राष्ट्रिय युवा संघ रुपन्देहीको चैत २९ गते जागरण सभा : प्रधानमन्त्रीले सम्बोधन गर्ने
बुटवल
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी रुपन्देहीको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । नेकपा एमाले पार्टी कार्यालय सुख्खानगरमा सम्पन्न बैठकले विभिन्न महत्त्वपूर्ण निर्णयहरु गरेको छ । बैठकले यही चैत २९ गते बुटवलमा जागरण सभा गर्ने निर्णय भएको छ ।
सो सभालाई सम्बोधन गर्न २९ गते प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली रुपन्देहीमा आउने युवा संघ रुपन्देहीले जनाएको छ । साथै युवा संघले सो सभामा ५००० को संख्यामा मोटरसाइकलहरु उपस्थित गराई प्रधानमन्त्री ओलीलाई स्वागतका लागि कार्यक्रम स्थलमा प्रवेश गराउनेजस्ता विभिन्न एजेन्डामा छलफल गरी निर्णय गरेको हो ।
राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय कमिटी महासचिव सुमन पुरीको प्रमुख आत्थित्यतामा सम्पन्न बैठकमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी रुपन्देहीका अध्यक्ष कृष्ण कुमालको अध्यक्षतामा सम्पन्न भएको हो । ब...








