सञ्चारक्षेत्रलाई कमजोर बनाएर संघीय सरकारले एकाधिकार लाद्न खोजेको सञ्चार सम्मेलनको ठहर


बुटवल
नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा भएको तिनदिने राष्ट्रिय सञ्चार सम्मेलनमा वक्ताहरुले मिडियालाई कमजोर बनाएर संघीय सरकारले एकाधिकार लाद्न खोजेको वताएका छन्।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लोकतन्त्र र संविधानलाई कमजोर बनाउन मिडिया क्षेत्रलाई संकुचनमा राख्ने काममा संघीय सरकार अघि बढेको भन्दै गम्भीर बन्नुपर्ने बताएका छन्।
राष्ट्रिय सञ्चार सम्मेलनमा वोल्दै मुख्यमन्त्री आचार्यले फागुन २१ पछि सरकारको मिडिया, न्यायालय, जनसंगठन र ट्रेड युनियनलाई हेर्ने दृष्टिकोण नराम्रो ढंगले अघि बढेको टिप्पणी गरे ।
उनले एउटा व्यक्तिलाई अलौकिक शक्तिकाे रुपमा प्रस्तुत गर्ने प्रयास भइरहेको उल्लेख गर्दै लोकतन्त्रको मर्म विपरीत गतिविधि बढ्दै गएको टिप्पणी गरे ।आज निशाना मिडिया माथि छ, निशाना गरिब निमुखा माथि छ, निशाना ट्रेड युनियन माथि छ,´उनले भन्नुभयो-त्यहीँ भएर तपाई हामी सबै सचेत र गम्भीर बन्न जरुरी छ ।´
मुख्यमन्त्री आचार्यले संघीय सरकारले सरकारी सञ्चार माध्यममा मात्रै विज्ञापन दिने गरी जारी गरेको परिपत्रप्रति गम्भीर आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष समेत आफूहरुले कडा असन्तुष्टि राखेको बताए । प्रधानमन्त्रीबाट करेक्सन गर्ने आश्वासन पायौं, तर अझै सुधार भएको छैन,´ उनले भने-मिडिया माथि लगाइकाे अंकुश बारे सबैभन्दा पहिला धारणा प्रदेश सरकारकाे तर्फबाट राखेका हाैं ।´

प्रदेश सरकार मिडिया मैत्री रहेको उल्लेख गर्दै उहाँले मिडियाका सरोकारवालासँग समन्वय गरेर बजेट व्यवस्था गरिएको जानकारी दिए । अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेशले सञ्चार क्षेत्रमा बढी बजेट विनियोजन गरेको दाबी गर्दै कार्यान्वयन पक्षमा केही समस्या देखिएको बताएका हुन्।

मुख्यमन्त्री आचार्यले संघीय सचिवहरु प्रदेश सरकारप्रति उत्तरदायी नहुँदा काम गर्न कठिनाइ भएको धारणा राख्नुभयाे ।`आर्थिक पक्षमा हाम्रो सही चल्दैन । सचिव संघीय सरकारप्रति उत्तरदायी हुँदा प्रदेश सरकारलाई समस्या परेको छ,´ उनले भने ।
पत्रकारिता क्षेत्रले लोकतान्त्रिक आन्दोलन र परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले राजनीतिक दलहरु सुषुप्त अवस्थामा रहेका बेला पत्रकार, कानुन व्यवसायी र मानवअधिकारकर्मीहरु सडकमा उत्रिएको स्मरण गरे ।

मिडियालाई कमजोर बनाउन संघीय सरकारले एकाधिकार लाद्न खोजेको छ,´ उनले भने,आज विज्ञापन रोक्ने, भोलि समाचारमा सेन्सर लगाउने र पछि मिडियालाई प्रतिबन्ध लगाउने अवस्था नआउला भन्न सकिँदैन ।´
उनले सञ्चार क्षेत्रमा देखिएका चुनौतीबारे सम्मेलनमा हुने बहसले पर्यटन, उद्योग र व्यवसाय प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।


