Breaking news 2

नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँनेपाल र भारत सरकारबीच जैविक विविधता संरक्षणसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।नेपालका वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाई तथा भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भुपेन्द्र यादवको समुपस्थितिमा सो समझदारी पत्रमा बुधबार नयाँदिल्लीमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपालका तर्फबाट भारतका लागि नेपाली राजदुत डा. शंकरप्रसाद शर्मा र भारतका तर्फबाट वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयका सचिव तन्मय कुमारले हस्ताक्षर गरेका थिए । उक्त अवसरमा नेपाल र भारत सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको वन मन्त्रालयका प्रवक्ता डा महेश्वर ढकालले जानकारी दिए । नेपाल र भारत संयुक्त राष्ट्र सङ्घअन्तर्गत जैविक विविधतालगायत विभिन्न वातावरण संरक्षणसम्बन्धी अन्तरराष्ट्रिय महासन्धिको पक्षराष्ट्र हुन् । दुवै राष्ट्रको सीमा जोडिएको क्षेत्रमा संरक्षित क्षेत्र र जैव...
रुपन्देहीका पाँचै क्षेत्रमा एमाले पहिलो रहेको सचिव विश्वकर्मा नेतृत्वको अनुगमनको निचोड, उम्मेदवारमा आत्मविश्वास बढ्दै

रुपन्देहीका पाँचै क्षेत्रमा एमाले पहिलो रहेको सचिव विश्वकर्मा नेतृत्वको अनुगमनको निचोड, उम्मेदवारमा आत्मविश्वास बढ्दै

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माको नेतृत्वको टोलीले रुपन्देहीका ५ वटै निर्वाचन क्षेत्रमा अनुगमन गर्दा सबै क्षेत्रमा उम्मेदारहरु जित्ने पूर्णआत्मविश्वासका साथ मैदानमा घटिएको र अहिलेको वातावरणले सबै क्षेत्र जित्ने बलियो आधार बनेको निचोड निकालेको छ ।सचिव विश्वकर्मासँगको टोलीमा रुपन्देहीका पूर्व इन्चार्ज रहेका नेता लिला गिरी, नेता गोपाल भट्टराई र जिल्ला अध्यक्ष यज्ञ गैरेले सबै निर्वाचन क्षेत्रका उम्मेदार, निर्वाचन परिचालन कमिटी र ती क्षेत्रमा रहेका विभिन्न कार्यक्रमसमेतको अवलोकन गरेर उम्मेदारसहित त्यहाँको पार्टी नेतृत्वलाई आगामी रणनीतिबारे निर्देशन गरेको थियो । जिल्ला अध्यक्ष गैरेका अनुसार सबै क्षेत्रका उम्मेदारसँग घरदैलोकै क्रममा प्रत्यक्ष संवाद, निर्वाचन परिचालन कमिटीको नेतृत्वसँग छलफल तथा क्षेत्रीय रुपमा आयोजित घरदैलो, प्रचार र्यालीसहितका कार्यक्रम अनुगमन गरिएको हो ।...
बिष्णु पौडेल बिकास, समन्वय र एकताका सुत्राधार

