Breaking news 1

४ खर्ब ३० अर्बको नेपाली नोट छाप्न चिनियाँ कम्पनीले पायो ठेक्का

४ खर्ब ३० अर्बको नेपाली नोट छाप्न चिनियाँ कम्पनीले पायो ठेक्का

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, विदेश, विविध, शिक्षा, समाचार
काठमाडौँ४ खर्ब ३० अर्ब बराबरको नोट छाप्न चिनियाँ कम्पनीले ठेक्का पाएको छ ।नेपाल राष्ट्र बैंकले १६।९८५ मिलियन अमेरिकी डलर (अहिलेको विनिमय दर अनुसार २ अर्ब ३९ करोड रुपैयाँ) लागतमा सो बराबरको नोट छाप्न चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन बेइजिङलाई जिम्मा दिने निर्णय गरेको हो ।यसअनुसार एक हजार दरको नोट छाप्न अहिलेको विनिमय दर अनुसार ५ रुपैयाँ ५६ पैसा लाग्ने देखिएको छ । यस अन्तर्गत १ हजार रुपैयाँ दरका ४३ करोड थान नोट छपाई हुनेछ । यसका लागि राष्ट्र बैंकले गत भदौ १० गते बोलपत्र आह्वान गरेको थियो ।तोकिएको समयमा बोलपत्रमा सहभागी भएका सारभूत रुपमा प्रभावग्राही बोलपत्रदाता मध्येबाट उक्त छनोट गरिएको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । ...
राष्ट्रपतिले दिए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी नगर्ने संकेत

राष्ट्रपतिले दिए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी नगर्ने संकेत

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौंसरकारले निर्वाचन आयोग लगागतका संवैधानिक नियुक्तिको बाटो खोल्न गत मंसिर २ गते संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन अध्यादेश राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको थियो । जुन अध्यादेश राष्ट्रपतिले अब जारी नगर्ने संकेत दिएका छन् । राष्ट्रपतिबाट अध्यादेश जारी नभए निर्वाचन आयोग लगायतका संवैधानिक नियुक्तिहरू चुनाव अघि हुने छैनन् ।संविधान भन्दा प्रतिकूल खालको अध्यादेश आएपछि अध्ययनको क्रममा रहेका राष्ट्रपतिले अब यही ब्योहोराको अध्यादेश जारी गर्न नसक्ने अनौपचारिक संकेत सरकारलाई दिएका छन् ।संवैधानिक परिषद् अध्यादेशसँगै राष्ट्रपति कहाँ पुगेको नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश भने ५ मंसिरमै जारी भइसकेको छ ।तर संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन अध्यादेश राष्ट्रपति कार्यालयमा अध्ययनमै भन्दै राखेको छ । ‘यति दिनसम्म जारी नभएपछि यसको अर्थ बुझ्नुपर्छ अब अध्यादेश जारी हुँ...
नेपाल-बंगलादेश ऊर्जा सहमति: २० मेगावाट थप विद्युत् निर्यात हुने

नेपाल-बंगलादेश ऊर्जा सहमति: २० मेगावाट थप विद्युत् निर्यात हुने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँनेपालबाट बंगलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ । अहिलेसम्म ४० मेगावाट विद्युत् निर्यात भइरहेको थियो । बिहीबार ढाकामा बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ७औं बैठकमा यो सहमति जुटेको हो । बैठकमा नेपालको तर्फबाट ऊर्जा सचिव चीरञ्जीवी चटौत र बंगलादेशको ऊर्जा सचिव फर्जना ममताजले नेतृत्व गरेका थिए। बैठकमा सुनकोशी ३ जलविद्युत् आयोजनाको लगानी प्रक्रियामा अगाडि बढाउन बंगलादेशले आयोजना मूल्यांकनका लागि विशेषज्ञ समिति गठन गर्ने र जेभीए छिटो टुंग्याउने सहमति समेत भएको छ । नेपालबाट भारतीय ग्रिड हुँदै बंगलादेशको बरापुकारण, पञ्चगढ/ठाकुर गाउँ, भेरामारा र कोमिल्लासम्म विद्युत् निर्यात सम्भावनाको अध्ययन गर्ने सहमति पनि भएको छ। नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता प्रवर्द्धनसम्बन्धी समझदारीपत्रमा आ-आफ्नो आन्तरिक प्रक्रिया पूरा गरी हस्ताक्षर ...
आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै, साढे २६ लाख नागरिक आवद्ध

आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै, साढे २६ लाख नागरिक आवद्ध

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौं‘सामाजिक सुरक्षा : सर्वव्यापी स्वस्थ्य सेवाको पहुँच, पेन्सनयोग्य समाज र उत्पादकत्व अभिवृद्धिसहित नागरिक जीवनको रक्षा’ भन्ने नाराका साथ आज आठौँ सामाजिक सुरक्षा दिवस मनाइँदै छ । ‘असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार’लाई मूल मन्त्र मानेर आठ वर्षअघि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको घोषणा गरिएको दिनको सम्झनामा आज दिवस मनाउन लागिएको हो । प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यतामा आज सिंहदरबास्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष समारोह आयोजना गरिँदै छ । नेपालको संविधानमा उल्लिखित सामाजिक सुरक्षासम्बन्धी मौलिक हकलाई कार्यान्वयन गर्न सरकारले २०७५ मङ्सिर ११ गते योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको औपचारिक घोषणा गरेको थियो । श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुनिश्चित तथा योगदानकर्तालाई सामाजिक सुरक्षा प्रदान गर्ने...
अध्ययन भिसामा नेपाल आएका विदेशी नागरिकमाथि अध्यागमनको निगरानी

अध्ययन भिसामा नेपाल आएका विदेशी नागरिकमाथि अध्यागमनको निगरानी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमान्डौ नेपालमा अध्ययन भिसामा प्रवेश गरेका केही विदेशी नागरिकहरूले भिसा उद्देश्य विपरीत बस्ने गतिविधि गरेको पाइएको भन्दै अध्यागमन विभागले विशेष निगरानी अघि बढाएको छ । अध्यागमन विभागका निर्देशक एवं सूचना अधिकारी टिकाराम ढकालका अनुसार, अध्ययन भिसामा नेपाल आएका विदेशी नागरिकहरूले केही कानुन उल्लङ्घन गर्ने गतिविधिमा संलग्न रहेको र अध्ययन भिसाका लागि सिफारिससमेत पाएको खुल्न आएको छ । त्यसैगरी, केही विदेशी नागरिकहरूले नियमित कक्षामा सहभागी नभएको, अध्ययन भिसाको अवधि थप गर्न नक्कली कागजात पेश गरेको र कोर्स पूरा भए पनि शैक्षिक प्रमाणपत्र पेश नगरेको तथ्यसमेत पाइएको ढकालले बताए ।अध्यागमन विभागले शैक्षिक संस्थाहरुलाई त्यस्ता व्यक्तिहरूलाई अध्ययन भिसाका लागि सिफारिस नगर्न स्पष्ट निर्देशन जारी गरेको छ । साथै, केही विदेशी नागरिक गैरकानूनी गतिविधिमा समेत संलग्न पाइएपछि त्यसको सूचना प्रहरी त...
नेपाल सरकारको सार्वजनिक ऋण २७ खर्ब २९ अर्बभन्दा बढी

नेपाल सरकारको सार्वजनिक ऋण २७ खर्ब २९ अर्बभन्दा बढी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंकार्तिकसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब ४१ करोड पुगेको छ ।सार्बजनिक ऋण व्यवस्थापन कार्यालयले जारी गरेको कार्तिक मसान्तसम्मको ऋण प्रतिवेदन अनुसार सार्वजनिक ऋणमध्ये आन्तरिक १२ खर्ब ७५ अर्ब ९६ करोड र बाहृय १४ खर्ब ५३ अर्ब ४५ करोड रहेको छ । गत असार मसान्तको तुलनामा कार्तिक मसान्तसम्म तिर्न बाँकी सार्वजनिक ऋण ५५ अर्ब ३६ करोड थपिएको प्रतिवेदनमा उल्लेख छ । गत असारसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो ।यो सार्बजनिक ऋण नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपातमा ४४.६९ प्रतिशत हो ।चालु आर्थिक बर्षमा जम्मा ५ खर्ब ९५ अर्ब सार्बजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा चार महिनामा एक खर्ब ३८ अर्ब ७५ करोड ऋण प्राप्त भएको छ । बार्षिक लक्ष्यको तुलनामा कुल सार्बजनिक ऋण प्राप्ति २३.२९ प्रतिशत रहेको छ । गएको चार महिनामा १ खर्ब ३८ अर्ब ७५ करोड ऋण प्...
आज विवाह पञ्चमी पर्व, जनकपुरमा सीता-रामको विवाह महोत्सव

