Breaking news 1

संसद्‌लाई १७ दिनसम्म छैन बिजनेस

संसद्‌लाई १७ दिनसम्म छैन बिजनेस

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँप्रतिनिधिसभा र राष्ट्रिय सभा अहिले छुट्टीमा छन् । आर्थिक वर्ष २०८३/८४ को बजेट पारितपछि सांसदहरूलाई समय चाहिएको भन्दै प्रतिनिधिसभा बैठक ३१ असारदेखि १४ साउनसम्म र राष्ट्रिय सभा बैठक ३१ असारदेखि नै १५ साउनसम्म स्थगन गरिएको छ । बैठक बस्ने दिन नजिकिँदा राष्ट्रिय सभामा तत्काल कुनै ‘बिजनेस’ छैन । प्रतिनिधिसभामा पनि ‘बिजनेस’ अभाव छ । राष्ट्रिय सभामा नयाँ विधेयक छैनन्, यसअघि दर्ता भएका विधेयक पारित गरी प्रतिनिधिसभामा पठाइएका छन् । प्रतिनिधिसभामा विचाराधीन विधेयकको संख्या ८ छ । तीमध्ये एउटा मात्रै सभामा छ, अरू संसदीय समितिमा छन् । समितिमा रहेका सात विधेयकमध्ये तीनवटा प्रतिनिधिसभामै दर्ता गरिएका हुन्, अरू राष्ट्रिय सभाबाट पारित गरेर पठाइएका हुन् । प्रतिनिधिसभामा अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक विचाराधीन छ । त्यसबाहेक नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) व...
निर्माणाधीन सिद्धबाबा सुरूङमार्ग- ७० प्रतिशत काम सकियो, तिन महिना भित्र सञ्चालनमा ल्याउने तयारी

निर्माणाधीन सिद्धबाबा सुरूङमार्ग- ७० प्रतिशत काम सकियो, तिन महिना भित्र सञ्चालनमा ल्याउने तयारी

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनिर्माणाधीन सिद्धबाबा सुरूङ मार्गको काम ७० प्रतिशत सम्पन्न भएको छ । आयोजनाले दिएको जानकारी अनुसार सुरूङ मार्गको वित्तीय प्रगति ६३ प्रतिशत र भौतिक प्रगति ७० प्रतिशत रहेको छ। सुरुङभित्र गर्नुपर्ने निर्माण र फिनिरसिङ्गको काम सकेर आगामी कात्तिक मसान्तसम्म सवारी संचालन गर्ने तयारी आयोजनाले गरेको छ । आयोजनाकी इन्जिनियर निशा बेल्वासेका अनुसार अहिले निर्माणको काम तीव्र बनाएर आउने कात्तिक मसान्तसम्म सवारी संचालन गर्ने तयारी छ ।आयोजनाले असोज मसान्तभित्रै सवारी संचालन गर्ने गरी काम गरिरहेको थियो । तर, मौसमका कारण निर्माण सामाग्री केरुङ्ग नाकामा रोकिंदा कामले गति लिन नसक्दा एक महिना थप गरी कात्तिक मसान्तभित्र सञ्चालनको तयारी गरिएको बेल्वासेले जानकारी दिइन् ।पाँच वर्षमा निर्माण सक्नेगरी सिद्धार्थ राजमार्गको तानसेन बुटवल खण्डको दोभान सिद्धबाबा क्षेत्रमा सुरूङ मार्ग निर्माण सुरु भएको थियो । ...
आज संसदीय सुनुवाइ समितिको बैठक, प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ हुने

आज संसदीय सुनुवाइ समितिको बैठक, प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ हुने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंसंसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । आज बिहान सवा ११ बजे बोलाइएको बैठकमा निर्वाचन आयोगको प्रस्तावित निर्वाचन आयुक्तहरुको सुनुवाइ हुने कार्यसूची छ । संवैधानिक परिषद्को गत असार १९ गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरुमा गुरुप्रसाद वाग्ले (ओखलढुंगा) र डा. राजीव सुब्बा (काठमाडौं)को नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।यसअघि ५ साउनमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित दुई जना आयुक्तहरुलाई साउन १२ गते र प्रस्तावित प्रमुख आयुक्तलाई १३ गते प्रस्तुतीकरणका लागि बोलाउने निर्णय गरेको थियो । समिति सभापति वोधनारायण श्रेष्ठले दुवै दिनको बैठक बिहान सवा ११ बजे बस्ने जानकारी गराएका थिए ।संसदीय सुनुवाइ समितिले सुनुवाइ गरेपछि प्रमुख आयुक्त र आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।सुनुवाइ समितिका सभापति श्रेष्ठका अनुसार सुनुवाइ सुरु हुनुअघ...
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँसांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । सरकारले संघीय सांसदलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेपछि त्यसविरुद्ध दायर भएको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो । २०८३ असार ३० गतेको मन्त्रिपरिषद्को बैठकले संसदहरूलाई निजी स्वकीय सचिव राख्न दिने गरी निर्णय गरेको थियो । साउन ४ गते प्रकाशित नेपाल राजपत्रमा प्रकाशित गरिएको सूचना बदर माग गर्दै अधिवक्ता प्रेमराज सिलवालले गत शुक्रबार रिट निवेदन दिएका थिए । उक्त रिटमा सुनुवाई गर्दै न्यायाधीश विनोद शर्माको एकल इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतको नाममा सोमबार कारण देखाऊ आदेश जारी गरेको हो । सर्वोच्चले लिखित जवाफसहित अन्तरिम आदेशबारे हुने छलफलमा उपस्थित हुन सरकारलाई भनेको छ । ...
विगतका कमजोरी सल्टाउन पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक– एमाले महासचिव पोखरेल

