Breaking news 2

निकोलस भुसाललाई आज अदालत पेस गरिने

निकोलस भुसाललाई आज अदालत पेस गरिने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
पोखराको सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतभित्र सुतिरहेको तस्वीर खिचेको आरोपमा पक्राउ परेका डा. निकोलस भुसाललाई आज अदालत पेस गरिँदै छ । कास्की प्रहरी प्रमुख एसपी श्याम ओलियाले भुसाललाई आज जिल्ला अदालतमा पेस गरिने जानकारी दिए । उनलाई प्रहरीले साइबर अपराधको असुरमा विहीबार पक्राउ गरेको हो । यसअघि पनि उनी पुस ७ गते पक्राउ परेका थिए । पुस ८ गते पोखरा ल्याएर अदालतमा म्याद थपका लागि उपस्थित गराउँदा न्यायाधीश नारायण दाहालको इजलासले हिरासतबाहिरै राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो । अहिले प्रहरीले अनुसन्धान सकेर प्रमाण भेटाएपछि विहीबार फेरि पक्राउ गरिएको कास्की प्रहरी प्रमुख ओलियाले जानकारी दिए । ‘साइबर अपधारको कसुरमा पक्राउ गरी अदालत पेश गरेका थियौं, अदालतले बाहिरै राखेर अनुसन्धान गर्न भनेको थियो र हामीले...
यी प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने

यी प्रदेशमा वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था छ।  बिहीबार दिउँसो कर्णाली र सुदूरपश्चिम लगायत गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली रहने छ।  कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाका साथै गण्डकी र लुम्बिनीका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।  कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा, गण्डकीका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भ...
उधारो नतिर्नेलाई सरकारी छुट नदिन सुझाव

उधारो नतिर्नेलाई सरकारी छुट नदिन सुझाव

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
देशको खस्कँदो अर्थतन्त्र सुधारका लागि विभिन्न उपायहरू अपनाउनुपर्ने आवश्यकता औँल्याएको एउटा उच्चस्तरीय आयोगले उधारो उठाउनेसम्बन्धी छुट्टै कानुन बनाउन पनि सरकारलाई सुझाव दिएको छ। मन्त्रिपरिषद्‌ले गत असोज तेस्रो साता गठन गरेको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले अन्य कैयौँ सुधारात्मक उपायका साथ उधारो उठाउने कानुन बनाउनु पर्ने आवश्यकता औँल्याएको हो। पूर्वअर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा गठन भएको आयोगले गत बुधवार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आफ्नो अन्तरिम प्रतिवेदन बुझाउँदै सरकारले "तत्काल चाल्नुपर्ने सुधारात्मक कदम" सुझाव गरेको छ। उधारोसम्बन्धी कानुन बनाउन सुझाव कोभिड महामारीपछि नेपालमा सानादेखि ठूला सबै व्यवसायीहरू उधारोको मारमा परेको देखिएको खनालले बीबीसीलाई बताए।"यस्तो अवस्थाबाट साना तथा मझौला सबै पीडित भएका छन्। जिल्ला जिल्लामा व्यापारिक उधारो ठूलो समस्या रहेको प...
माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा विपक्षी दलहरूको बैठक

माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा विपक्षी दलहरूको बैठक

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
नेकपा (माओवादी केन्द्र) ले विपक्षी दलहरूको बैठक बोलाएको छ। विपक्षी दलहरूको बैठक अहिले केही बेरमा माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा सुरू हुने एक नेताले जानकारी दिए। माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी लगायत दल विपक्षमा छन्। सरकारले केही दिनअघि जारी गरेको अध्यादेश, संसद बैठक बोलाउन दबाब दिने लगायत समसामयिक विषयमा छलफल गर्न विपक्षी दलहरू बस्न लागेका हुन्। ...
चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौं चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको अर्थ मन्त्रालयले जनाएको छ । यो गत आर्थिक वर्षको तुलनामा ६३ अर्ब बढी हो ।प्रतिशतका आधारमा १३  प्रतिशत वृद्धि हो । गत आर्थिक वर्षको पुस मसान्तसम्म ४ खर्ब ९६ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो ।चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य छ । मन्त्रालयका अनुसार आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा विविध प्राप्तिसमेत गरी ५ खर्ब ६७ अर्ब राजस्व संकलन भएको छ । जुन कुल वार्षिक लक्ष्यको ४० प्रतिशत हो ।चालु आर्थिक वर्षको ६ महिनामा ६ खर्ब ७२ अर्ब राजस्व संकलन गर्ने लक्ष्य थियो । अहिले संकलन भएको राजस्व लक्ष्यको ८४ प्रतिशत हो । पुस महिनामा मात्रै १ खर्ब ६० अर्ब राजस्व संकलन भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतको तुलनामा राजस्व संकलन बढी हुनु सकारात्मक भ...
आज देखि बुटवल खाना महोत्सव सुरु

आज देखि बुटवल खाना महोत्सव सुरु

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
खिम खड्का२९ पौष,बुटवल । आज देखि होटल तथा रेष्टुरेण्ट व्यावशायी संघ रुपन्देहीको आयोजनामा "अतिथि देवो भव"नेपाली मौलिक कला संस्कृति रैथाने खानाका परीकाहरु हाम्रो सान,शहरदेखि गाउँसम्मको पर्यटन प्रवर्द्धन र बिकास हाम्रो अभियान ! भन्ने मुल नाराका साथ बुटवल खाना महोत्सवको सुरु भएको छ ।पौष २९ ( आज ) देखि माघ २ गते सम्म ३ दिन बुटवल ७ दिपनगर स्थित शिद्वेश्वर लालकुमारी मा.बि.को खेलमैदानमा हुन गइरहेको बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ मा विविध सांस्कृतिक कार्यक्रमका साथ स्वादेशी स्थानीय रैथाने खानाका तथा बिदेशी खानाका परीकारहरु सहितको प्रदर्शनी गरीने संस्थाका महासचिव अर्जुन थापाले बताए ।बुटवल खाना महोत्सव तथा माघेसक्रान्ती मेला २०८१ मा पौष २९ गते (आज) जनचेतना र्‍याली बिहान ११:०० बजे सिद्धेश्वर लालकुमारी मा.बि.को खेल मैदानमा हुनेछ ।अध्यक्ष लेखनाथ भण्डारीका अनुसार साँझ ७:०० बजे देखि रा...
आजदेखि स्वस्थानी व्रतकथा सुरु, यस्तो छ महिमा