महासंघका कार्यवाहक अध्यक्ष दिपक आचार्य सञ्चार सम्मेलन महत्वपूर्ण रहेको र यसले समाधानमा सहयोग पुग्ने विश्वास लिइएको वताएका छन्।
बुटवललाई मिडिया सिटी वनाउन स्थानीय सरकारको जागरुकता सफल रहोस् कामना समेत गरेका छन।
स्थानीय र प्रदेश सरकारले आफ्नो क्षेत्राधिकार प्रयोग गर्नु आवश्यक रहेको र संघीय सरकारमा दम्भ रहेकोले दम्भ प्रती खेद र सुल्झाउन आवस्यक रहेको धारणा राखेका हुन्।
उनले पत्रकारिताका आचारसंहिता भित्र रहन सञ्चार क्षेत्र तैयार रहेको तर सरकार निरंकुश वनेको वताएका हुन्।
कार्यवाहक अध्यक्ष आचार्यले भने “सरकारले नियमन गर्ने हो अंकुश लगाउने होइन यसको घोर निन्दा र विरोध छ।”
स्थानीय सञ्चारमाध्यम महत्त्वपूर्ण रहेको र यसलाई वचाउन आवस्यक रहेको वताएका हुन्।
सञ्चार क्षेत्रले राज्यको विकास, सम्बृद्धि,न्यायको क्षेत्रमा हिजो आज र भोलि सशक्त भुमिका निर्वाह गर्ने बताए।
राज्य सञ्चालनका लागि पनी सञ्चार क्षेत्र उत्तिकै महत्वपूर्ण रहेको दाबी गरे। देश र नागरिकको अग्रगमनमा हिजो,आज र भोलि पनी त्यत्तिकै महत्त्वपूर्ण रहेको जिकिर गरे। बर्तमान सरकार रचनात्मक आलोचना प्रति डरायको र निरंकुशता तिर लागेकोमा खेद प्रकट गरे।
उनले सञ्चार क्षेत्रका आफ्नै प्रभावकारीताका विषयमा लाग्नुपर्नेमा अस्तित्व जोगाउन लाग्नुपर्ने वाध्यता आउनु दुर्भाग्य रहेको वताएका छन्।


बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेले सञ्चार माध्यम संकटमा रहेको जानाकार रहेको र यसलाई जसरी राज्यको चौथो अंग भन्ने मान्यता रहे जसरी संरक्षणमा महत्व दिन आवस्यक रहेको औल्याएका छन्।
पाण्डेयले बुटवल मिडिया सिटी वनाउन सम्वद्ध सबैले पहल गरौं नगर यसमा प्रतिवद्ध छ भनी आवाह्न गरेका हुन्।
साथै उनले एक प्रदेश एक मिडिया सिटी वनाउने अवधारणा सहित लुम्बिनी प्रदेशको बुटवलमा वनाउन आफुले सक्दो सम्वन्वय गर्ने धारणा राखेका छन्।
उनले बुटवल उपमहानगरपालिका लाई व्यवस्थित र शुन्दर शहर निर्माणमा लागेको र निर्माणका क्रममा कसैलाई पिडा पर्न गए पिडितलाई व्यवथापन समेत गर्ने आस्वासन दिएका हुन्।
क्षेत्राधिकारका हिसाबले संघिय मात्र नभएर स्थानीय र प्रदेश पनी उत्तिकै महत्वपूर्ण रहेको र क्षेत्राधिकार रहेको भित्र रहेर काम गर्न कसैले अवरोध गर्न नहुने औल्याएका छन्।
पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलले सञ्चार संमेलनमा पत्रकारिताको विगत ,वर्तमान र भविष्यका बारेमा गहन छलफल भएको र यसबाट आएको दस्तावेजले सञ्चार क्षेत्रमा ठुलो भुमिका खेल्ने वताएका छन्।
उनले वर्तमान सरकारले सञ्चार क्षेत्रमा गरेको कुदृष्टि आपत्तिजनक रहेको बताउंदै निर्वाचित तानाशाहको उदय भएको वताएका हुन्।
संघिय सरकारको तानाशाही प्रवृत्ति जस्तै स्थानीय र प्रदेश सरकारले सञ्चार समन्वय नगरेमा आन्दोलन गर्ने अवस्था आउन सक्ने र आउन नदिन सजग वन्न आवश्यक रहेको धारणा राखेका हुन्।


लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईंले पछिल्लो अवस्थामा सञ्चार माध्यम र सञ्चारकर्मी प्रतिको आकर्षण घट्दै गएको वताएका छन्। उनले सञ्चार माध्यम र सामाजिक सञ्जाल एकै भन्ने बुझाइ चिर्न सञ्चारकर्मीनै सचेत हुन आवश्यक रहेको धारणा राखेका छन्।
चौलागाईंले लुम्बिनी प्रदेश सरकारले सञ्चार क्षेत्रलाई गर्नुपर्ने व्यवसायीक र नितिगत सहयोग प्रयाप्त काम नभएको वताएका छन्।
प्रदेश सरकारको सञ्चार क्षेत्रमा गर्नु पर्ने लगानीको ५ प्रतिषत समेत खर्च उपयोग नभएको जिकिर गरे।
संघिय सरकारले परिपत्र गरे पश्चात स्थानीय र प्रदेश सरकारले समेत व्यवसायीक सहयोग नगरेको वताएका छन्।


नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बनजारा, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि अर्याल,सञ्चारिका समूहका अध्यक्ष कमला पन्थ, पत्रकार महासंघ रोल्पाका अध्यक्ष सुविना सुनारी, क्रियाशील पत्रकार महिला समुहका अध्यक्ष रामकला खड्का लगायतले वोल्दै सञ्चार क्षेत्रले आफ्नै प्रभावकारीताका बिषयमा लाग्नुपर्ने समयमा संघिय सरकारको निरंकुशताले गर्दा आर्थिक व्यवस्थापनमा चुनौतीको सामना गर्न तिर लाग्ने वाध्यता आई लागेको वताएका थिए।
कार्यक्रम नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेको अध्यक्षता तथा सचिव सिपी खनालको सञ्चालनमा सम्पन्न भएको थियो।
तिनदिने सम्मेलनमा रामराज पोखरेलको संयोजकत्वमा तैयार गरिएको १२ बुंदे दस्तावेज समेत सार्वजनिक गरिएको छ।

छुटाउनुभयो कि ?

सञ्चारक्षेत्रलाई कमजोर बनाएर संघीय सरकारले एकाधिकार लाद्न खोजेको सञ्चार सम्मेलनको ठहर

सञ्चारक्षेत्रलाई कमजोर बनाएर संघीय सरकारले एकाधिकार लाद्न खोजेको सञ्चार सम्मेलनको ठहर

बुटवलनेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा भएको तिनदिने राष्ट्रिय सञ्चार सम्मेलनमा वक्ताहरुले मिडियालाई कमजोर बना...
सरकारको नीति तथा कार्यक्रम आज : प्राथमिकतामा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेसन

सरकारको नीति तथा कार्यक्रम आज : प्राथमिकतामा सुशासन, पूर्वाधार, सामाजिक क्षेत्र र डिजिटाइजेसन

काठमाडौँनीतिगत सुधार, सार्वजनिक सेवा प्रवाहमा गुणस्तरीय परिवर्तन, आर्थिक पारदर्शिता तथा सुशासनलाई उच्च प्राथमिकता राख्दै सरका...
भित्रिँदै पानी पार्ने वायुप्रणाली, देशभर वर्षाको सम्भावना

भित्रिँदै पानी पार्ने वायुप्रणाली, देशभर वर्षाको सम्भावना

काठमाडौंदेशभर वर्षा गराउने पश्चिमी वायुको अर्को एक प्रणालीले नेपाल भित्रिँदै छ । यो प्रणालीले मध्यमदेखि भारी वर्षा गराउने र ज...
वैशाख २८ देखि देशभर सरसफाइ सप्ताह मनाइने

वैशाख २८ देखि देशभर सरसफाइ सप्ताह मनाइने

काठमाडौँसरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन आगामी वैशाख २८ गतेदेखि जेठ १ गतेसम्म देशभर सर...