पत्रपत्रिका

प्रसिद्ध कृषि सहकारीको साधारण सभा सम्पन्न

प्रसिद्ध कृषि सहकारीको साधारण सभा सम्पन्न

Breaking news 3, कृषि, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज, स्थानीय
बुटवल बुटवल उपमहानगरपालिका वार्ड नम्बर ६ सुन्दरनगरमा रहेको श्री प्रसिद्ध कृषि सहकारी संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। वार्षिक साधारण सभामा बोल्दै बुटवल उपमहानगर ६ का वडा अध्यक्ष लोकनाथ न्यौपानेले हिजो आज समग्र मुलुक नै सहकारीको लगानी अपचलन भएका तथ्यपरक घटनाहरू सतहमा आएको र सरकारले क्रमिक रुपमा कारबाही गरिरहेको स्मरण गराउँदै उक्त प्रसिद्ध कृषि सहकारी स्थानीय तहमा दर्ता भई विधि अनुरुप सञ्चालन भएकोले बचतकर्ताहरू निश्चिन्त रहेर बचत गर्न आग्रह गरे । कृषि क्षेत्रमा उक्त सहकारीको प्रमुख उद्देश्य रहेकोले विभिन्न आधुनिक प्रविधिबाट कृषिमा लगानी गर्न आग्रह गर्दै वडाले सक्दो पहल गर्ने बताए । १सय ८३ सदस्य संख्या रहेको भएतापनि बचत र मुनाफाका हिसाबले उत्कृष्ट रहेकोमा सम्पूर्ण शेयर सदस्यलाई थप अग्रसर हुन आह्वान गरे । उनले उक्त सहकारी आर्थिक रूपमा अगाडि बढ्द...
चाडपर्वका बेला पनि घट्यो आयात–निर्यात

चाडपर्वका बेला पनि घट्यो आयात–निर्यात

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
व्यापारीको भनाइ मान्ने हो भने वर्षभर हुने कारोबारको एकतिहाइ दसैंतिहारमा मात्रै हुन्छ । खाद्यान्न, तरकारी, लत्ताकपडादेखि सवारीसाधनको बिक्री यही बेला हुन्छ । साना पसलदेखि ठूला पसल/आउटलेटमा खरिदबिक्रीको भीड लाग्छ । चाडबाडलाई लक्ष्य गरी व्यवसायीले आयात पनि गर्छन् । तर भन्सार विभागको तथ्यांक हेर्दा यही बेला आयात ४.१७ प्रतिशतले घटेको छ । विभागका अनुसार चालु आर्थिक वर्षको ३ महिनामा ३ खर्ब ९० अर्ब ७५ करोड रुपैयाँका वस्तु आयात भएका छन् । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ३ महिनामा आयात ४.१७ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको ३ महिनामा ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख रुपैयाँको वस्तु आयात भएको थियो । यसले पनि अर्थतन्त्र अझै संकुचनमा रहेको जानकार बताउँछन् । आयातसँगै निर्यात व्यापार पनि घटेको विभागको तथ्यांक छ । गत आर्थिक वर्षको ३ महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा निर्...
सातबुँदे वक्तव्य : एकताबद्ध सत्तारुढदलको सन्देश

सातबुँदे वक्तव्य : एकताबद्ध सत्तारुढदलको सन्देश

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
सरकारको सय दिने प्रगति विवरण सार्वजनिक भएको दुई दिनपछि सत्ता साझेदार सात दलले सातबुँदे संयुक्त वक्तव्य जारी गरेका छन् । शुक्रबार प्रधानमन्त्रीको निवास बालुवाटारमा सत्ता साझेदार दलहरुको बैठक बसेर सरकारलाई थप प्रभावकारी बनाउने प्रतिवद्धतासहित संयुक्त वक्तव्य जारी गरिएको हो । ‘मुलुकमा विद्यमान संकट र चुनौतीहरुलाई सामना गर्दै मुलुकको लोकतान्त्रिक भविष्यलाई थप सुदृढ बनाउने उद्देश्य सहित गठन भएको वर्तमान सरकारलाई थप प्रभावकारी बनाउन … ’, सातबुँदेको भूमिकामा भनिएको छ । यद्यपि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सय दिने प्रगति विवरणमा समेटेकै अधिकांश विषय संयुक्त बक्तव्यमा उल्लेख गरिएको छ । बक्तव्यको पहिलो बुँदामै सरकारको सय दिने कार्य प्रगतिको समर्थन गर्दै आगामी दिनमा पनि समर्थनको प्रतिबद्धता गरिएको छ । नेताहरुका अनुसार प्रधानमन्त्रीले प्रस्तुत गरेको विवरणलाई सात दलका तर्फबाट समर...
 नेकपा एमाले बुटवल उपमहानगरमा  नयाँ नेतृत्व चयन

