होर्मुज स्ट्रेटमा अमेरिका र इरानका नौसेनाबिच गोली हानाहान, भारतीय जहाज समुद्रमा डुब्यो


काठमाडौं
मध्यपूर्वको संवेदनशील समुद्री मार्ग होर्मुज स्ट्रेटमा गएराति इरान र अमेरिकाका नौसेनाबीच भएको गोली हानाहानका क्रममा एउटा भारतीय मालवाहक जहाज समुद्रमा डुबेको छ।

घटनामा एक भारतीय चालक दल सदस्यको मृत्यु भएको छ भने अन्य १७ जनालाई सकुशल उद्धार गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भारतीय अनलाइन दैनिक ‘दैनिक भास्कर’का अनुसार डुबेको जहाज गुजरातको द्वारका जिल्लास्थित सलायामा दर्ता गरिएको कार्गो जहाज ‘एमएसभी एएल फैज नुर-ए-सोलेमानी-आई’ हो ।

उक्त जहाज दुबईबाट यमनको मुकाल्ला बन्दरगाहतर्फ कार्गो बोकेर जाँदै गरेको बेला समुद्री तनावको चपेटामा परेको बताइएको छ।

दुर्घटनामा चालक दलका सदस्य अल्ताफ तालब केरको मृत्यु भएको पुष्टि भएको छ। जहाजमा रहेका अन्य १७ जनालाई भने उद्धार गरिएको भारतीय नौकायन जहाज संघका महासचिव आदम भाइले जानकारी दिएका छन्।

उनका अनुसार जहाजमा एक जना बन्दुकधारीसहित कुल १८ जना चालक दलका सदस्य सवार थिए। घटनापछि उद्धार तथा थप समन्वयका लागि दुबईस्थित भारतीय दूतावासलाई इमेलमार्फत जानकारी गराइएको पनि उनले बताएका छन्।

छुटाउनुभयो कि ?

चाडपर्वमा कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्छौं: प्रधानमन्त्री कार्यालय

चाडपर्वमा कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्छौं: प्रधानमन्त्री कार्यालय

काठमाडौंनजिकिँदै गरेका चाडपर्व र मनसुनलाई ध्यानमा राख्दै सरकारले सडक यातायात अवरुद्ध हुन नदिने तथा अत्यावश्यक सार्वजनिक सेवा ...
लुम्बिनी प्रादेशिक अस्पतालमा एकै महिनामा ७४१ जनाको शल्यक्रिया

लुम्बिनी प्रादेशिक अस्पतालमा एकै महिनामा ७४१ जनाको शल्यक्रिया

बुटवललुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एक महिनाको अवधिमै ७४१ जनाको शल्यक्रिया गरिएको छ । अस्पतालमा गएको भाद्र महिनामा नियमित...
आगामी अधिवेशनबाट संसद्ले बदल्नु पर्ने सांसदकै ५ अपेक्षा

आगामी अधिवेशनबाट संसद्ले बदल्नु पर्ने सांसदकै ५ अपेक्षा

काठमाडौंप्रतिनिधिसभाको चालू अधिवेशनको अन्तिम दिन शुक्रबार बोल्ने अधिकांश सांसदले चालू तथा अघिल्लो अधिवेशनका गतिविधि स्मरण गरे...
प्रतिनिधिसभा बैठक: विभिन्न विधेयकलाई दफावार छलफलका लागि पठाउन प्रस्ताव गरिँदै

प्रतिनिधिसभा बैठक: विभिन्न विधेयकलाई दफावार छलफलका लागि पठाउन प्रस्ताव गरिँदै

काठमाडौंप्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार बैठकमा विभिन्न विधेयकलाई दफावार छलफलका लागि...