पत्रपत्रिका

लुम्बिनी बिकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायीको समूहद्वारा आक्रमण

लुम्बिनी बिकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायीको समूहद्वारा आक्रमण

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
लुम्बिनी विकास कोषका पदाधिकारीमाथि निर्माणव्यवसायीहरूले गुण्डागर्दी शैलीमा मंगलबार आक्रमण गरेका छन् । राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबार लुम्बिनी स्थित फाईभ होटलमा कार्क्रम भईरहेको बेला ठेकदारहरूको एक हुल होहल्ला गर्दै गुण्डागर्दी शैलीमा आक्रमणमा उत्रेका हुन् । कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई र सदस्य सचिवलाई आक्रमण गरेका हुन । कोषाध्यक्ष भट्टराईलाई एकाएक २० जनाको समूहले लछार्दै आक्रमण गरेका थिए । यस्तै आक्रमणबाट सदस्य सचिव सानुराजा शाक्यको मुखमा चोट लागेको छ । केहिदिनदेखि गुरूयोजनाको कामको भुक्तानि नपाएको भन्दै आन्दोलनरत निर्माण व्यवसायीहरूको माग सम्बोधन गरि समाधान गर्न लागिरहेको बेला हुलहुज्जतसहित अपमानजनक रूपमा आक्रमण गरिएको कोषाध्यक्ष भट्टराईले बताए । उनले आफूमाथि ज्यान नै असुरक्षित हुने गरि आक्रमण भएकाले सुरक्षाको माग गरे । ...
बुटवल गोलपार्क-वेलहिया ६ लेन सडक निर्माण १ बर्षमा पूरा हुने

बुटवल गोलपार्क-वेलहिया ६ लेन सडक निर्माण १ बर्षमा पूरा हुने

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार
श्रीराम ज्ञवाली बुटवल रुपन्देहीकाे बेलहिया–बुटवल सडकखण्डको निर्माण एवं विस्तारकार्य गर्नका लागि ६ अर्ब लगानिमा, करिब ८ वर्षअघि बेलहिया–बुटवल सडक विस्तारको काम हात पारेका १२ वटा निर्माण कम्पनिहरु मध्ये १० निर्माण कम्पनिहरुले काम पूरा गरे । तथापि बुटवलकाे राजमार्ग चाैराह देखि गाेलपार्क सम्मकाे सडक निर्माणकाे जिम्मा पाएकाे बिरुवा पञ्चकन्या जेभि निर्माण कम्पनि र वेलहिया चाेक देखि वेलहिया वाईपास सम्मकाे सडक निर्माणमा ठेक्का पाएकाे बिरुवा कन्ट्रक्सन निर्माण कम्पनिले ५०प्रतिषत भुक्तानि लिई नाला र पहिलाे पिचकाे काम पूरा गरि , बांकि काम गर्न नसकिने भनी छाडे। हालसम्म पनि पूरा नगरेको सडकको अवस्था जीर्ण बनाएर अलपत्र पारेपछि अहिले सर्वसाधारण तथा सवारी साधनलाई आवागनमा निकै सास्ती खेप्दै आएको दुःखेसो आमनागरिकसँग छ । यो अवधिमा यहाँका विभिन्न सरोकारवालाहरुले पटक–पटक सम्बन्धित निकायमा बु...
विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह

विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले सोमबार कोलम्बिया विश्वविद्यालयद्वारा आयोजित वल्ड लिडर्स फोरममा गरिबी निवारण गरी सबैलाई सम्मानजनक रूपमा बाँच्न पाउने अधिकार दिलाउन समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अघि सारिएको स्पष्ट पारे ।  ‘नेपालको लोकतन्त्र र आर्थिक विकासको यात्रा’ विषयक संवादमा मुख्य वक्ताका रुपमा सम्बोधन गर्दै उनले नेपालबाट विदेश गएका विद्यार्थी र युवाहरूको मात्रै सङ्ख्या बाहिर आउने तर विदेशबाट स्वदेश फर्किएकाहरूको हिसाब नभएको उल्लेख गर्दै फर्कनेहरूको क्रम पनि बढेको स्पष्ट गरे । प्रधानमन्त्री ओलीले रोजगारीका अव...
पत्रकार महासंघको निर्वाचन हुन नसकेकोबारे लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

