Breaking news 1

राष्ट्रपतिद्वारा संसद्को हिउँदे अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा संसद्को हिउँदे अधिवेशन आह्वान

Breaking news 1, ताजा अपडेट, राजनीति, विविध, समाचार
७ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को हिउँदे अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले यही माघ १८ गते अधिवेशन आह्वान गरेका हुन् ।यसअघि सोमबार मन्त्रिपरिषद् १८ गते बैठकले बोलाउने निर्णय गर्दै अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो । संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो । लामो समयदेखि संसद् नचल्दा सरकारको विरोधसमेत भएको थियो । यसबीचमा सरकारले केही अध्यादेशसमेत ल्याएको थियो । ...
कृषकको समस्या समाधान गर्न  लुम्बिनी प्रदेश सरकार तयार रहेको मन्त्री पन्थीको भनाई

कृषकको समस्या समाधान गर्न  लुम्बिनी प्रदेश सरकार तयार रहेको मन्त्री पन्थीको भनाई

Breaking news 1, ताजा अपडेट, विविध, समाचार
बुटवल । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले दुग्धजन्य क्षेत्रमा भएका उद्योगी व्यवसायीहरुको समस्या समाधान सरकार तयार भएको बताएका छन् । ऐन संसोधन गरेभएपनि व्यवसायी तथा कृषकको समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको उनले बताए । नेपाल डेरी एसोसिएसनको २६ औं वार्षिक साधारण सभाको अवसरमार सोमबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पन्थीले यस्तो बताएका हुन् । दुध र दुग्जन्य बस्तुको उत्पादन बढ्दै जाँदा विभिन्न बहुराष्ट्रिय कम्पनीहरुको पेयपद्धार्थ उपभोग गर्ने उपभोक्ताहरुको समेत कमी आउने अवस्था रहेको भन्दै उनले स्वदेशी उत्पादन र उपभोगमा प्रदेश सरकार जहिले पनि सकारात्मक रहेको बताए । प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पन्थीले कुनै पनि समस्याको समाधान सामुहिक पहलबाट सम्भव भएको भन्दै सोही अनुसार योजना बनाएर अगाडि बढ्नुपर्ने र य...
विश्वविद्यालयमा तालाबन्दी र हडताल नगर्न शिक्षा मन्त्रालयको आग्रह

विश्वविद्यालयमा तालाबन्दी र हडताल नगर्न शिक्षा मन्त्रालयको आग्रह

Breaking news 1, ताजा अपडेट, विविध, शिक्षा, समाचार, स्थानीय
काठमाण्डौ – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयहरूमा तालाबन्दी, बन्द र हडताल नगर्न आग्रह गरेको छ ।मन्त्रालयले विज्ञप्ति निकालेर शान्तिपूर्ण वातावरणमा ज्ञान आर्जन गर्न र सिक्न पाउने अधिकारको हनन हुने गरी शैक्षिक संस्थाभित्र अवरोध नगर्न विद्यार्थी सङ्गठनहरुलाई भनेको हो । विभिन्न पेशागत तथा विद्यार्थी सङ्गठनका नामबाट विभिन्न विश्वविद्यालयअन्तर्गतका क्याम्पस तथा शैक्षिक सेवा प्रवाह गर्ने संस्थाहरूमा तालाबन्दी, हडताल लगायतका गतिविधि कायमै रहेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । शिक्षण संस्था शैक्षिक गतिविधि सञ्चालन गर्ने पवित्र स्थल भएका कारण यस्ता संस्थामा हुने कुनै पनि प्रकारका तालाबन्दी र हडतालले विद्यार्थीको भविष्यमा नकारात्मक प्रभाव पार्ने मात्र नभई विद्यार्थीको शिक्षा प्राप्त गर्ने मौलिक हकको समेत हनन् हुने भन्दै मन्त्रालयले यस प्रकारका ...
सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको उपयोग गर्न उद्योग वाणिज्य महासङ्घको आग्रह

सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको उपयोग गर्न उद्योग वाणिज्य महासङ्घको आग्रह

Breaking news 1, राजनीति, विविध, समाचार
काठमाण्डौ – नेपाल उद्योग वाणिज्य महासङ्घले सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको प्रयोग अनिवार्य गर्ने नेपाल सरकारको निर्णय कार्यान्वयनका लागि सबै जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घ तथा आफ्ना सदस्यहरूलाई आग्रह गरेको छ । सरकारको निर्णयबाट स्वदेशी उत्पादन  प्रवर्द्धन गर्न निकै सहयोग पुग्नेमा विश्वास गर्दै महासङ्घले आफ्ना सबै सदस्यहरुमा सम्भव भएसम्म नेपाली उत्पादनको प्रयोग र  प्रवर्द्धन गर्न आग्रह गरेको हो । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मन्त्रिपरिषदबाट ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका २०८१’ पारित हुनु स्वागतयोग्य रहेको र अब त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ । सरकारको यो निर्णयले स्वदेशी उत्पादन प्रवद्र्धन गर्न निकै सहयोग पुग्ने अध्यक्ष ढकालको दाबी छ । स्वदेशी वस्तुको उत्पादन, रोजगारी सिर्जना, आयात व्यवस्थापन तथा उत्प...
सुदूरपश्चिमका पूर्वमन्त्री सुवेदीसहित दुई जना नेता एमालेबाट निष्कासित

