सांसदलाई रविको निर्देशन: भाइरलको दुनियाँबाट बाहिर निस्किनुस्


काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसदहरूलाई भाइरल बन्ने दौडमा नलाग्न सुझाव दिएका छन् । उनले अरू सबै छोडेर विधेयकहरूमा केन्द्रित हुन सुझाव दिए ।
आज पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले समितिहरूमा क्यामरा देखेपछि यत्तिकै जोस आउने बताए ।
उनले भने, ‘माननीयज्यूहरू, अहिले पनि समितिमा यति धेरै क्यामरा देखेपछि जोस आउँछ, रगत तातेर आउँछ । मैले बोलेको मतदाताकहाँ पुगिहाल्छ भनेर चर्को चर्को बोल्न पैतालादेखि टाउकोसम्म भाव आउँछ । यो तपाईँको भावना हो कि अभिनय हो छुट्याउने जिम्मा तपाईँको । तर अब भाइरलको दुनियाँबाट बाहिर निस्किनुपर्छ । अलिकति बाहिर निस्किनुस् ।’

आफ्नो बारेमा चर्चा भएको सबैलाई मन पर्ने र आफूमा पनि त्यो लोभ अलिकति रहेको उनको स्वीकारोक्ति थियो ।

लामिछानेले भने, ‘मन त पर्छ आफ्नो बारेमा राम्रो चर्चा भएको । त्यस्तो लोभको केही अंश ममा पनि नभएको होइन । आफ्नो कभरेज राम्रो होस भन्ने स्वभाविकरुपमा आशा र अपेक्षा रहन्छ । तर हामी लोकप्रियताको आडमा जनताको मुद्दा छायामा पार्ने दौडमा नलागौँ । यसै पटक परिणाम दिनुपर्ने छ ।’

छुटाउनुभयो कि ?

चाडपर्वमा कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्छौं: प्रधानमन्त्री कार्यालय

चाडपर्वमा कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्छौं: प्रधानमन्त्री कार्यालय

काठमाडौंनजिकिँदै गरेका चाडपर्व र मनसुनलाई ध्यानमा राख्दै सरकारले सडक यातायात अवरुद्ध हुन नदिने तथा अत्यावश्यक सार्वजनिक सेवा ...
लुम्बिनी प्रादेशिक अस्पतालमा एकै महिनामा ७४१ जनाको शल्यक्रिया

लुम्बिनी प्रादेशिक अस्पतालमा एकै महिनामा ७४१ जनाको शल्यक्रिया

बुटवललुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एक महिनाको अवधिमै ७४१ जनाको शल्यक्रिया गरिएको छ । अस्पतालमा गएको भाद्र महिनामा नियमित...
आगामी अधिवेशनबाट संसद्ले बदल्नु पर्ने सांसदकै ५ अपेक्षा

आगामी अधिवेशनबाट संसद्ले बदल्नु पर्ने सांसदकै ५ अपेक्षा

काठमाडौंप्रतिनिधिसभाको चालू अधिवेशनको अन्तिम दिन शुक्रबार बोल्ने अधिकांश सांसदले चालू तथा अघिल्लो अधिवेशनका गतिविधि स्मरण गरे...
प्रतिनिधिसभा बैठक: विभिन्न विधेयकलाई दफावार छलफलका लागि पठाउन प्रस्ताव गरिँदै

प्रतिनिधिसभा बैठक: विभिन्न विधेयकलाई दफावार छलफलका लागि पठाउन प्रस्ताव गरिँदै

काठमाडौंप्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार बैठकमा विभिन्न विधेयकलाई दफावार छलफलका लागि...