पत्रकार महासंघको निर्वाचन हुन नसकेकोबारे लिखित जवाफ पेस गर्न सर्वोच्चको आदेश

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार
सर्वोच्च अदालतले नेपाल पत्रकार महासंघको निर्वाचन तोकिएको समयमा हुन नसकेको बारे जवाफ दिन आदेश गरेको छ। सर्वोच्च अदालतमा आइतबार दर्ता भएको रिटमा पहिलो सुनुवाइ गर्दै लिखित जवाफ माग गर्ने आदेश गरेको छ भने अन्तरिम आदेश जारी गर्न भने अस्वीकार गरेको छ।  न्यायाधीश कुमार रेग्मीको एकल इजलासले पहिलो सुनुवाइ गर्दै लिखित जवाफ सबै विपक्षीसँग माग गरेको छ। ध्रुवप्रसाद चौलागाईंले पत्रकार महासङ्घलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए । रिटमा ६ महिनाभित्र निर्वाचन गराउन अन्तरिम आदेशको माग पनि गरिएको थियो । वर्तमान कार्यसमितिले तोकिएको मितिमा चुनाव गराउन नसकेपछि अब वैकल्पिक माध्यमबाट चुनाव गराएर संस्थालाई निकास दिनुपर्ने माग पनि रिटमा गरिएको छ।  रिटमा अब प्रदेश र जिल्ला अध्यक्षहरू सम्मिलित राष्ट्रिय भेला आयोजना गरी सोही भेलाको निर्णयबाट समितिले गरेका काम कारबाही बारे आवश्यक निर्णय ...
नेपालको अर्थतन्त्र सुधार हुँदैछ: आइएमएफ उपनिर्देशक

नेपालको अर्थतन्त्र सुधार हुँदैछ: आइएमएफ उपनिर्देशक

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
 उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्रको उपनिर्देशक रुपा दत्तगुप्ताबीच शिष्टाचार भेट भएको छ ।  अर्थ मन्त्रालयमा भएको भेटमा उपनिर्देशक दत्तगुप्ताले नेपालको अर्थतन्त्र सुधार हुँदै गएको आफूले पाएको बताएकी छन् । उनले नेपालमा लागानी सहजीकरण सम्बन्धी कानुनहरु परिमार्जन हुँदै गएको, राजस्व परिचालन रणनीति कार्यान्वयनमा आएको, अर्थतन्त्र सम्बन्धी विभिन्न सुझावहरु कार्यान्वयन हुँदै गएकाले आफू उत्साहित भएको धारणा व्यक्त गरिन ।  सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई सुदृढ गर्न सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको जानकारी गराएका थिए । ...
सहकारी ठगीमा ६ सय ६९ थुनामा, १ हजार ५ सय ४० फरार

सहकारी ठगीमा ६ सय ६९ थुनामा, १ हजार ५ सय ४० फरार

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
सहकारी ठगी नेपालमा कति भयावह छ भन्ने यसमा संलग्न आरोपीहरू पक्राउ परेको तथ्यांकबाटै खुलस्त हुन्छ । करिब एक दशकमा ६ सय ६९ जनालाई प्रहरीले पक्राउ गरेको छ भने १ हजार ५ सय ४० जना फरार छन् । धेरैजसो पैसावाल र शक्तिशाली हुन् तर, पक्राउ परेका सबैजसो पुर्पक्षका लागि जेलमा छन् । संसदीय छानबिन विशेष समितिले कारबाहीका लागि गरेको सिफारिसअनुसार नेपाल प्रहरीका पूर्वडीआईजी समेत रहेका गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी आइतबार पक्राउ परेका हुन् । संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा सहकारी ठगिएको रकम, हाल चलिरहेका मुद्दा र भएका फैसलाको विश्लेषण गरिएको छ । २४ हजार २ सय २४ जना पीडित सर्वसाधारणले दिएका २ सय ५८ उजुरीका आधारमा प्रहरीले ६ सय ६९ जनालाई पक्राउ गरेको हो । यही बीचमा १ हजार ५ सय ४० भने फरार छन् । यी उजुरीमा प्रहरी अनुसन्धान गरी प्रतिवेदन बुझाएपछि १ सय ११ मुद्दा दर्ता भएका ...
नीतिप्रधान नभई व्यक्तिप्रधान हुँदा देश अद्याेगतिमा जान्छ

