बैंकिङ प्रणालीमा अधिक तरलता :सरकारको आन्तरिक ऋण ब्याजदर ४ वर्षकै न्यून
बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा सरकारले उठाउने आन्तरिक ऋणको ब्याजदर चार वर्षयताकै सस्तो भएको छ ।
आर्थिक वर्ष २०७९/८० मा करिब ११ प्रतिशतसम्म ब्याजदरमा विकास ऋणपत्र बोलकबोल भएकोमा चालु आव ४ प्रतिशतभन्दा तलको ब्याजदरमा समेत विकास ऋणपत्र बोलकबोल भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकले देखाउँछ ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएर नेपाल राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरण बोलकबोल मार्फत निरन्तर तरलता खिचिरहेको छ । अधिक तरलता भएर ब्याजदर घट्दा आन्तरिक ऋणको लागत समेत कम हुने भए पनि सरकारले आव सुरुवातबाट नै धमाधम आन्तरिक ऋण उठाइरहेको छ ।
साउनमा नै आन्तरिक ऋण बोलकबोल तालिका स्वीकृत गराएर सोही अनुसार आन्तरिक ऋण परिचालन भइरहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख अमृत लम्साल बताउँछन् ।
सरकारले चालु आव ३ खर्ब ३० अर्ब आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य...








