Breaking news 1

निर्वाचनको लागि ८१ दिन बाँकीः राजनीतिक दलको चुनाव केन्द्रित गतिविधि बढ्यो

निर्वाचनको लागि ८१ दिन बाँकीः राजनीतिक दलको चुनाव केन्द्रित गतिविधि बढ्यो

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रतिनिधिसभाको निर्वाचन आउन अब मात्र ८१ दिन बाँकी छ। निर्वाचन आयोगले निर्वाचनका लागि आवश्यक तयारी गरिरहेको छ। आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको दल दर्ताको प्रक्रिया सकाइसकेको छ। सरकारले पनि निर्वाचनका लागि आवश्यक तयारी तथा सहजीकरण गरिसकेको छ। राजनीतिक दलहरूले पनि निर्वाचनका गतिविधि अगाडि बढाएका छन्। मुलुक क्रमशः निर्वाचनको माहोलमा अगाडि बढिरहेको आभास भएको छ। देशव्यापी रूपमा राजनीतिक गतिविधि बढ्न थालेको छ। प्रमुख राजनीतिक दलदेखि नयाँ राजनीतिक दलले पनि देशव्यापी रूपमा निर्वाचन केन्द्रित अभियान सुरु गरिसकेका छन्। नेपाली कांग्रेसले देशव्यापी रूपमा उम्मेदवार छनोट गरी केन्द्रमा पठाउन थालिसकेको छ। सो दलले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको उम्मेदवार छनोट गरिरहेको छ। प्रतिनिधिसभा सदस्यको उम्मेदवारसँगै राष्ट्रियसभाको उम्मेदवारसमेत कांग्रेसले छनोट गरिरहेको छ। उम्मेदवार छनो...
रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश

रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
दीपु पोखरेलकाठमाडौं भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदान आइतबार नेकपा एमालेका लागि केवल महाधिवेशन उद्घाटनस्थल मात्र रहेन, त्यो पार्टीको राजनीतिक पुनरुत्थानको मंच बन्यो। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि जनआक्रोशको केन्द्रमा परेका दलहरूमध्ये पहिलोपटक ठूलो राजनीतिक जमघट गर्न सफल एमालेले त्यसै माध्यमबाट एउटा स्पष्ट सन्देश दियो- राजनीतिक दलहरूको जनाधार कमजोर भएको छैन।जेनजी आन्दोलनपछि रक्षात्मक बनेका दलहरूबीच महाधिवेशन गर्ने साहस एमालेले मात्रै देखायो। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली स्वयं आन्दोलनका क्रममा बालुवाटारबाट हेलिकप्टरमार्फत बाहिरिनुपरेको घटनाले कार्यकर्ता तहमा निराशा फैलिएको थियो। त्यही पृष्ठभूमिमा हजारौं कार्यकर्तालाई एकै स्थानमा उभ्याउनु एमालेका लागि चुनौती थियो। यद्यपि उद्घाटनमा दुई लाख सहभागी उतार्ने दाबी पूरा नभए पनि ५० हजारको उपस्थितिले एमाले नेतृत्वलाई र...
एनपीएलको फाइनलमा आज सुदूरपश्चिम र लुम्बिनी भिड्दै

एनपीएलको फाइनलमा आज सुदूरपश्चिम र लुम्बिनी भिड्दै

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
काठमाडौंनेपाल प्रिमियर लिग (एनपीएल) को आज फाइनल खेल हुदैछ । एनपीएलको दोस्रो संस्करणको फाइनल खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दैछन् । फाइनल खेल आज दिउसो साढे ३ बजेदेखि टियु क्रिकेट मैदान किर्तिपुरमा हुदैछ । सुदूरपश्चिम रोयल्स पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई पराजित गर्दै लगातार दोस्रो पटक फाइनलमा पुगेको हो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको सुदूरपश्चिम समुह चरणको एक मात्र हार अन्तिम खेलमा विराटनगरसँग बेहोरेको थियो । त्यस्तै लुम्बिनीले दोस्रो क्वालिफायरमा विराटनगरलाई नै पराजित गर्दै पहिलो पटक फाइनलमा पुगेको हो ।लुम्बिनीबाट यस सिजनमा कप्तान रोहित पौडेल, डिआर्ची शर्ट, शेर मल्ल, तिलक भण्डारी, रुबेन ट्रम्पेलम्यान, दिलिपनाथ, सन्दीप जोरलगायतका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । लुम्बिनीले लिग चरणमा एक खेल जितेपछि तीन खेल लगातार हार बेहोरेपछि यस सिजनमा पनि गत ...
प्रदीप ज्ञवाली- संकटको सारथि, महासचिवका दाबेदार