विगतका कमजोरी सल्टाउन पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक– एमाले महासचिव पोखरेल

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्र वैचारिक पुनर्गठन आवश्यक रहेको बताएका छन्। पार्टीभित्र आन्तरिक कमजोरी भएकै कारण अहिलेको अवस्था आएको स्वीकार गर्दै उनले विगतका कमजोरी सल्टाउन वैचारिक पुनर्गठन आवश्यक रहेको बताए। विगतमा नेतृत्वको कमजोरी ढाकछोप गर्दै आएका महासचिव पोखरेलले अहिले भने आन्तरिक कमजोरी भएकै कारण पार्टी जीवनमा ठूलो पराजय भोग्नु परेको बताएका हुन्। आइतबार एमाले लुम्बिनी प्रदेश कमिटीले गरेको मिसन पार्टी जागरण अभियानको शुभारम्भ गर्दै महासचिव पोखरेलले नेता/कार्यकर्तासँग खुलेर आफ्ना कमजोरी स्वीकार गरेका हुन्। ‘हाम्रै कमजोरीले पार्टी अहिलेको अवस्थामा आएको हो, अलिकति सूचना पनि आएकै थिए कमजोरी कहाँ छन् भन्ने बेलैमा सल्टाउन सकिएन,’ उनले भने। उनले आफ्ना कमजोरी स्वीकार नगरेर पार्टीलाई सुधार गर्न नसकिने भन्दै आन्तरिक कमजोरीकै कारण पार्टी जीवनमा सबैभन्दा ठूलो...
लुम्बिनी प्रदेशमा कांग्रेसले सरकार छाड्यो, एमाले र नेकपाको सरकार बन्ने

लुम्बिनी प्रदेशमा कांग्रेसले सरकार छाड्यो, एमाले र नेकपाको सरकार बन्ने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलनेकपा एमाले र नेकपाबीच सत्ता साझेदारीको सहमतिपछि लुम्बिनी प्रदेशमा एमालेको सत्ता साझेदार दल कांग्रेसका मन्त्रीले राजीनामा दिएका छन्। कांग्रेसका पाँचै जना मन्त्रीले आफ्नो संसदीय दललाई मन्त्री पदबाट राजीनामा दिएको पत्र बुझाएका छन्। कांग्रेसबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज), सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने र वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवारले कांगेस संसदीय दललाई राजीनामा बुझाएका हुन्। दलको तर्फबाट भने भोलि सोमबार मुख्यमन्त्री चेतनारायण आचार्यलाई राजीनामा बुझाउने तयारी रहेको कांगेस प्रमुख सचेतक जमुना ढकालले जानकारी दिइन्। उनका अनुसार कांग्रेसबाट सरकारमा सहभागी ५ जनाकै राजीनामा दलको कार्यालयमा प्राप्त भएसकेकाले सोमबार मुख्...
सातै प्रदेशमा एमाले र नेकपाको सरकार बन्ने सहमतिपछि कांग्रेसको भनाई

सातै प्रदेशमा एमाले र नेकपाको सरकार बन्ने सहमतिपछि कांग्रेसको भनाई

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
कांग्रेसको भनाईकाठमाडौंनेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच पाँच वटा प्रदेशमा भागबन्डाका आधारमा र थप दुई प्रदेशमा अन्य राजनीति दलहरूसँग पनि सहयोग लिएर सरकार बनाउने सहमति भएकामा यसलाई नेपाली कांग्रेसले 'कुनै नकारात्मक टिप्पणी नगर्ने' भनेको छ। एमाले र नेकपाले सात वटै प्रदेशमा कांग्रेस एमाले र नेकपा मिलेर सरकार बनाउन प्रस्ताव गरेका थिए। तर कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले यो प्रस्ताव अस्वीकार गरेका थिए। तीन ठूला दल मिलेर प्रदेशमा प्रतिपक्षविहीन हुने गरी सरकार बनाउने पक्षमा कांग्रेस उभिएन। पार्टीको सिद्धान्त विपरीत हुने गरी प्रदेश सरकारहरूमा नजाने कांग्रेसले अडान राख्दै आएको थियो। कांग्रेस नमानेपछि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' बीच शनिबार प्रदेशहरूमा सरकार बनाउने सहमति भएको हो। कांग्रेस उपसभापति विश्व...
सांसद गणेश पौडेलमाथि मसी प्रहार: घटनाप्रति रास्वपाको आपत्ति, निष्पक्ष छानबिनको माग

