पत्रपत्रिका

निर्वाचन प्रचारप्रसारका लागि उम्मेदवारलाई दुई साताको समय

निर्वाचन प्रचारप्रसारका लागि उम्मेदवारलाई दुई साताको समय

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौंप्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूले प्रचार प्रसारका लागि दुई साता समय पाउने भएका छन् ।निर्वाचन आयोगका कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार फागुन ४ देखि १८ सम्म निर्वाचन प्रचारप्रसारको समय तय गरिएको छ ।प्रचारप्रसारका लागि उम्मेदवारलाई दुई साताको समय दिइएको भएता पनि उम्मेदवारी दर्ता गरेर निर्वाचन चिह्न लिएसँगै उम्मेदवारहरू प्रचारप्रसारमा जान सक्नेछन् ।मौन अवधि सुरु भएपछि भने प्रचारप्रसार गर्न पाइने छैन । आयोग निर्वाचन आचारसंहिता पालना गराउन कडाइका साथ प्रस्तुत हुने पनि भण्डारीले बताएका छन् ।२सय७५ सदस्यीय प्रतिनिधिसभामा १सय१० जना समानुपातिक तर्फबाट र १सय६५ जना प्रत्यक्ष निर्वाचन प्रणाली तर्फबाट निर्वाचित हुन्छन् । समानुपातिक तर्फको मनोनयन गत पुस १३ र १४ गते भइसकेको छ । प्रत्यक्ष तर्फको मनोनयन आज भएको हो । ...
अन्तरिम सरकारका चार मन्त्री राजीनामा दिएर चुनावमा

अन्तरिम सरकारका चार मन्त्री राजीनामा दिएर चुनावमा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज
काठमाडौंवर्तमान अन्तरिम सरकारका चार जना मन्त्री राजीनामा दिएर चुनावी मौदानमा उत्रिएका छन् । गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । अन्तरिम मन्त्रिपरिषद्मा रहेका शिक्षामन्त्री पुनसहित चार जना राजीनामा दिएर चुनावमा होमिएका हुन् ।आज बिहान मात्रै राजीनामा दिएका शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले म्याग्दीबाट प्रतिनिधिसभास सदस्यमा उम्मेदवारी दिर्ता गरेका छन् ।निवर्तमान ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनाव लड्दैछन् । निर्वतमान सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लड्दैछन् ।निर्वतमान युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता पनि राजीनामा दिएर चुनावमा होमिएका छन् । गुप्ता सिराहा १ बाट चुनाव लड्द...
रुपन्देही–२ बाट कांग्रेसको उम्मेदवारमा उद्योगी चुन्नप्रसाद पौडेल

रुपन्देही–२ बाट कांग्रेसको उम्मेदवारमा उद्योगी चुन्नप्रसाद पौडेल

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, स्थानीय
बुटवलनेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. २ बाट उद्योगी चुन्नप्रसाद पौडेललाई उम्मेदवार बनाएको छ ।बुटवलमा सामाजिक व्यक्तित्वको रुपमा परिचित पौडेललाई कांग्रेसले आज उम्मेदवार बनाउने निर्णय गरेको हो । बुटवलमा उद्योग, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहँदै आएका पौडेललाई कांग्रेसले स्थानीय लोकप्रियता, सामाजिक योगदान र संगठनप्रतिको प्रतिबद्धतालाई मूल्याङ्कन गर्दै उम्मेदवार बनाएको पार्टी स्रोतले जनाएको छ । कांग्रेस नेतृत्वले विकास, रोजगारी र सेवा क्षेत्रमा अनुभवी व्यक्तिलाई अघि सारेर मतदाताको विश्वास जित्ने रणनीति अनुसार पौडेललाई उम्मेदवार बनाएको बताइएको छ ।पौडेल यशोधा फुड्सको अध्यक्ष हुन् भने बुटवल अस्पतालको अध्यक्ष पनि हुन् ।उनले उद्योग व्यवसायसँगै स्वास्थ्य सेवाको विस्तार र सामाजिक उत्तरदायित्वका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् । बुटवल र आसपासका क्षेत्रमा ...
न रुपन्देहीले मलाई भुल्ने छ, न मैले रुपन्देहीलाई भुल्ने छु : विष्णु पौडेल