प्रदीप ज्ञवाली- संकटको सारथि, महासचिवका दाबेदार

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
विश्वमणि सुवेदीकाठमाडौंढुंगा कठोरताको प्रतीक हो । त्यसको काप फोरेर पिपल उम्रिन्छ र त्यो शीतलताको प्रतीक बन्छ । यस्तै छ, प्रदीप ज्ञवालीको जिन्दगी । कम्युनिष्ट आन्दोलनको कठोर परीक्षामा गुज्रिँदै उम्रिए । र, शालीनताको परिचयबाट प्रख्याति पाए । उनी नेकपा (एमाले) को ११ औँ महाधिवेशनबाट महासचिवको दौडमा छन् ।आजको धर्तीमा मदन भण्डारी र जीवराज आश्रित त छैनन् । तर, यीमध्ये. आश्रितद्वारा राजनीतिमा दीक्षित कोही मान्छे बाँकी छ भने तीमध्येका मुख्य हुन्, प्रदीप ज्ञवाली । गुल्मीको रिडी माविबाट १३ वर्षकै उमेरमा एसएलसी उत्तीर्ण गरेपछि त्यहीँको जनज्योति प्राविमा पढाए । कविता लेखेका थिए । उनी परे लाजका ‘भारी’ । कोही मान्छेले ‘के लेख्दैछौ ?’ भनेर सोधे । ‘केही होइन’ भन्दै थिए । तर, सोध्नेले आफैँ चिहाएर चाल पाए, ‘ए, कविता लेखेका हौ ?’ उनले ‘हैन’ भन्न सकेनन् । त्यो खण्डकाव्यको केही अंश थियो । । त्यसरी उनलाई गर...
नवनियुक्त चार मन्त्रीले लिए शपथ

नवनियुक्त चार मन्त्रीले लिए शपथ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
काठमाडौँजेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छिन् ।प्रधानमन्त्रीको सिफारिसमा आज राष्ट्रपति रामचन्द्र पौडेलले ४ जना नयाँ मन्त्री नियुक्त गरेका हुन् नवनियुक्त मन्त्रीहरूलाई पौडेलले शपथ समेत गराएका छन् ।महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठ, वन तथा वातावरण मन्त्री माधव चौलागाईं, श्रम तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारी र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामलाई पौडेलले शपथ गराएका हुन् ।अनिल सिन्हालाई पर्यटन मन्त्रालयको पनि जिम्मेवारी कानुन तथा संसदीय मामिलासहित उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी लिएका अनिल सिन्हालाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषद् विस्तारको क्रममा सिन्हाले सम्हाल्दै आएको भूमि व्य...
जेनजी आन्दोलनमा ८४ अर्व ४५ करोडको भौतिक क्षति

जेनजी आन्दोलनमा ८४ अर्व ४५ करोडको भौतिक क्षति

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँ जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तयार गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।बिहीबार समितिले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष उक्त पेस गरेको हो ।समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका सचिव रविलाल पन्थले सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा उक्त प्रतिवेदनको सारांश प्रस्तुत गरे । मन्त्रिपरिषद्को निर्णयलेबाट राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा असोज ५ गते उक्त समिति गठन भएको थियो । समितिले साढे २ महिनामा प्रतिवेदन बुझाएको हो । प्रतिवेदन अनुसार जेनजी आन्दोलनका क्रममा ५४ जिल्लाका २६२ स्थानीय तहमा क्षति भएको छ । त्यस्तै, ७७ जनाको ज्यान गएको छ । यसरी ज्यान जानेमा भदौ २३ गते २० जना, २४ गते ३७ जना र त्यसपछिका दिनमा २० जना रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । आन्दोलनका क्रममा २ हजार ४२९ जना घाइते भएकोमा १७ जना १३ व...
राजनीतिक नेतृत्व : अब २ कार्यकालको सीमा राख्ने सहमति

राजनीतिक नेतृत्व : अब २ कार्यकालको सीमा राख्ने सहमति

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँसरकार र जेनजी आन्दोलनका प्रतिनिधिबीच निर्वाचन कानुन संशोधन गरेर राजनीतिक दलका अध्यक्ष वा सभापति अधिकतम दुई कार्यकाल मात्र हुन पाउने व्यवस्था गर्ने सहमति भएको छ। प्रधानमन्त्री सुशीला कार्की र जेनजी प्रतिनिधिबीच हस्ताक्षर भएको सम्झौतामा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलगायत कार्यकारी पदमा पनि दुई पूर्ण कार्यकालको सीमा राख्ने उल्लेख छ। हाल स्थानीय तहका प्रमुखलाई दुई कार्यकाल मात्र हुन पाउने व्यवस्था छ ।प्रधानमन्त्री तथा मन्त्रीको पूर्ण कार्यकाल पाँच वर्ष हुने व्यवस्था छ । सम्झौतामा राजनीतिक दलले अनिवार्य प्राइमरी चुनावमार्फत उम्मेदवार छनोट गर्ने कानुनी व्यवस्था गर्न उल्लेख छ। साथै, केवल निर्वाचन प्रयोजनका लागि गरिने अस्वस्थ गठबन्धन रोक्न कानुनी प्रबन्ध मिलाउने सहमति भएको छ । अहिलेको कानुनले दुईभन्दा बढी दललाई एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्न दिने व्यवस्था राखे पनि कु...
भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने

भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौँ भन्सार विभाग र भन्सार एजेन्ट महासंघका प्रतिनिधिबीच बुधवार भएको वार्तामा सहमति जुटेको छ । सहमति भएपछि भन्सार एजेन्टहरू देशभरका भन्सार कार्यालयहरू तत्काल खोल्न तयार भएका छन् ।बुधवारको वार्तामा भन्सार ऐनको दफा ७१ (झ) मा रहेको जरिवानासम्बन्धी व्यवस्थालाई नियमावलीमार्फत स्पष्ट व्याख्या गरी सहजीकरण गर्नेमा विभाग सहमत भएको जनाइएको छ । उक्त उपदफामा घोषणाकर्ताले विद्युतीय माध्यममार्फत वस्तुको विवरण घोषणा गर्दा संलग्न गर्नुपर्ने कागजात फरक रूपमा संलग्न भएमा लाग्ने भन्सार महसुलको १० प्रतिशत जरिवाना तथा तोकिएको महसुल असुल गरेर मात्रै वस्तु जाँचपास गर्ने व्यवस्था उल्लेख छ । वार्तामा उक्त व्यवस्थालाई दफा २० का उपदफा १० र ११ अनुसार तत्कालका लागि दण्ड जरिवाना छुट दिने सहमति भएको पनि बताइएको छ । जरिवानासम्बन्धी विषय मात्र होइन, अन्य महत्वपूर्ण बुँदाहरूमा पनि सहमति जुटेको छ । तीमध्...
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, शिक्षा, समाचार, समाज
काठमाडौँमानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित आज संसारभर ७७औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । नेपालमा पनि यस दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ ।अन्तरराष्ट्रिय मानव अधिकार दिवसमा अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, विभिन्न राजनीतिक दलले शुभकामना सन्देश दिएका छन्। सन् १९४८ मा संयुक्त राष्ट्रसङ्घको महासभाले पारित गरेको मानव अधिकारको विश्वव्यापी घोषणापत्र (युडीएचआर) को स्मरणमा हरेक वर्ष यो दिवस मनाइन्छ । उक्त घोषणापत्रले जाति, धर्म, लिङ्ग, भाषा, विचार, सामाजिक मूल वा जन्मका आधारमा कुनै भेदभाव नगरी सबैलाई समान अधिकार सुनिश्चित गरेको छ । नेपालमा यस दिवसले जनचेतना विस्तार, अधिकारको संरक्षण र न्यायपूर्ण समाज निर्माणमा थप ऊर्जा प्रदान गर्दै आएको छ । मङ्गलबार म...
यो चुनावी सरकार मात्र होइन, कसैको धम्कीबाट डराउँदैनौँ : प्रधानमन्त्री कार्की

यो चुनावी सरकार मात्र होइन, कसैको धम्कीबाट डराउँदैनौँ : प्रधानमन्त्री कार्की

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रधानमन्त्री सुशीला कार्कीले अन्तरिम सरकार चुनावी सरकार मात्र नभएको बताएकी छन् ।भ्रष्टाचारविरुद्धको २२औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा सम्बोधन गर्दै कार्कीले अहिलेको सरकार सुशासनको माग राखी भएको 'जेनजी' आन्दोलनको जगमा बनेको बताइन् । सरकारले नियमित सँगसँगै सुशासनका निमित्त तीव्र गतिमा काम गरिरहेको उनको दाबी छ ।'जेनजी'का माग र अपेक्षाबमोजिमका अपेक्षाकृत उपलब्धि हासिल हुन समय लाग्ने भए पनि भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्न पनि सरकार पछि नहट्ने उनको भनाइ छ । यसका निम्ति राज्यका स्थापित संयन्त्र क्रियाशील भइसकेको उनले बताइन् ।यस दिशामा चालिएका कदमबाट आत्तिएर कतिपयले प्रत्यक्ष वा परोक्ष रूपमा धम्की दिएको प्रधानमन्त्री कार्कीले बताइन् । यस्तो छ प्रधानमन्त्री कार्कीको भनाइ : यो सरकार चुनावी सरकार मात्र होइन । सुशासनको माग राखी भएको जेनजी आन्दोलनको जगमा बनेको सरक...