नीतिप्रधान नभई व्यक्तिप्रधान हुँदा देश अद्याेगतिमा जान्छ

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, सम्पादकिय
श्रीराम ज्ञवाली नेपालमा विभिन्न समयमा संविधान ,कानुन जस्ता नीति नियमहरू परिवर्तन भए। समय अनुसार पुराना नीति परिवर्तन भए तर तिनै देश र जनताका लागि परिस्कृत गरिएका नीति नियमहरु हुँदा पनि देश र नागरिकको अवस्था परिवर्तन हुन सकेन। सबै वर्ग ,धर्म ,जात, भाषा ,कला ,संस्कृति ,संस्कारलाई सम्बोधन गरिएको नीति नियम हुँदा पनि सीमित व्यक्तिहरुलाई मात्र रजगज भयो। सर्वसाधारणको अवस्था अझ बढी नाजुक बन्दै गयो। यस विषयमा गम्भीर हुनु आवश्यक छ। देश र जनताका लागि भनी २००७ साल, २०४७ साल ,२०६२ /६३ सालमा धेरै ठूला आन्दोलनहरु भए । राज्यका व्यवस्था परिवर्तन भए तथापि सिमित व्यक्तिहरुका अलावा आम नागरिकको अवस्था परिवर्तन हुन सकेन । आन्दोलन हुँदा सर्वसाधारणले धेरै धनजनको क्षति भोग्नुपर्यो। तर तिनै नागरिकले व्यवस्था त परिवर्तन गरे तर अवस्था परिवर्तन भएन ।यही पद्धतिबाट राज्यसञ्चालन हुने हो भने धेरै समय शासन सत्...
कर्मचारीलाई लुम्बिनीका मुख्यन्त्रीको १४ बुँदे निर्देशन जारी

कर्मचारीलाई लुम्बिनीका मुख्यन्त्रीको १४ बुँदे निर्देशन जारी

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
 बुटवल । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कर्मचारीलाई १४ बुँदे निर्देशन जारी गरेका छन् । मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रदेश सरकारका नीति तथा कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयन र उद्देश्य प्राप्तिका लागि निर्देशन जारी गरिएको हो । विगतमा प्रदेश सरकारको वजेट खर्च सन्तोषजनक नभएको, अनुदान वितरण र सरकारी खर्चमा मनपरी भएको,बेरुजू हरेक वर्ष बढेको भन्दै सरकारको चर्को आलोचना भएको थियो ।यसअघि मन्त्रिहरूका लागि आचारसंहिता जारी गरेका मुख्यमन्त्री आचार्यले मन्त्रालय र मातहतका कार्यालयको सेवालाई प्रभावकारी बनाउन कर्मचारीलाई निर्देशन जारी गरेका हुन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट तयार भएको निर्देशन स्वीकृत गर्दै मुख्यमन्त्री आचार्यले सेवा प्रवाहलाई चुस्त बनाउन दिर्नेशन दिएका छन् ।प्रदेश स्थित निकाय तथा कार्यालयहरु...
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिवबीच भेटवार्ता

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिवबीच भेटवार्ता

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, विदेश, समाचार
संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन न्यूयोर्कमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता जारी राखेका छन् । उनले शनिबार साँझ संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन् । स्थानीय समय अनुसार शनिबार साँझ राष्ट्रसंघ भवनमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले आज साइडलाइन भेटवार्ता गर्ने तयारी गरेका छन् । आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तयारी भइरहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । राष्ट्रसंघको महासभा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली शुक्रबार अमेरिका प्रस्थान गरेका थिए । उनी कतारको दोहा हुँदै स्थानीय समय अनुसार शुक्रबार राति ९ः४५ बजे न्यूयोर्क पुगेका थिए । प्रधानमन्त्री ओलीलाई न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा राष...
सिद्धबाबा सुरुङमार्गका २ वटा बाईपास सुरुङको ब्रेक थ्रू

सिद्धबाबा सुरुङमार्गका २ वटा बाईपास सुरुङको ब्रेक थ्रू

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, समाचार, समाज
बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत निर्माणाधिन सिद्धबाबा सुरुङमार्गमा २ वटा बाइपास सुरुङको ब्रेक थ्रू भएको छ । वाईपास सुरुङ १ को यही असोज ४ गते शक्रबार तथा  वाईपास सुरुङ ३ को भाद्र २६ गते ब्रेक थ्रू गरिएको सिद्धबाबा सुरुङमार्ग योजना कार्यालयले जनाएको छ । सुरुङमार्गका तीनवटा बाइपास रहेका छन् । जसमा पहिलो बाइपास १५१ मिटरको र तेस्रो १३० मिटरको ब्रेक थ्रू भएको छ । दोस्रो १६१ मिटरको वाइपास सुरुङ पनि खन्ने काम जारी रहेको छ । हालसम्म मुख्य सुरुङमार्ग भने ५४५ मिटर खनिएको छ । कूल १ हजार १२६ मिटर लामो सुरुङमा दुवैतर्फबाट गरी ५४५.५७ मिटर छेडिएको हो । योसँगै करिब सुरुङको आधा भाग खन्ने काम सकिएको हो ।  उत्तरतर्फबाट २३७.८० र दक्षिणतर्फबाट ३०७.७७ मिटर खनिएको सिद्धबाबा सुरुङमार्ग आयोजनाले जनाएको छ ।गत जेठ १३ देखि ब्लास्टिङ गरी सुरुङ खन्न थालिएको थियो । सुरुङमार्गमा अहिले विस्फोटक ...