न रुपन्देहीले मलाई भुल्ने छ, न मैले रुपन्देहीलाई भुल्ने छु : विष्णु पौडेल

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवलनेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आइतबार आफ्नो निर्वाचन क्षेत्रमा आएर रुपन्देहीलाई भुल्न नसक्ने बताएका छन् । विगतमा आफूले अघि सारेका योजनाहरुलाई पूर्णता दिनका लागि रुपन्देही-२ बाट आफ्नो उम्मेदवारी रहने बताउँदै उनले रुपन्देही बासीले पनि आफूलाई भुलन नसक्ने विश्वास व्यक्त गरे । एमाले लुम्बिनी प्रदेश पार्टी कार्यालय बुटवल सुख्खानगरमा नेता कार्यकर्ताहरुबीच बोल्दै उनले भने- ‘न मैले रुपन्देहीलाई भुल्ने छु, न मलाई रुपन्देहीले भुल्ने छ ।’ शनिबार बसेको एमाले सचिवालय कमिटीको बैठकले पौडेललाई पाल्पा-२ बाट चुनाव उठाउने निर्णयसँगै रुपन्देहीका नेता कार्यकर्ताले आवाज उठाएपछि निर्णय सच्चिएको सन्दर्भमा उनले उक्त कुरा व्यक्त गरेका हुन् । पार्टीको निर्णयभन्दा फरक भएर आफू जान नसक्ने बताउँदै उनले सचिवालय बैठकमा आफूलाई पाल्पा पठाउन छलफल चलाए पनि रुपन्देहीका नेता कार्य...
निर्वाचनका लागि ४४ दिन बाँकी: प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारी आज

निर्वाचनका लागि ४४ दिन बाँकी: प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारी आज

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँप्रतिनिधिसभाको प्रत्यक्षतर्फ १सय६५ निर्वाचन क्षेत्रमा मंगलबार हुने मनोनयनका लागि सोमबार बेलुकीसम्म नेकपाले १सय६५, एमालेले १सय६३ र कांग्रेसले ५० उम्मेदवारको टुंगो लगाएका छन् । कांग्रेसमा शेरबहादुर देउवाले चुनाव नलड्ने घोषणा गरिसकेका छन् भने उनका पक्षधरका नेताहरु र शेखर कोइराला पक्षका उम्मेदवारसहित छनोट गर्नुपर्ने भएकाले ढिलाइ भएको हो, बाँकी उम्मेदवारको मंगलबार बिहानसम्म टुंगो लाग्ने नेताहरूको भनाइ छ । यस्तै रास्वपाले ९२ निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गरेको छ । राप्रपाले नयाँ र पुराना अनुहारलाई मिलाएर टिकट वितरण गरेको छ । एमालेले दाङ–१ र काठमाडौं–४ बाहेक सबै क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको हो । यस पटक कांग्रेस र नेकपाले नयाँ र युवालाई प्राथमिकतामा राखेर टिकट वितरण गरेको जनाएका छन् । एमालेमा पनि यसअघि अवसर नपाएका धेरै नयाँ अनुहारलाई अघि सारिएको छ । यद्यपि फरक मत राख्न...
रुपन्देहीसहित देशभर भोलि हुने मनोनयन दर्ताका लागि दलहरु आयोग जाने कार्यतालिका

रुपन्देहीसहित देशभर भोलि हुने मनोनयन दर्ताका लागि दलहरु आयोग जाने कार्यतालिका

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलनिर्वाचन आयोले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न मुख्य ५ राजनीतिक दललाई फरक-फरक समय विभाजन गरेको छ। उम्मेदवारी दर्तालाई व्यवस्थित गर्न भन्दै आयोगले नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपालाई समय निर्धारण गरेको हो। रुपन्देहीसहित भोेलि देशभर उम्मेदवारी दर्ता हुँदै छ। आयोगका अनुसार सबै भन्दा पहिले रास्वपालाई समय दिइएको छ भने सबैभन्दा पछि कांग्रेसलाई समय तोकिएको छ । रास्वपाका उम्मेदवारले १ बजे उम्मेदवारी दर्ता गर्नुपर्ने छ भने २ बजे राप्रपाका लागि छुट्याइएको छ। त्यस्तै नेकपा एमालेका उम्मेदवारका लागि साढे २ बजे समय तोकिएको छ भने नेपाली कांग्रेसका उम्मेदवारलाई ३ बजेको समय दिइएको छ। त्यस्तै सबैभन्दा अन्तिममा नेपाली कांग्रेसका उम्मेदवारका लागि ४ बजेका समय तोकिएको छ। ...
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
काठमाडौंनेपाली बजारमा आज सुनचाँदीको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको तोलाको ४२ सयले बढेर तोलाको २ लाख ८२ हजारमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि आइतबार सुन तोलाको २ लाख ७७ हजार ८ सयमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १८५ रुपैयाँले बढेर तोलाको ५८१० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५६२५ रुपैयाँमा कारोबार भएको थियो । ...
समानुपातिक बन्दसूचीका ३ हजार २सय १३ उम्मेदवारको नामावली सार्वजनिक