बिष्णु पौडेल बिकास, समन्वय र एकताका सुत्राधार

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, लेख रचना, शिक्षा, समाचार
टेकराज गौतम२०३३ सालतिर बिष्णु पौडेल कलेज पढ्न भिनाजु गोपीरमण उपाध्यायको घरमा आएका थिए। उपाध्यायको घरमा तत्कालीन कोअर्डिनेशन केन्द्र र मुक्ति मोर्चाको बैठक हुन्थ्यो।जेल बे्रक गरेर भुमिगत हुदै उपाध्यायको घरमा पुगेका प्रदिप नेपालले बुर्जुवा शिक्षा बहिस्कार गरेर राजनीतिमा आउनु पर्छ भनेपछि १७ बर्षिय पौडेल पढाइ छोडेर कम्युनिस्ट आन्दोलनमा होमिएका थिए।माक्र्सबादी दर्शनका ज्ञाता भिनाजु गोपीरमणको प्रेरणा र प्रदिप नेपालको सुझावले बुर्जुवा शिक्षा बहिस्कार गरेका पौडेल नेपाली कम्युनिष्ट आन्दोलनको दोश्रो पुस्तामा निर्विकल्प नेता बनेर उदाएका नेता हुन्।लामो समय लुम्विनी अन्चलका बिभिन्न जिल्लामा भुमिगत भएर काम गरेका पौडेलले २०३७ सालमा मोदनाथ प्रश्रीतहरु संगै भैरहवा जेलब्रेक गरेका थिए। २०३५ देखि २०४६ सम्मको भूमिगत राजनीतिक जीवनमा कैलाश, पवन, जयन्त, कपिल, उमेश, दिव्य, ध्रुव आदि छद्म नामको प्रयोग गरेर ...
मतपेटिका गणनास्थलसम्म पुर्‍याउने जिम्मा नेपाली सेनालाई

मतपेटिका गणनास्थलसम्म पुर्‍याउने जिम्मा नेपाली सेनालाई

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँयसपालि मतदानपछि मतपत्रलाई गणनास्थलसम्म पुर्‍याउने सुरक्षा जिम्मा नेपाली सेनाले पाएको छ । विगतमा मतपत्र ढुवानीको सुरक्षामा प्रहरी र सशस्त्र प्रहरीलाई मात्र परिचालन गरिन्थ्यो । यसपालि ‘असामान्य परिस्थिति’ मा निर्वाचन हुँदै गरेको भन्दै सुरक्षामा सेनाको उपस्थिति र भूमिकालाई बढाइएको निर्वाचन आयोग र गृह मन्त्रालयले जनाएका छन् । २१ फागुनमा हुने निर्वाचनका लागि सुरक्षा संयन्त्रहरू सक्रिय भइसकेका छन् । केन्द्रीय सुरक्षा समितिबाट पारित ‘निर्वाचन एकीकृत सुरक्षा कार्ययोजना–२०८२’ अनुसार सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन प्रहरीलाई देशभर परिचालन गरिएको छ । सेनाका अनुसार करिब ८० हजार सैनिक निर्वाचन सुरक्षामा परिचालन भइसकेका छन् । गृहका अनुसार नेपाल प्रहरीबाट करिब ७१ हजार सुरक्षाकर्मी निर्वाचनमा खटिएका छन् । मतदानस्थलको भित्री सुरक्षा व्यवस्थापन ...
सर्वेक्षणका नाममा जनमत प्रभावित पारिएको भन्दै एमालेको आपत्ति, सामाजिक सञ्जाल नियमन गर्न माग

सर्वेक्षणका नाममा जनमत प्रभावित पारिएको भन्दै एमालेको आपत्ति, सामाजिक सञ्जाल नियमन गर्न माग

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंनेकपा एमालेले मत सर्वेक्षणका नाममा जनमत प्रभावित पारिएको भन्दै आपत्ति जनाएको छ।आज पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरेर प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले निर्वाचन प्रक्रिया संवेदनशील चरणमा प्रवेश गरिसकेको भएपनि मत मत सर्वेक्षणका नाममा जनमत प्रभावित पारिएको भन्दै आपत्ति जनाए।उनले भने, ‘नाममा केही सञ्चारमाध्यमबाट एकपक्षीय समाचार, टिप्पणी तथा अप्रमाणित नतिजा सार्वजनिक गर्ने प्रवृत्ति बढेको छ। सार्वजनिक खपतका लागि सार्वजनिक गरिने यस्ताखाले प्रायोजित एकपक्षीय तथ्याङ्कबाट मतदाताको मनोविज्ञान प्रभावित गर्नसक्ने र जनमतलाई एकतर्फी दिशामा धकेल्ने जोखिम हुन्छ। यी कार्यबाट निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको पालना र अनुगमन, स्वतन्त्र, मर्यादित र व्यावसायिक पत्रकारिताको विश्वसनीयता गुमेको छ।’ निर्वाचनजस्तो संवेदनशील प्रक्रियामा मुलुक अघि बढिरहेको बेला सम्बन्धित निकाय, सञ्चारमाध्...
उद्योग वाणिज्य महासंघको अधिवेशन: हेमराज ढकालले गरे वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा

उद्योग वाणिज्य महासंघको अधिवेशन: हेमराज ढकालले गरे वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंउद्योग व्यवसायीहरूकाे छाता संस्था 'नेपाल उद्योग वाणिज्य महासंघ'मा आगामी नयाँ कार्यसमितिका लागि उम्मेदवारी घोषणा गर्नेक्रम सुरु भएको छ ।महासंघको ६० औं वार्षिक साधारणसभाबाट चयन हुने नयाँ कार्यसमितिका लागि वरिष्ठ उपाध्यक्ष पदमा हेमराज ढकालले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।आगामी चैत २८ गते हुन लागेको निर्वाचनका लागि ढकालले आज एक कार्यक्रमका बीच आफ्नो आधिकारिक प्यानल सार्वजनिक गरेका छन्। सोमबार राजधानीमा आयोजित एक समारोहमा हेमराज ढकालको प्यानलबाट ज्योत्सना श्रेष्ठले उपाध्यक्ष -एसोसिएट, उमेश डालमियाले उपाध्यक्ष-जिल्ला नगर, कल्पना गैरेले उपाध्यक्ष -जिल्ला नगर, नरेश लाल श्रेष्ठले उपाध्यक्ष -वस्तुगत, तथा कमला श्रेष्ठले प्रस्तावित महिला-उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी निर्वाचनमा यो समूहले प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिने तयारी गरेको छ। वरिष्ठ उपाध्यक्ष प...
उपेन्द्र यादवको प्रश्न : मधेशी जनताको अधिकारको लडाई हुँदा बालेन कहाँ थिए ?

उपेन्द्र यादवको प्रश्न : मधेशी जनताको अधिकारको लडाई हुँदा बालेन कहाँ थिए ?

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीजनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताको अधिकारको लडाई हुँदा बालेन्द्र शाह (बालेन) कहाँ हुनुहुन्यो भन्दै प्रश्न गरेका छन्। उनले मधेशको मुद्दामा बालेनको कुनै धारणा नरहेको बताए ।जसपा नेपाल रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन्। ‘राष्ट्रिय राजनीतिमा पनि बालेनको कुनै धारणा सुनिदैन । वैचारिक स्पष्टता छैन, दर्शन के हो थाहा छैन, मुद्दा के हो थाहा छैन, ’उनले भने ।मधेशको मुद्दा बोक्ने, आदिवासी जनजाति, महिला, उत्पीडित वर्ग, महिला र राष्ट्रिय समस्यालाई बोक्ने पार्टी जसपा नेपाल नै उनले दावी गरे । ‘मधेशका जनताले तीनलाई राम्रोसँग बुझेका छन् । त्यसैले घण्टी हल्लाउँदैमा हल्लिनेवाला छैन । अलिकति सोसल मिडियाहरुमा अलि बढी घण्टी बज्या जस्तो छ । तर, यथार्थ ग्राउण्ड रियालिटी त्यस्तो देखिदैन, ’अध्यक्ष यादव...
विष्णु पौडेलको चुनावी अभियान : गाली र विरोध नभई विकास योजनामै केन्द्रित

