विवाहमा भोज खाएका बेहुला-बेहुलीसहित सबै बिरामी : शिविरमार्फत उपचार सुरु
खोटाङखोटाङको जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङमा विवाह भोज खाएका बेहुला-बेहुलीसहित सबै जना बिरामी भएपछि शिविर राखेर उपचार थालिएको छ। भोज खाएको १२ घन्टापछि सुरुमा ज्वरो आउने, र झाडापखाला लाग्ने समस्या देखिएपछि दिप्लुङकै निगालावासस्थित भञ्ज्याङ निवासी रामकुमार राईको घरमा शिविर राखेर उपचार थालिएको छ।विवाह भोज खाएकाहरूलाई ‘फुडपोइजन’ भएको आशंका गरिएको स्थानीय वीरबल किरातीले जानकारी दिए। यही माघ २१ गते दिप्लुङमा आयोजित विवाह भोज खाएका स्थानीयवासी माघ २२ गते बेलुकादेखि बिरामी पर्न थालेका थिए। बिरामी परेका स्थानीयको उपचारका लागि गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी टिम, स्वास्थ्य कार्यालय खोटाङ र जनप्रतिनिधिको टोली खटिएका छन्।विवाह भोज खाएका बिरामीको अधिक चाप बढेपछि स्वास्थ्य कार्यालयबाट पनि औषधिसहितको जनशक्ति मगाइएको गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिए। स्वास्थ्यमा समस्या आएका स...