सांसद गणेश पौडेलमाथि मसी प्रहार: घटनाप्रति रास्वपाको आपत्ति, निष्पक्ष छानबिनको माग

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि मसी प्रहार तथा दुर्व्यवहार भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीद्वारा जारी विज्ञप्तिअनुसार साउन ७ गते जनतासँगको भेटघाट कार्यक्रम सम्पन्न गरी फर्कने क्रममा सांसद पौडेलमाथि कालो मसी प्रहार गरिएको थियो ।संसदीय दलले उक्त घटनालाई हिंसात्मक, अमर्यादित र निन्दनीय गतिविधि भन्दै यसको घोर भर्त्सना गरेको छ। विज्ञप्तिमा लोकतान्त्रिक व्यवस्थामा असहमति र विरोध व्यक्त गर्ने अधिकार सुरक्षित रहे पनि जनप्रतिनिधिमाथि हुने हिंसा, दुर्व्यवहार वा अपमानजनक व्यवहार कुनै पनि लोकतान्त्रिक समाजमा स्वीकार्य हुन नसक्ने उल्लेख गरिएको छ । रास्वपाले यस्ता गतिविधिले विधिको शासन, लोकतान्त्रिक संस्कार तथा शान्तिपूर्ण र सभ्य राजन...
बङ्गलादेशका राष्ट्रपति शाहावुद्दिनको राजीनामा,सभामुखले कार्यवाहकको जिम्मेवारी सम्हाल्ने

बङ्गलादेशका राष्ट्रपति शाहावुद्दिनको राजीनामा,सभामुखले कार्यवाहकको जिम्मेवारी सम्हाल्ने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, समाचार
काठमाडौंबङ्गलादेशका राष्ट्रपति मोहम्मद शाहावुद्दिनले गम्भीर स्वास्थ्य समस्याका कारण शुक्रबार पदबाट राजीनामा दिएका छन् । राष्ट्रपतिको कार्यालयले यसको औपचारिक जानकारी सार्वजनिक गरेको हो । ७६ वर्षीय शाहावुद्दिनले अप्रिल २०२३ देखि औपचारिक (सेरेमोनियल) राष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनको कार्यकालमा सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री शेख हसिना देश छाडेर भारत गएपछि उत्पन्न राजनीतिक अस्थिरताको सामना गर्नुपरेको थियो ।राष्ट्रपतिका प्रेस सचिवद्वारा जारी विज्ञप्तिअनुसार शाहावुद्दिनले आफूलाई ‘अटोनोमिक न्युरोप्याथी’ नामक रोग लागेको पुष्टि भएको बताएका छन् । उनले स्वास्थ्य परीक्षणपछि उक्त रोग लागेको पत्ता लागेको र त्यसका कारण कहिलेकाहीँ केही समयका लागि चेतनाहीन हुने अवस्था आउने उल्लेख गरेका छन् । शाहावुद्दिनको राजीनामासँगै शेख हसिनाको योजनाबद्ध स्वद...
सरकारको दाबी: अवैधानिक कारोबारमा प्रयोग हुने २ लाख बढी वेबसाइट र एप बन्द

सरकारको दाबी: अवैधानिक कारोबारमा प्रयोग हुने २ लाख बढी वेबसाइट र एप बन्द

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज
काठमाडौंनेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबारमा प्रयोग हुने दुई लाखभन्दा बढी वेबसाइट तथा एप बन्द गरेको जनाएको छ । सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा अनलाइन सट्टेबाजी र ठगी (स्क्यामिङ) नियन्त्रणलाई प्राथमिकतामा राखेको थियो । कार्यसूचीको ४२औँ बुँदामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सट्टेबाजीसँग सम्बन्धित एप र वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने जिम्मेवारी दिइएको थियो ।सोही निर्णयअनुसार त्यसबेला नेपालमा सञ्चालनमा रहेका सट्टेबाजी वेबसाइट बन्द गरिएका थिए । तर, ती वेबसाइट बन्द भए पनि नयाँ नाम र नयाँ ठेगानामा फेरि सञ्चालनमा आउने क्रम भने रोकिएको थिएन ।प्राधिकरणका अनुसार यो वर्षको फिफा विश्वकप सुरु भएयता मात्रै दुई लाख २३ हजार ५६८ वटा यस्ता एप र वेबसाइट बन्द गरिएका छन् ।विश्वकपका बेला अनलाइन बेटिङको प्रयोग बढ...