आजदेखि स्वस्थानी व्रतकथा सुरु, यस्तो छ महिमा

Breaking news 2
काठमाडाैं हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना साेमबार (आज)देखि सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनकाे कथा भने र सुने चिताएकाे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। यसै अवसरमा महिनाभार काठमाडाैँकाे साँखुस्थित शालीनदीमा ठूलो मेला समेत लाग्ने गर्दछ।  यस्तो छ स्वस्थानीको महिमा माता पार्वतीले श्रीस्वस्थानी परमेश्वरीको व्रत बसेको प्रभावले महादेव पति पाएको र संसारमा दुःखीहरूको उद्धार गर्न महादेवको स्वीकृति लिएर उनी रसातल, पाताल र मत्र्यलोकमा स्वस्थानीबारे प्रचार गर्न गएको व्रतकथामा उल्लेख छ। उसै त कथा, त्यसमाथि देवीदेवताका लीलासँग प्रसङ्ग जोडिएको ...
कुलमानले मन्त्रालयलाई स्पष्टीकरण बुझाए

कुलमानले मन्त्रालयलाई स्पष्टीकरण बुझाए

Breaking news 2
काठमाडौँ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा स्पष्टीकरण पेस गरेका छन् ।  मन्त्रालयले ९ बुँदे स्पष्टीकरण सोधेको थियो । जवाफमा घिसिङले मन्त्रालयले लगाएका सबै आरोपको खण्डन गरेका छन् । आफू चार वर्षका लागि मन्त्रिपरिषद‍्बाट नियुक्त भएको र कार्यसम्पादन उत्कृष्ट रहेको घिसिङको जवाफ छ ।  स्पष्टीकरणमा ‘नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८।०४।२५ को निर्णयबमोजिम नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षको कार्य अवधिका लागि मेरो नियुक्ति भएकोमा संस्थागत हित र उल्लेख्य कार्य प्रगति भइरहेको अवस्था एवम् माथि उल्लिखित तथ्य, आधार र विवेचना समेतका आधारमा त्यहाँको पत्रमा उल्लेख भएबमोजिम नियुक्ति अन्त्य गर्ने सम्बन्धी कुनै पनि कारबाही तथा निर्णय गर्ने अधिकार अन्यमा नरहेको ब्यहोरा अनुरोध छ,’ भनिएको छ । मन्त्रालय...
हिमाली भेगका धेरै ठाउँमा हिमपात, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

हिमाली भेगका धेरै ठाउँमा हिमपात, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, माैसम, समाचार
 काठमाडौं सुदूरपश्चिम, कर्णाली, बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रका धेरै ठाउँहरुमा आज हल्का हिउँ पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार सुदूरपश्चिम, लुम्बिनी र बागमती प्रदेशका पहाडी र तराई भूभागका थोरै ठाउँहरुमा हल्का पानी पर्ने सम्भावना छ । कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई ठाउँहरुमा पनि हल्का पानी पर्ने पूर्वानुमान छ । बाँकी भूभागमा आंशिकदेखि साधारणसभा बादल लागी एक–दुई स्थानमा मात्र छिटपुट वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । मौसमविद निर्मला रेग्मीका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले हिउँ र पानी पर्ने भएको हो । यो प्रणालीको प्रभावले पुस २७ गते शनिबार रातिदेखि पश्चिम तिरबाट बादल लाग्न सुरु गरेको थियो । २७ गते राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही ठाउँहरुमा हल्का हिउँ समेत परेको छ । स...
दुम्कीबासमा पुल भासिएपछि वैकल्पिक मार्गबाट सवारी सञ्चालनमा

दुम्कीबासमा पुल भासिएपछि वैकल्पिक मार्गबाट सवारी सञ्चालनमा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
बुटवल पूर्व-पश्चिम राजमार्ग अन्तरगत नवलपुरको दुम्कीबासमा पुल भासिँदा अवरुद्ध सडक डाइभर्सन निर्माणपछि आंशिक सञ्चालनमा आएको छ । शुक्रबार साँझ करिब ५ बजेको समयमा पुल भासिएपछि पूर्व–पश्चिम यातायात अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि बीचमै अलपत्र परेका यात्रु तथा सवारी साधनलाई गन्तव्यतर्फ पठाउन डाइभर्सन निर्माण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । डाइभर्सन निर्माणसँगै साँझ करिब ७ बजेदेखि ठूला तथा साना सवारीका साधन चल्न सक्ने भएका हुन् । डाइभर्सनलाई थप सहज बनाउनका लागि थप निर्माण कार्य भने जारी रहेको छ । पुल भासिएपछि भारतीय मालबहाक ट्रकको ओभरलोडका कारण पुल भासिएको भन्दै सर्वत्र आलोचना भएका छन् । नेपालका ढुवानी व्यवसायी तथा विभिन्न संघ-संस्थाहरुले भारतीय मालबहाक ट्रकहरु सडक क्षमताभन्दा ओभरलोड हुने गरेको भन्दै नियन्त्रण गर्नुपर्ने आवाज उठाउँदै आएका छन् ।...