लुम्बिनीका सीमानामा एकिकृत जाँच गर्न मुख्यमन्त्रीको निर्देशन
लुम्बिनी प्रदेशका सीमा क्षेत्रलाई लक्षित गरेर एकिकृत जाँच गरिने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सीमा क्षेत्रमा एकिकृत जाँच सेवा विस्तार गर्न निर्देशन जारी गरेका छन् ।
प्रदेश विपद् व्यवस्थापन तथा समसामयिक विषयमा आयोजना गरिएको छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले खुला सीमानाका कारण भारतबाट अवैध रुपमा मासु, दुध तथा कृषि उपजका सामग्रीहरु चोरी पैठारी हुँदा राजश्व चुहावट भइरहेको, उपभोक्ताले विषाक्त खाद्यबस्तु खानुपर्ने बाध्यताको अन्त्य गर्दै नेपाल भित्रने पर्यटकहरुको सुविधाको लागि सीमा क्षेत्रमा एकिकृत जाँच गर्न निर्देशन दिएका हुन् । भारतबाट नेपाल भित्रिने पर्यटकहरुलाई ठाउँठाउँमा सुरक्षा जाँचको नाममा दुःख दिएको, भारतबाट कुखुरा, खसिबोका, माछा, दुध भित्रिने गरेको गुनासो बढेपछि मुख्यमन्त्री आचार्यले समस्या समाधानका लागि एकिकृत जाँचलाई कार्यान्वयनमा ल्याउने यो...








