Breaking news 1

संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, भरोसा दिनुपर्छ : प्रधानमन्त्री

संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, भरोसा दिनुपर्छ : प्रधानमन्त्री

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, माैसम, राजनीति, विदेश, विविध, शिक्षा, समाचार, समाज
काठमाडौँप्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा संकट परेको बेलामा देशको नेतृत्वले हिम्मत, आड र भरोसा दिनुपर्ने बताए । उनले भोटेकोशी बाढीले सिंगो नेपालमाथि परेको साझा बज्रपात भएको बताए । प्रतिनिधिसभाको बुधबारको बैठकमा भोटेकोशी बाढीबारे जानकारी दिने क्रममा प्रधानमन्त्रीले उक्त धारणा राखेका हुन् । उनले भने, 'संकटको यो घडीमा देशको नेतृत्वले आँसु होइन, हिम्मत, आड, भरोसा दिनुपर्छ भन्ने यथार्थलाई हामीले स्वीकारेका छौं ।' प्रधानमन्त्री शाहले भोटेकोशी बाढीले तीन जिल्ला मात्र प्रभावित नबनी सिंगो देश नै पीडित बनेको बताए । 'यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्र हैन । यो सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो,' उनले भने, 'तर, यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन । मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन ।'सरकारले दृढ संकल्पका साथ यो विपदसँग लड्ने प्रधानमन्त्रीको ...
भोटेकोशी बाढी : हालसम्म १ हजार ५६ जनाको शव फेला

भोटेकोशी बाढी : हालसम्म १ हजार ५६ जनाको शव फेला

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार दिउँसो २ बजे म्म १ हजार ५६ जनाको शव फेला परेको छ ।जसमध्ये रसुवामा ३८ जना, नुवाकोटमा १ सय ५१ जना, धादिङमा ५७ जना, चितवनमा ३२१ जना, गोरखामा ६५ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २१६ जना, नवलपरासी पश्‍चिम १६५ जना र भारतमा ५ जना गरी १ हजार ५६ जनाको शव फेला परेको हो । फेला परेको शवहरू मध्ये ९७२ को लाशजाँच मुचुल्का सम्पन्न भएको छ भने ५८ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको नेपाल प्रहरीले जानकारी दिएको छ । त्यस्तै, फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १२१ महिला, १९८ पुरूष र ३६५ नखुलेको गरी जम्मा ६८४ वटा शव व्यवस्थापन (माटो मुनि गाडिएको) गरिएको र पहिचान नभएको ८६९ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको जानकारी प्रहरीले दिएको छ । बाढी प्रभावित क्षेत्रम...
भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

भोटेकोशी बाढीको सातौँ दिन खोज, उद्धार र राहत वितरणको काम चल्दै

Breaking news 1, ताजा अपडेट, माैसम, विविध, समाचार, स्थानीय
काठमाण्डौ - रसुवाको भोटेकोशी बाढीको सातौँ दिन आज पनि खोज, उद्धार र राहत वितरणको काम भइरहेको छ ।  रसुवा र नुवाकोटको जलविद्युत् परियोजनाको सुरुङमा फसेकाहरूको उद्धार प्रयास भइरहे पनि अझै सफलता मिलिसकेको छैन । पाँच सय भन्दा धेरै सुरुङमा फसेको आशङ्कामा निकाल्ने प्रयास भइरहेको छ ।  बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार ११ हजार ३७९ जनाको उद्धार भएको हो । तीन हजार ९२५ व्यक्ति सम्पर्कविहीन रहेका छन् ।  सबैभन्दा धेरै जलविद्युत आयोजनाबाट ६३९ जना सम्पर्कविहीन भएका प्राधिकरणले जनाएको छ । अहिलेसम्म ९३९ जनाको शव भेटिएको छ । रसुवामा २३, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १६८, तनहुँमा ३८ र चितवनमा २७९ जनाको...
भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

भारततर्फ शव भेटिने क्रम जारी, शवको संख्या १३ पुग्यो, रसुवा बाढीले बगाएको हुन सक्ने आशंका