विष्णु पौडेलको चुनावी अभियान : गाली र विरोध नभई विकास योजनामै केन्द्रित

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देही यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले घरदैलो तथा जनतासँग भोटघाट कार्यक्रमलाई तिब्रता दिएका छन् । नेपाली राजनीतिमा सधै समन्वयकारी भूमिकामा रहने पौडेलले यस पटकको निर्वाचनमा पनि कुनै दल वा राजनीतिक विचारलाई गाली वा विरोध नगरी जनतासँग प्रत्येक्ष प्रभाव पार्ने बिकासका योजनाहरु बारे छलफल गर्दै मतदातासँगको भेटघाटलाई जारी राखेका छन् ।पूर्व उपप्रधान तथा अर्थमन्त्री पौडेलले रुपन्देहीमा अगाडि सारी निर्माण सम्पन्न भएका महत्वपूर्ण बिकास योजनाहरु र निर्माणाधिन योजनाहरु बारेनै उनले जनतासँग अन्तरक्रिया तथा सुझाव संकलनलाई जोड दिएका छन् । उनले गगाडि सारेका योजनाहरु रुपन्देही क्षेत्र नम्बर २ मात्रै नभई सिंगो रुपन्देही र मुलुकलाई नै सकारात्मक प्रभाव पार्न सक्ने खालका छन् ।उनले सार्वजनिक गरेका...
गुल्मीको रेसुङ्गा विमानस्थलमा सातामा तीन पटक उडान हुने

गुल्मीको रेसुङ्गा विमानस्थलमा सातामा तीन पटक उडान हुने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
गुल्मीगुल्मीको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीन पटक मात्र हवाई उडान गरिने भएको छ । नेपाल वायु सेवा निगमले यस अघि गुल्मीमा बिहीबार हुँदै आएको हवाई उडानको तालिकामा परिवर्तन गरेको हो । नेपाल वायु सेवा निगमले यस अघि आइतबार, मङ्गलवार, बिहीबार र शनिवार गरि सातामा चार पटक उडान गर्दै आएको थियो । उडान तालिकामा परिवर्तन गरेसँगै अबदेखि आइतबार, मङ्गलवार र शनिवार गरी सातामा तीन पटक मात्र उडान हुने भएको रेसुङ्गा विमानस्थल गुल्मीका स्टेसन प्रमुख मन थापाले जानकारी दिएका छन् । नेपाल वायुसेवा निगमका हाल तीन वटा मात्र ट्विनअटर जहाज रहेको र उक्त जहाजहरू समय समयमा मर्मत गर्नु पर्ने भएका कारण जहाजको अभावमा केही समयका लागि निगमले यस अघिको नियमित तालिकामा परिवर्तन गरेको थापाले बताए । बर्सादको समय, खराब मौसम र बाक्लो हुसुका कारण बाहेक पछिल्लो तीन महिना गुल्मीको रेसुङ्गा विमानस्थलमा नियमित रूपमा हव...
अहिलेको अवस्थाको निकास एमालेले दिन्छ : एमाले सचिव विश्वकर्मा

अहिलेको अवस्थाको निकास एमालेले दिन्छ : एमाले सचिव विश्वकर्मा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
रुपन्देहीनेकपा एमालेका सचिव छविलाल विश्वकर्माले एमालेले मात्र देशको वर्तमान अवस्थाको निकास दिन सक्ने दावी गरे। उनले एमालेको बहुमतको सरकार बिना देशले निकास पाउन नसक्ने बताए।प्रतिनिधि सभा निर्वाचन अन्र्तगत नेपाल कम्यूनिष्ट पार्टी (एमाले) ओमसतिया गाउँपालिका–१, को प्रचारप्रसार कार्यालय तथा घरदैलो अभियानको उद्घाटन गर्दै उनले देशको वर्तमान अवस्थाको निकासको लागि एमालेका उम्मेदवारले जित्न आवश्यक रहेकोमा जोड दिए।पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य समेत रहेका नेता विश्वकर्माले एमालेको नेतृत्वले क्षेत्रको विकासको लागि महत्वपूर्ण योजना अगाडि सारेको बताए । यसलाई पूर्णता दिनको लागि एमालेले जित्न आवश्यक रहेको उनको भनाइ छ । सचिव विश्वकर्माले एमालेको नेतृत्वले दशगजादेखि पाल्पा जोड्ने गरी योजना अगाडि बढाएको बताए ।सोही अवसरमा बोल्दै एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार दधिराम न्यौपानेले कृषिको विकासले...