सुदूरपश्चिमका पूर्वमन्त्री सुवेदीसहित दुई जना नेता एमालेबाट निष्कासित

Breaking news 1, ताजा अपडेट, विविध, स्थानीय
काठमाण्डाै – नेकपा एमाले कैलालीले पूर्वमन्त्रीसहित दुई जनालाई पार्टीबाट निष्कासन गरेको छ । एमालेबाट कारबाहीमा परेका नेता भीम रावलको पक्षमा गतिविधि गरेको भन्दै एमालेको जिल्ला कमिटीले सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र जिल्ला सदस्य भीष्मराज सुवेदीलाई कारबाही गरेको हो ।हिजो बसेको एमाले जिल्ला सचिवालय बैठकले उनीहरूलाई कारबाही गरेको हो । एमाले कैलाली सचिव ममताप्रसाद चौधरीले पूर्वमन्त्री कृष्णराज सुवेदी र जिल्ला कमिटी सदस्य भीष्मराज सुवेदीलाई पार्टीको सङ्गठित सदस्य समेत नरहने गरी निष्कासन गर्न प्रदेश कमिटीलाई सिफारिश गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । जिल्ला कमिटीले भने दुवै जनालाई निष्कासन गरेको जनाएको छ । भीम रावलले सञ्चालन गरेको मातृभूमि जागरण नेपाल अभियानलाई सहयोग गरेको र आफ्नै पार्टी र नेतृत्वविरुद्ध गतिविधि गरेकाले दुई जनालाई कारबाही गरिएको एमालेले...
खो खो विश्वकपमा युगान्डालाई हराउँदै नेपालको महिला टोली फाइनलमा

खो खो विश्वकपमा युगान्डालाई हराउँदै नेपालको महिला टोली फाइनलमा

Breaking news 1, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, समाचार
काठमाडौं भारतमा जारी खो खो विश्वकपमा नेपालले उत्कृष्ट प्रदर्शन जारी राख्दा महिला टोली फाइनलमा पुगेको छ । नेपाली महिला राष्ट्रिय खो खो टोलीले शनिबार पहिलो सेमिफाइनलमा युगान्डालाई पराजित गर्दै ऐतिहासिक फाईनल यात्रा तय गरेको हो । नयाँ दिल्ली स्थित ईन्दिरा गान्थी ईन्डोर हलमा भएको खेलमा नेपालले युगान्डालाई ८९-१८ ले हरायो । नेपालले अब दक्षिण अफ्रिका र भारतबीच हुने दोस्रो सेमिफाइनल विजेतासँग उपाधिका लागि खेल्नेछ । नेपालको कुनै पनि टोली कुनै पनि खेलको विश्वकपमा फाइनलमा पुगेको यो पहिलो पटक हो । नेपालको लागि कुनै पनि खेलको विश्वकप पुग्नु नै ठूलो विषय हुन्छ । त्यसमा पनि खो खो विश्वकप खेलेर अपराजित रहँदै फाइनल नै पुग्नु नेपाली खेलकुदकै ऐतिहासिक क्षण हो । नेपालको महिला टोली अपराजित रहँदै फाईनल पुगेको हो । यसक्रममा नेपालले हालसम्म खेलेको सबै ६ खेल जित्यो । महिलातर्फ समूह सी मा रहेको न...
मधेश आन्दोलनको १८ वर्ष पूरा, बलिदानी दिवसको रुपमा मनाइँदै

मधेश आन्दोलनको १८ वर्ष पूरा, बलिदानी दिवसको रुपमा मनाइँदै

Breaking news 1, ताजा अपडेट, विविध, समाचार
काठमाण्डौ – मधेश आन्दोलन भएको १८ वर्ष पूरा भएको छ । अन्तरिम संविधानमा सङ्घीयता र समावेशितासहितको व्यवस्था गर्नुपर्ने माग राख्दै भएको मधेश आन्दोलनको सम्झनामा मधेशवादी दल र प्रदेश सरकारले हरेक वर्ष बलिदानी दिवस मनाउँदै आएका छन् । आज पनि विभिन्न कार्यक्रम हुँदैछन् । मधेश आन्दोलनका क्रममा २०६३ साल माघ ५ गते सिरहाको लहानमा स्थानीय रमेश महतोको निधन भएको सम्झनामा मधेश केन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसका रूपमा मनाउने गर्छन् । २०६२/०६३ सालको जनआन्दोलनको सफलतापछि माघ १ गते जारी भएको अन्तरिम संविधानमा सङ्घीयता र समावेशिता नसमेटेको भन्दै तत्कालीन मधेशी जनअधिकार फोरमको नेतृत्वमा आन्दोलन भएको थियो । माघ २ गतेदेखि शुरू भएको आन्दोलनका क्रममा माघ ५ गते सिरहाको लहानमा स्थानीय रमेश महतोको ज्यान गएको थियो । त्यसपछि मधेशभर आन्दोलन चर्किएको थियो । अन्तरिम संविधान सं...
विकास के र कसका लागि ?