 नेकपा एमाले बुटवल उपमहानगरमा नयाँ नेतृत्व चयन

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
बुटवल नेकपा एमाले बुटवल उपमहानगर कमिटीको दोस्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै शुक्रबार सम्पन्न भएको छ । अधिवेशनले शाेभाखर पाेखरेलको अध्यक्षतामा ७९ सदस्यीय कमिटी सर्वसहमतिमा चयन गरेको हो । कमिटीको उपाध्यक्ष माधव खनाल, सचिव दिनानाथ भट्टराई तथा उपसचिवमा विकास बस्नेत र मेनका थापा चयन भएका छन् । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन मण्डलका संयोजक युवराज घिमिरेले पद तथा गोपनीयताको सपथ गराएका थिए । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले पोलिटब्युरो सदस्य लिला गिरीले संगठनलाई थप बलियो बनाएर लैजान निर्देशन दिए । पार्टीले गरेका सकारात्म कार्यहरु जनता समक्ष लैजान र जनताका गुनासो सुनेर आगामी निर्वाचनका लागि आजैदेखि तयारीमा लाग्न उनले निर्देशन दिए । अध्यक्ष मण्डलका अध्यक्ष तथा एमाले बटवल उपमहानगरका ईन्चार्ज गोपाल रानाले नयाँ नेत...
डेङ्गी नियन्त्रणमा लाग्न प्रधानमन्त्रीको अनुरोध

डेङ्गी नियन्त्रणमा लाग्न प्रधानमन्त्रीको अनुरोध

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
 प्रधानमन्त्री केपी शर्मा ओलीले डेङ्गी नियन्त्रणमा लाग्न समाजका सबै वर्गमा अनुरोध गरेका छन् । प्रधानमन्त्री ओलीले आज दिएको भिडियो सन्देशमा देशका केही जिल्लामा डेङ्गीको प्रभाव कायम रहेकाले त्यसको नियन्त्रणमा लाग्न सबैमा अनुरोध गरेका हुन् । प्रधानमन्त्रीले हरेक शुक्रबार बिहान १०ः०० बजे ‘खोज र नष्ट गर’ अभियान देशव्यापी रूपमा सञ्चालन गर्न सङ्घीय, प्रदेश तथा स्थानीय तहका सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, शिक्षण संस्था, सामाजिक अभियान्ताका साथै समाजका सबै वर्गको सक्रिय सहभागिताका निम्ति आग्रह गरेका छन् । उनले डेङ्गी सार्ने लामखुट्टेको नियन्त्रणका लागि लामखुट्टेको प्रजननस्थल पानी जम्ने स्थान भएकाले त्यस्ता स्थलको पहिचान गरी लामखुट्टेका लार्भा र प्युपा नष्ट गर्नुपर्नेमा जोड दिए । “नागरिक स्वस्थ भएमा मात्र समृद्ध नेपाल निर्माण सम्भव छ, त्यसैले डेङ्गी नियन्त्रणको यस ...
प्राधिकरणले उद्योगको बिजुली काट्न थाल्यो

प्राधिकरणले उद्योगको बिजुली काट्न थाल्यो

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
 डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिरेपछि नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूको बिजुली काट्न थालेको छ । गत असोज २४ मा प्राधिकरणले ४९ उद्योगले थप दस्तुरसहित तिर्नुपर्ने विद्युत् महसुल कात्तिक ८ भित्र बुझाउन र महसुल नतिरे कानुनबमोजिम असुल गर्ने सूचना सार्वजनिक गरेको थियो । उद्योगीलाई बक्यौता तिर्न दिएको समय बिहीबार सकिएसँगै प्राधिकरणले उद्योगको बिजुली काट्न थालेको हो । बिहीबार साँझ डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नतिरेको भन्दै दाङस्थित घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, बाबा जुटमिललगायत उद्योगको बिजुली काटेको प्राधिकरणले जनाएको छ । डेडिकेटेड र ट्रंकलाइन विवाद सुल्झाउनुको साटो तिहारको मुखमा प्राधिकरणले बिजुली काटेर थप अन्योल सिर्जना गरेको उद्योगी पवन गोल्यानले बताए । ‘बिजुली काट्नु समाधानको उपाय होइन, प्राधिकरणले सरकारसँगको समन्वयमा विवादको दिगो समाधान गर्नुपर्छ,’ उनले भने, ...
चितवनका सिडिओ इन्द्रदेव यादव र एसपी भावेश रिमाल काठमाण्डौ तानिए