आज विवाह पञ्चमी पर्व, जनकपुरमा सीता-रामको विवाह महोत्सव

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज राम सीताको पूजा आराधना गरी विवाहपञ्चमी पर्व मनाइँदैछ। आज मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह महोत्सव विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरे अनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन्। त्रेता युगमा मिथिलाका राजा जनकले आफ्नी छोरी सीताको स्वयंवरका लागि राखिएको शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा छोरा रामले तीन टुक्रा पार्नुभयो । शिव धनुषलाई भाँचेपछि मार्गशीर्ष शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो। रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवताको उपस्थिति रहेको विश्वास गरिन्छ । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्...
थुनामुक्त भए दुर्गा प्रसाईं

थुनामुक्त भए दुर्गा प्रसाईं

Breaking news 1, ताजा अपडेट, स्थानीय
७ मंसिर, काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईं थुनामुक्त भएका छन् । सर्वोच्च अदालतले प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएपछि उनी छुटेका हुन् ।प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै सर्वोच्चले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो । सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आइतबार प्रसाईंलाई हिरासत मुक्त गर्न आदेश दिएको थियो । ...
दुर्गा प्रसाईं नेतृत्वको समूहसँग वार्ता : विरोधका सबै कार्यक्रम फिर्ता

दुर्गा प्रसाईं नेतृत्वको समूहसँग वार्ता : विरोधका सबै कार्यक्रम फिर्ता

Breaking news 1, ताजा अपडेट, समाचार
काठमाण्डौ – सरकार र दुर्गा प्रसाईं नेतृत्वको समूहबीच वार्तापछि विरोधका सबै कार्यक्रम फिर्ता भएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आजदेखि गर्ने भनिएको विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता भएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको वार्तापछि समूहले विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता लिएको जनाएको छ । सहमतिपत्रमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र समूहको तर्फबाट सचिव प्रेमदीप लिम्बूले हस्ताक्षर गर्नुभएको छ । उनीहरुले वार्तामा उठाएका २७ बुँदे मागका सन्दर्भमा विस्तृत छलफल भएको र निरन्तर छलफल, वार्ता तथा सहजीकरण गर्दै जाने सहमति भएको विज्ञप्तिमा उल्लेख छ । ...
राष्ट्र बैंकले तीन अर्ब ७६ करोड रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

राष्ट्र बैंकले तीन अर्ब ७६ करोड रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने

Breaking news 1, ताजा अपडेट, समाचार
काठमाण्डौ – नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ७६ करोड रुपैयाँ बराबरको रकम बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैङ्कले सूचना निकालेर आफूले लिन चाहेको रकम र रकम लिनका लागि प्रस्ताव गरिएको व्याजदरसमेत उल्लेख गरी यही पर्सि सोमवार बेलुकी ७ बजेभित्र आवेदन दिन आग्रह गरेको छ । राष्ट्र बैंकका अनुसार रकम एक वर्षका लागि लगानी गर्न लागिएको हो । ‘क’ वर्गको वाणिज्य बैङ्कमा  तीन अर्ब ८० लाख, ‘ख’ वर्गका विकास बैङ्कमा  ५६ करोड ४० लाख र ‘ग’ वर्गका वित्त कम्पनीमा १८ करोड ८० लाख रुपैयाँ बराबर लगानी हुनेछ । बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, केन्द्रीय बैङ्कबाट तोकिएको न्यूनतम कूल पूँजीकोष कायम गरेको र निष्क्रिय कर्जा कूल कर्जा सापटीको आठ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात तीन प्रतिशत ननाघेको हुनुपर्नेलगायतका ...