समानिकरणबजेट बढाउन पुर्व प्रधानमन्त्री प्रचण्डको आग्रह


गुल्मी

 नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहिवार गुल्मीका विभिन्न कार्यक्रममा ब्यस्त भएका छन। 
बिहीबार गुल्मीको मालिका गाउँपालिकाको प्रशासकीय भवनको उदघाटन गर्दै उनले प्रदेश र स्थानीय तहलाई दिइने समानीकरण बजेट बढाउनुपर्नेमा जोड दिए । 

 सरकारले प्रदेश र स्थानीय तहलाई दिदैँ आएको समानीकरणको बजेट कटौती गर्न लागेको बताउँदै झन बढाउनुपर्नेमा घटाउन लागेकाले सरकार उल्टो बाटोमा हिडेको टिप्पणी गरे । 

अहिले संविधान कार्यन्वयनको चरणमा रहेकाले प्रदेश र स्थानीय तहलाई अझ प्रभावकारी बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए। 

सिंहदरबारको अधिकार गाउँटोलमा भन्ने माओवादीको एजेन्डाले अहिले सार्थकता पाएको प्रचण्डले बताए ।  सुविधा सम्पन्न भवनबाट  जनतालाई दिने सेवा  सहज र सरल रुपमा प्रदान गर्नुपर्नेमा उनको जोड छ ।  

प्रशासकीय भवन उद्घाटन कार्यक्रममा सर्वदलीय राजनीतिक दलहरुको उपस्थिति रहेकाले आफूलाई खुसी लागेको उनले बताए। विकास निर्माणका कार्यहरुमा सबै एकै ठाउँ भएर मात्र अगाडि बढ्न सकिने उनको भनाइ छ । 

यस्तै मालिका गाउँपालिकाले निर्माण गरेको हेलीप्याड नेपालकै नमूना भएको आफूलाई अनुभूति भएको उनको भनाइ छ । मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालसहितका जनप्रतिनिधि तथा  स्थानीय नागरिकहरुको  उल्लेख्य उपस्थितिमा हेलीप्याड तथा पार्कको उद्घाटन गर्दै नेपालकै नमूना हेलीप्याड निर्माण भएको बताए ।

 उनले देशका विभिन्न स्थानहरुमा निर्माण भएका हेलीप्याड भन्दा गुल्मीको हेलीप्याड उत्कृष्ट रहेको बताउँदै  हेलीप्याडबाट विपद् तथा आपतकालिन अवस्थामा यहाँका नागरिकहरुको उद्धार तथा राहतमा ठूलो टेवा पुग्ने उनले विश्वास ब्यक्त गरे ।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...