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौंनेपालमा आएको बाढीका कारण उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा शव भेटिने क्रम जारी छ। कुशीनगर प्रशासनका अनुसार हालसम्म नदीबाट १३ वटा अज्ञात शव फेला परेको छ । फेला परेको शवमध्ये ६ जना पुरुष र ७ जना महिला छन्।नदीमा फेला परेको शवमध्ये ६ वटा शव कुशीनगर मेडिकल कलेजको शवगृहमा राखिएको छ भने शवगृहमा ठाउँको अभाव भएपछि बाँकी ७ वटा शवलाई गोरखपुरस्थित एम्स पठाइएको प्रशासनले जनाएको छ।नदीमा अझै शव भेटिन सक्ने आशंकामा एसडीआरएफ र एनडीआरएफका टोलीले नारायणी नदीमा निरन्तर खोजी तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन् ।कुशीनगरकी प्रभारी जिल्ला अधिकारी तथा प्रमुख विकास अधिकारी (सीडीओ) वन्दिता श्रीवास्तवले दिएको जानकारीअनुसार शवसम्बन्धी निर्धारित कानुनी प्रक्रियाअनुसार आवश्यक सबै काम भइरहेको छ।उनका अनुसार कुशीनगर जिल्ला प्रशासनले नेपालका सम्बन्धित अधिकारीसँग सम्पर्क गरिरहेको छ। ...
४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

४३ अंक घट्यो सेयर बजार, बाढीपछि ३ समूह दबाबमा

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंसाताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३ दशमलव ८९ अंक घटेको छ । यो कमीपछि नेप्से परिसूचक २५१३ अंकमा कायम भएको छ । कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ३ अर्ब ७८ करोडको कारोबार भएकोमा आज ३ अर्ब ६४ करोडको भयो । बजार खुलेपछि दिनभर रातो रह्यो । जम्मा २१ कम्पनीको मूल्य बढ्दा २५३ को घट्यो भने ४ को स्थिर रह्यो ।गत बुधबार गएको भीषण बाढीपछि बजारमा लगातारजसो तीन समूहमा उच्च दबाब परिरहेको छ । यस्तो दबाब पर्ने क्रम आज पनि जारी रह्यो । निर्जीवन बीमा सबैभन्दा धेरै ५.०३ प्रतिशत घट्यो । त्यस्तै अन्य समूह ३ दशमलव ३० र जलविद्युत् समूह २ दशमलव ९४ प्रतिशत घटे । बाढीपछि यी तीन समूह नै बजारमा अत्याधिक दबाबमा परिरहेका छन् ।बाढीका कारण एक दर्जन बढी जलविद्युत् आयोजना अत्याधिक प्रभावित भएका छन् । त्यस्तै सवारीसाधन, घर, जलविद्युत् आयोजनाको बीमा रकम भुक्तानी गर्नुपर्ने भएपछि निर्जीवन बीमा र अन्य...
आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा ? 

आज यी ठाउँमा भारी वर्षाको सम्भावना, कहाँ हुँदैछ धेरै भारी वर्षा ? 

Breaking news 1, जीवनशैली, ताजा अपडेट, माैसम, समाचार
१५ भदौ, वकाठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर साधारणतया बादल लाग्नेछ । देशका पहाडी भू-भाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।यस्तै, देशको हिमाली र पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानमा तथा मधेश प्रदेश साथै कोशी प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । राति पनि देशभर साधारणतया बादल लाग्नेछ । कोशी प्रदेशको हिमाली, पहाडी र तराई भू-भाग तथा बागमती प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्...
विपत्ति र क्षति न्यूनीकरण

विपत्ति र क्षति न्यूनीकरण

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, लेख रचना, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय
श्रीराम ज्ञवालीमानव जीवन, धनजन, समाज र वातावरणमा अपूर्णनिय क्षति पुर्‍याउने, सामान्य जनजीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउने र स्थानीय स्रोत-साधनले मात्र नियन्त्रण गर्न नसकिने आकस्मिक वा क्रमिक संकटपूर्ण अवस्था नै विपत्ति हो। विपत्ति आफैंमा एउटा ठूलो चुनौती हो, जसले विकासका कार्यहरूलाई वर्षौं पछाडि धकेलिदिन्छ। नेपाल जस्तो भौगोलिक रूपमा विविधता र जोखिमयुक्त देशका लागि विपत्ति व्यवस्थापन एक संवेदनशील र महत्त्वपूर्ण विषय हो।विपत्तिलाई मुख्यतया दुई भागमा वर्गीकरण गर्न सकिन्छ।प्राकृतिक विपत्ति र मानव–सिर्जित विपत्तिप्रकृतिको चक्र, भौगोलिक बनावट र मौसमी परिवर्तनका कारण सिर्जना हुने विपत्तिहरू यस अन्तर्गत पर्दछन्। यिनलाई पूर्ण रूपमा रोक्न असम्भव प्रायः हुन्छ । भूकम्प पृथ्वीको भित्री प्लेटहरू हलचल हुँदा आउने कम्पन ।बाढी र पहिरो अत्यधिक वर्षाका कारण नदीनाला थुनिनु र भिरालो जमिन बगेर जानु ,लामो...
बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुग्यो, झण्डै २५ सयजना सम्पर्कविहीन