समानुपातिक बन्दसूचीका ३ हजार २सय १३ उम्मेदवारको नामावली सार्वजनिक

Breaking news 1, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौँनिर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत बन्दसूचीमा रहेका ३ हजार २सय१३ उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । आयोगका अनुसार यसअघि उम्मेदवारी दिएका २११ जनाको उम्मेदवारी काटिएको छ । समानुपातिकअन्तर्गत पुस १३ र १४ गते ६४ राजनीतिक दलले ५८ वटा निर्वाचन चिह्नमा भाग लिने गरी ३ हजार ४२४ जना उम्मेदवारको नाम बन्दसूचीमा पेस गरेका थिए । पेस गरिएको बन्दसूचीबाट जाँचबुझ, राजनीतिक दलले संशोधनसहित पेस गरेको र उम्मेदवार आफैंले फिर्ता लिएको गरेर २११ जनाको नाम हटेको हो ।यो सँगै समानुपातिकतर्फको बन्दसूचीमा ३ हजार २१३ उम्मेदवारको प्रारम्भिक नामावली कायम भएको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै आयोगले बन्दसूचिमा नाम समावेश भएकाकुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दाबि विरोध माघ १० गतेसम्म गर्न सकिने जानकारी दिएको छ । ...
कार्यकर्ताको दबाबपछि एमालेले रुपन्देही-२मा विष्णु पौडेललाई नै उठाउने

कार्यकर्ताको दबाबपछि एमालेले रुपन्देही-२मा विष्णु पौडेललाई नै उठाउने

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार, समाज
बुटवलनेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल आफ्नो नियमित निर्वाचन क्षेत्र रुपन्देही-२ बाट चुनाव लड्ने भएका छन् । एमालेको शनिबार सम्पन्न सचिवालय बैठकले उनलाई पाल्पा-२ वाट निर्वाचन लडाउने निर्णय गरेको थियो । रुपन्देहीका नेता कार्यकर्ताले उक्त निर्णयको चर्को आलोचना गरेपछि पार्टीयले उनलाई रुपन्देहीमै फिर्ता ल्याउने निर्णय गरेको हो ।रुपन्देहीमा-२ मा आइतबार बसेको क्षेत्रीय कमिटीको बैठकले निर्णय सच्याउन पार्टीको सचिवालयलाई आग्रह गरेको थियो । भेलामा करिब ५ सय नेता कार्यकर्ता सहभागी भई निर्णय सच्याउने पक्षमा आवाज उठाएको एमाले नेता ऋषिराम पाण्डेले बताए । ...
उपलब्धिको संरक्षण स्थिर विकासको आधार: मुख्यमन्त्री आचार्य

उपलब्धिको संरक्षण स्थिर विकासको आधार: मुख्यमन्त्री आचार्य

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार, समाज, स्थानीय
दाङलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उपलब्धिको संरक्षण नै स्थिर विकासको आधार भएको बताउनुभएको छ । सोनाम ल्होसार पर्वको अवसरमा सोमबार शुभकामना व्यक्त गर्दै उहाँले अहिलेसम्म प्राप्त उपलब्धि जोगाएर अघि बढ्नु सबैको साझा जिम्मेवारी भएको बताउनुभएको हो ।‘आजसम्म हासिल गरेका उपलब्धिको रक्षा गर्दै अघि बढ्नु अत्यन्त जरूरी छ । सुशासन, सेवा प्रवाह, पूर्वाधार निर्माण, सामाजिक उत्तरदायित्व र समावेशी योजनामा प्राप्त प्रगतिलाई कायम राख्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्न प्रदेश स रकार प्रतिबद्धत छ’मुख्यमन्त्री आचार्यद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ,‘उपलब्धिको संरक्षण स्थिर विकासको आधार हो ।’मुख्यमन्त्री आचार्यले नेपाली समाज सांस्कृतिक विविधताले समृद्ध रहेको उल्लेख गर्दै हरेक समुदायका मौलिक चाडपर्वले नेपाली पहिचान, इतिहास र सामाजिक सम्बन्धलाई बलियो बनाइरहेको बताउनुभयो । सन्...