विकास के र कसका लागि ?

Breaking news 1, पत्रपत्रिका, लेख रचना, समाज, सम्पादकिय
विश्वको इतिहासमा जुन देशहरू समृद्ध छन् ती देशहरूमा अधिकांश जनता उत्पादनसँग जोडिएका छन् , कृषि ,उद्योग, कलकारखाना ,विज्ञान प्रविधि आदिमा व्यस्त भएर नै ती देशहरु अगाडि बढेका हुन्। ती मुलुकहरुले आफ्नो देशमा कुन उद्यम उपयुक्त छ भनी सतहि रूपबाट अनुसन्धान गरी सोही अनुसारको शिक्षा प्रणाली लागू गरी आत्मनिर्भर हुँदै विदेशमा निर्यात गरी क्रमश समृद्ध बन्दै गएका हुन्। कुनै देशमा खनिज पदार्थ, कुनैमा पेट्रोलियम पदार्थ ,कुनैमा कृषि व्यवसाय, कुनैमा पर्यटन व्यवसाय ,कच्चापदार्थ स्वदेशमा उपलब्ध रहेका कलकारखानाको विस्तार ,कुनै देशले जलस्रोतको उपयोग जस्ता प्रक्रियाबाट ती देशहरू समृद्ध बनेका छन्। जस्तो चीन अमेरिका युरोपियन देशहरू र अन्य विकसित मुलुकहरू उत्पादनसँग जोडिएर मात्र समृद्ध बनेका छन्। हाम्रो देशमा प्रशस्त जलस्रोत, पर्यटन ,कृषि र खनिज पदार्थ उत्खनन जस्ता प्रशस्त सम्भावनाहरू छन्। तर सोही प्रकृति...
इजरेल र हमासबीचको युद्धविराम सम्झौता

इजरेल र हमासबीचको युद्धविराम सम्झौता

Breaking news 1, समाचार
लामो प्रयासपछि इजरेल र हमासबीच बहुप्रतीक्षित युद्धविराम गर्ने तथा बन्धकहरू छाड्ने सहमति भएको छ। यससँगै १५ महिनादेखि जारी युद्ध अन्त्य हुने आशा बढेको छ। सम्झौताका लागि कतार र अमेरिकाले मध्यस्थता गरेका थिए। कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल-थानीले युद्धविराम आइतवारबाट कार्यान्वयनमा आउने र त्यसबेलासम्म इजरेली मन्त्रिपरिषद्‍बाट यो स्वीकृत हुने तालिका रहेको बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडनले सम्झौताको पुष्टि गर्दै त्यसमा पूरा र सम्पूर्ण युद्धविराम, गाजाबाट इजरेली फौज फिर्ता र हमाससँग भएका सबै बन्धकहरूको रिहाइ समेटिएको जनाएका छन्। यसैबीच, युद्धविराम सम्झौतालाई इजरेली मन्त्रिपरिषद्‌ले गर्ने भनिएको अनुमोदनमा ढिलाइ भएको छ। गाजामा हवाई हमला, कम्तीमा '८१ जनाको मृत्यु' गाजामा युद्धविराम घोषणा भएपछि इजरेलले गरेका हवाई हमलाहरूमा परी कम्तीमा ८१ जनाको मृत्यु भ...
सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र दुई धार

सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र दुई धार

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ सरकारले सदन छलेर ल्याएको अध्यादेशमात्र होइन, आफैँ सहभागी भएको सरकारको कार्यशैलीप्रति सत्ता साझेदार दल नेपाली कांग्रेसभित्र दुई धार देखिएको छ । सभापति देउवा निकट नेताहरू सरकारको बचाउमा उत्रिँदा इतर समूह विपक्षमा उभिएको छ । नेपाली कांग्रेसभित्र अध्यादेश प्रकरणले थप असन्तुष्टि बढाएको छ । पार्टीभित्र इतर समूहका नेताहरूमात्र हैन, विगतमा सभापति शेरबहादुर देउवासँग निकट भएर काम गरेकाहरू समेत असन्तुष्ट छन् । विगतमा अध्यादेशविरूद्ध चर्को बोल्ने महामन्त्री गगनकुमार थापा लगायत नेताहरू भने अहिले मौन देखिएका छन् । संसद्को हिउँदे अधिवेशन छलेर सरकारले एकै पटक पाँच अध्यादेश ल्याएपछि पार्टीभित्र असन्तुष्टि चुलिएको हो । हिउँदे अधिवेशनलाई विधेयक अधिवशेनका रूपमा पनि लिइन्छ । तर, अधिवेशन बोलाउन छाडेर वर्तमान सरकारले अध्यादेशको बाटो समातेको भन्दै कांग्रेसमा असन्तुष्टि बढेको हो । विगतम...