यो वर्षको मनसुन पुर्वानुमान: कम वर्षा र बढी गर्मी हुने


काठमाडौँ
जल तथा मौसम विज्ञान विभाग ले आगामी मनसुन ऋतुमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने आँकलन गरेको छ ।

विभागअन्तर्गत जलवायु विज्ञान महाशाखाले जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन अवधिको जलवायु आँकलन सार्वजनिक गर्दै वर्षा घट्ने तथा अधिकतम र न्यूनतम तापक्रम दुवै बढ्ने पूर्वानुमान गरेको हो ।

विभागका अनुसार कर्णाली प्रदेश को दक्षिणी भूभाग, लुम्बिनी प्रदेश को अधिकांश क्षेत्र, मधेस प्रदेश को पूर्वी भूभाग र कोशी प्रदेश को दक्षिणी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेश का अधिकांश क्षेत्र, मधेसको पश्चिमी भाग तथा कोशीको मध्य भूभागमा पनि ४५ देखि ५५ प्रतिशतसम्म कम वर्षा हुने सम्भावना देखिएको छ । कर्णाली र कोशी प्रदेशका उत्तरी भूभागमा भने सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।

तापक्रमतर्फ भने देशभर गर्मी बढ्ने अनुमान गरिएको छ । सुदूरपश्चिमको उत्तर–पूर्वी भाग, कर्णालीको उत्तरी भूभाग, लुम्बिनीको पश्चिमी भाग, गण्डकी प्रदेश को उत्तर–पूर्वी तथा दक्षिणी भाग, बागमती प्रदेश को पश्चिमी भाग, मधेसको पूर्वी तथा पश्चिमी क्षेत्र र कोशीको पूर्वी तथा दक्षिणी भूभागमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।

न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी रहने सम्भावना रहेको विभागले जनाएको छ । सुदूरपश्चिम, कर्णाली र बागमती प्रदेशका उत्तरी भूभाग, मधेसको पूर्वी भाग तथा कोशीको दक्षिणी क्षेत्रमा न्यूनतम तापक्रम बढ्ने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ ।

यो आँकलन विश्व मौसम सङ्गठन तथा क्षेत्रीय जलवायु केन्द्रहरूको हावापानी प्रारूप, साउथ एसियन सिजनल क्लाइमेट आउटलुक फोरम को प्रतिवेदन र प्रशान्त तथा हिन्द महासागरमा विकसित जलवायु प्रणालीहरूको अवस्थाका आधारमा तयार गरिएको हो ।

हाल प्रशान्त महासागरमा एल निनो एन्ड साउदर्न असिलेसन तटस्थ अवस्थाबाट एल निनोतर्फ उन्मुख रहेको तथा हिन्द महासागरमा इन्डियन ओसन डाइपोल पनि मनसुनको अन्त्यतिर धनात्मक अवस्थामा पुग्ने अनुमान गरिएको छ ।

विभागले ऋतुगत जलवायु पूर्वानुमान पूर्ण रूपमा निश्चित नहुने भन्दै सामुद्रिक तथा वायुमण्डलीय प्रणाली र भू–उपयोग जस्ता कारकहरूले परिणाममा फरक पार्न सक्ने उल्लेख गरेको छ ।

गत वर्षको मनसुन पूर्वानुमानको समीक्षा गर्दै विभागले वर्षाको आँकलन आंशिक रूपमा मात्र मिलेको तर तापक्रमसम्बन्धी पूर्वानुमान भने अधिकांश स्थानमा सही साबित भएको जनाएको छ ।

छुटाउनुभयो कि ?

चाडपर्वमा कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्छौं: प्रधानमन्त्री कार्यालय

चाडपर्वमा कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्छौं: प्रधानमन्त्री कार्यालय

काठमाडौंनजिकिँदै गरेका चाडपर्व र मनसुनलाई ध्यानमा राख्दै सरकारले सडक यातायात अवरुद्ध हुन नदिने तथा अत्यावश्यक सार्वजनिक सेवा ...
लुम्बिनी प्रादेशिक अस्पतालमा एकै महिनामा ७४१ जनाको शल्यक्रिया

लुम्बिनी प्रादेशिक अस्पतालमा एकै महिनामा ७४१ जनाको शल्यक्रिया

बुटवललुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा एक महिनाको अवधिमै ७४१ जनाको शल्यक्रिया गरिएको छ । अस्पतालमा गएको भाद्र महिनामा नियमित...
आगामी अधिवेशनबाट संसद्ले बदल्नु पर्ने सांसदकै ५ अपेक्षा

आगामी अधिवेशनबाट संसद्ले बदल्नु पर्ने सांसदकै ५ अपेक्षा

काठमाडौंप्रतिनिधिसभाको चालू अधिवेशनको अन्तिम दिन शुक्रबार बोल्ने अधिकांश सांसदले चालू तथा अघिल्लो अधिवेशनका गतिविधि स्मरण गरे...
प्रतिनिधिसभा बैठक: विभिन्न विधेयकलाई दफावार छलफलका लागि पठाउन प्रस्ताव गरिँदै

प्रतिनिधिसभा बैठक: विभिन्न विधेयकलाई दफावार छलफलका लागि पठाउन प्रस्ताव गरिँदै

काठमाडौंप्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार बैठकमा विभिन्न विधेयकलाई दफावार छलफलका लागि...