Breaking news 1, जीवनशैली, ताजा अपडेट, माैसम, विविध, समाचार, स्थानीय
काठमाण्डौ – रसुवाको भोटेकोशी नदीमा गएको बुधबार आएको बाढीमा ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।  अझै दुई हजार ४९८ जना सम्पर्कविहीन रहेका राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार अहिलेसम्म नदी किनारमा ६७५ जनाको शव भेटिएको छ । सबैभन्दा बढी चितवनमा २४६ जनाको शव भेटिएको प्राधिकरणले जनाएको छ । यसैगरी रसुवामा १३, नुवाकोटमा ५१, धादिङमा ४५, गोरखामा ५७, नवलपरासी पूर्वमा १६५, नवलपरासी पश्चिममा ६३ र तनहुँमा ३५ जनाको शव भेटिएको छ । दुई हजार ४९८ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । सबैभन्दा बढी जलविद्युत् आयोजनामा कार्यरत ९३३ जना सम्पर्कविहीन छन् । उनीहरूको खोजी भैरहेको प्राधिकरणले जनाएको छ । अहिलेसम्म ७ हजार ५१४ जनाको उद्धार भएको छ । जलविद्युतको सुरुङबाट २७९ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । ...
शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

शव गाड्ने निर्णय किन गरियो ? आफन्तले कसरी पाउँछन् ? विस्तृतमा

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाडौंरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण हालसम्म मृत्यु हुने संख्या ६ सय नाघिसकेको छ । अधिकांश शवको पहिचान हुन सकेको छैन । बुधबार बाढीले बगाएका शव अत्याधिक गर्मीका कारण सड्न थालिसकेका छन् । प्रहरीका अनुसार हालसम्म रसुवामा १३, धदिङमा ४९, गोरखामा ५४, नवलपरासी पूर्वमा १५८ शव फेला परिसकेका छन् ।यस्तै नुवाकोटमा ४१, चितवनमा २३३, तनहुँमा ३१ र नवलपरासी पश्चिममा ४७ शव फेला परेका छन् । बाटो नभएका कारण मृतकका आफन्त शव खोज्न जान सकिरहेका छैनन् ।सडेर शवबाट दुर्गन्ध फैलिन थालेपछि संक्रमण तथा महामारीको जोखिमलाई मध्यनजर गर्दै शव जमिनमा गाड्ने निर्णय सरकारले गरेको छ । शव गाड्ने प्रक्रिया कस्तो हुन्छ ? कसरी पहिचान सुरक्षित राखिन्छ ? किन जमिनमै शव गाड्नुपर्ने अवस्था आयो ? आफन्त शव लिन आएको अवस्थामा कसरी दिइन्छ भन्ने विषयमा तयार गरेको जिज्ञासा र जवाफ :अहिले सबैभन्दा बढी शव चितवनमा फेला पर...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, समाज, स्थानीय
काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ४०, गोरखामा ४६, नवलपरासी पूर्वमा १५४, नवलपरासी पश्चिममा २७, तनहुँमा ३० र चितवनमा २३३ जनाको शव फेला परेको हो । अहिलेसम्म १२९ विदेशी नागरिकसहित चार हजार ४५१ जनाको उद्धार गरिएको छ । त्यसमध्ये जलविद्युतको सुरुङबाट १९१ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ । त्यस्तै बाढीमा परेर १ हजार ९२४ जना सम्पर्कविहीन छन् । नेपाल प्रहरीका २७, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका १५ जना सम्पर्कविहीन छन् । ५१७ जना विदेशी नागरिक पनि सम्पर्कमा छैनन् । ९५ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भैरहेको छ । खोज तथा उद्धारको लागि ...