँट गरेर न्यायिक छानबिन गर्ने हो भने कठघरामा को-को उभिनुपर्छ भन्ने देखिनेछ ।’-उनले भने, न्यायिक छानबिन गरेर घटनामा दोषी देखिएकालाई कानुनी कारबाही गर्न सरकारले आँट गरोस् ।आन्दोलनको नाममा भएको अराजकताबारे सबैले समीक्षा गर्न आवश्यक रहेको मुख्यमन्त्री आचार्यको भनाइ छ । ‘तपाईँ हाम्रा घर सुधार्न जरुरी छ । घर भनेको पहिलो पाठशाला हो । आमा-बुवाले राम्रो ज्ञानगुनका कुरा सिकाउने...
तुइन खोलामा खसेको पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

तुइन खोलामा खसेको पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

Breaking news 2, ताजा अपडेट, समाचार, सम्पादकिय
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ । डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक–पटक गरी खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको हो । उनका अनुसार झण्डै १०० मिटर माथिबाट पहिरो झरेको हो । निरन्तर पहिरो खसिरहेकाले रातको समयमा पहिरो पन्छाउन सकिएको थिएन । बिहान उज्यालो भएसँगै पहिरो पन्छाउने काम सुरु गरिएको छ । दुवैतर्फबाट एक–एक वटा लोडरले पहिरो पन्छाउने काम थालेका छन् । नारायणगढतर्फ सेती दोभान क्याम्पमा रहेको एउटा स्काभेटर पनि पठाइएको लामिछानेले बताए । ...
आज यि स्थानमा वर्षा हुने

आज यि स्थानमा वर्षा हुने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ । आज दिउँसो र राति पनि देशभर विभिन्न स्थानमा वर्षा हुने क्रम जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम महाशाखका अनुसार, आज दिउँसो : कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाड भेगमा साधारणतया बदली रही बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने छ। कोसी प्रदेश र बागमती प्रदेशका केही स्थान, मधेस प्रदेश र गण्डकी प्रदेशका थोरै स्थान तथा देशका बाँकी भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। आज राति : कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहने छ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी पहाड भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।मौसम महाशाखाले यहाँ ‘दिउँसो’ शब्द दिनभर अर्थात् साँझ ६ बजे अघिसम्मको समय र ‘राति’ शब्द रा...
दोब्बर बढ्यो हवाई भाडादर

दोब्बर बढ्यो हवाई भाडादर

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
रुपन्देही दशैंको मौंका छोपेर मुलुकमा आन्तरिक उडान भर्ने वायु सेवा कम्पनीले भाडा बृद्धि गरेपछि सर्वसाधरण मर्कामा परेका छन् । दशैं अगाडि मुलुकभर भारी वर्षा भइरहेको छ । जसले गर्दा राजमार्गमा यात्रा गर्न सहज छैन । बुटवल–नारायणगढ लगायत मुलुकमा प्रमुख राजमार्ग स्तरोन्नतीमा भएको ढिलाईले गाडीबाट यात्रा सहज छैन । यस्तो बेला विकल्पका रुपमा रहेको हवाई यातायात पनि महंगो भएपछि नागरिक मारमा परेका छन् । दशैंको मौंका छोपेर हवाई कम्पनीले भाडा दोब्बर बनाएका छन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले केही दिन अघि भैरहवा–काठमाडौं उडान भर्ने वायु सेवा कम्पनीका स्टेशन म्यानेजर र गौतम बुद्ध विमानस्थलका प्रतिनिधि बोलाएर भाडाका विषयमा छलफल गरेको प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले बताए । ‘मुलुकभित्रै यात्रा सहज नभएका बेला वायु सेवा कम्पनीले अचाक्ली भाडा बढाएका छन्,’ उनले भने, ‘भाडाका विषयका नागरि...
भाटभटेनीका १० हजार कर्मचारी, सवैको जागिर शुनिश्चित

भाटभटेनीका १० हजार कर्मचारी, सवैको जागिर शुनिश्चित

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
बुटवलजेनजी प्रदर्शनका क्रममा भएको नोक्सानीका कारण भाटभटेनीका be १२ वटा स्टोर अझै सञ्चालनमा आउन सकेका छैनन्। सञ्चालनमा आउन नसकेपनि भाटभटेनीमा कुनै पनि कर्मचारीले जागिर तथा सेवा-सुविधा गुमाउन नपर्ने भाटभटेनी सुपरस्टोरले जनाएको छ। भाटभटेनीमा १० हजार कर्मचारी आबद्ध छन्। अधिकांश भाटभटेनीमा प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगलागी भएसँगै त्यहाँ कर्मचारीको रोजगारी गुम्ने अनुमान लगाइएको थियो। भदौ २४ गतेको प्रदर्शनको क्रममा केन्द्रीय कार्यालयसहित भाटभटेनीका २८ मध्ये १२ वटा सुपरस्टोरमा चोरी डकैतीपछि आगजनी गरी पूर्ण क्षति पुर्‍याइएको थियो। नौ वटामा तोडफोड तथा चोरी डकैती र ७ वटामा क्षति पुगेको थिएन। यसमध्ये अहिले भाटभटेनीले १६ वटा स्टोर पुनः सञ्चालनमा ल्याएको छ भने १२ वटा अहिलेलाई बन्द छन्।भाटभटेनी सुपरस्टोरका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले यो घटनापछि कुनै पनि कर्मचारी नहटाइएक...
जेनजी आन्दोलनमा प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली चल्यो : पूर्व प्रधानमन्त्री ओली

जेनजी आन्दोलनमा प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली चल्यो : पूर्व प्रधानमन्त्री ओली

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलनेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनमा षड्यन्त्रकारीले हिंसा मच्चाएको आरोप लगाएका छन्। संविधान दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै उनले सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हाल्न आदेश नदिएको पनि स्पष्टीकरण दिएका छन्।जेन–जी आन्दोलन उत्कर्षमा पुगेपछि प्रधानमन्त्रीबाट राजीनामा दिएर सैनिक ब्यारेकमा पुगेका ओली नौ दिनपछि हिजो बिहीबार मात्रै डेरामा फर्केका थिए। उनी अहिले भक्तपुरको गुण्डुस्थित डेराको घरमा बसेका छन्। ‘गत साता जेन–जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो– आह्वान कर्ताले भनेझैं। त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरुको ज्यान गयो,’ ओलीको सन्देशमा भनिएको छ, ‘सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन...
आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौँ आज (शुक्रबार) दिउँसो र राति पनि देशभर मौसम बदली तथा विभिन्न स्थानमा वर्षा हुने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणअनुसार, आज दिउँसो : देशभर साधारणतया बदली (आकाशमा बादल) रहनेछ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाड भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति : कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाड भूभागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने छ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।मौसम महाशा...