चितवनका सिडिओ इन्द्रदेव यादव र एसपी भावेश रिमाल काठमाण्डौ तानिए

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
काठमाण्डौ ।  प्रधानमन्त्रीको पुत्ला प्रदर्शन र दहन हुदा पनि मुकदर्शक बनेपछि चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) इन्द्रदेव यादव र प्रहरी उपरिक्षक (एसपी) भावेश रिमाल  तानिएका छन्।  बुधबार गृहमन्त्री स्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारी यादवलाई गृहमन्त्रालय र प्रहरी उपरिक्षक रिमाललाई मानव बेचबिखन ब्युरोमा पठाईएको छ।  उनीहरुको तानिएपछि प्रकाश पौडेल चितवनको प्रमुख जिल्ला अधिकारी बनाएर पठाईएको छ भने मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत गौतम मिश्र चितवनको प्रहरी प्रमुख बनाएर पठाईएको छ।  बुधवार चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला प्रदर्शन र दहन हुँदा स्थानिय प्रशासनले हस्तक्षेप नगरेपछि गृह मन्त्रालय असन्तुष्ट थियो। कार्यक्षमता कमजोर रहेको भन्दै गृहमन्त्रालयले उनीहरूको सरूवा गरेको हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने...
स्वास्थ्य क्षेत्रमा सुधारका प्रयास

स्वास्थ्य क्षेत्रमा सुधारका प्रयास

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
सरकारी अस्पतालमा बहिरंग सेवा सुरु, स्वास्थ्य बिमाको दायरा बढाउन अध्ययन कार्यदल गठन, शल्यक्रियाका लागि सरकारी अस्पतालमा ३ महिनामै पालोको पहल प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको सय दिनमा स्वास्थ्य क्षेत्रमा सुधारका प्रयासहरू सुरु गरिएका छन् । स्वास्थ्यमा केही मुख्य प्राथमिकता तोकेर प्रधानमन्त्री ओलीले स्वास्थ्यमन्त्री प्रदीप पौडेलसँग १० बुँदे कार्य सम्पादन सम्झौता गरेका थिए ।  सम्झौताको प्रगति सकारात्मक देखिन्छ । सरकारी अस्पतालमा दुई सिफ्टमा बहिरंग सेवा सुरु गरिएको छ । राजधानीमा सबैभन्दा धेरै बिरामीको भीड लाग्ने वीर अस्पताल, ट्रमा सेन्टर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग तथा कान्ति अस्पतालमा दुई सिफ्टमा बहिरंग सेवा सुरु भइसकेको छ । यस्तै, जिल्लाका केही संघीय अस्पतालमा पनि दुई सिफ्टमा बहिरंग सेवा सुरु गरिएको छ । स्वास्थ्य ...
सरकारको सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री 

सरकारको सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री 

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार, समाज
 प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको १०० दिने प्रगतिबारे जानकारी गराउने भएका छन् । ओलीले आज दिउँसो २ः३० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट १०० दिने उपलब्धि सार्वजनिक गर्न लागेका हुन् ।  ओली सरकारका सबै मन्त्रीहरूले आ–आफ्नो क्षेत्राधिकारभित्र भएका कामकारबाहीको प्रगति प्रधानमन्त्रीलाई बुझाइसकेको बताएका छन् । एमाले अध्यक्ष ओली गत असार १७ गते भएको नेपाली कांग्रेस र एमालेबिचको सात बुँदे समझदारीका आधारमा असार ३० गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री नियुक्त भएका थिए । राजनीतिक स्थिरता र संविधान संशोधनलाई प्रमुख एजेन्डा बनाएर सुरु भएको कांग्रेस-एमाले सत्ता सहयात्रामा लोसपा, अशोक राई नेतृत्वको जसपा, लोसपा र नाउपा सहभागी छन् । चौथो कार्यकालका लागि ओली प्रधानमन्त्री भएपछि भदौ १७ गते मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका थिए । प्रधानमन्त्रीसँग भएको मन्त्री...
लुम्बिनी प्रदेशमा कयौँ सहकारीविरुद्ध उजुरी, बचत फिर्ताको प्रक्रिया कहाँ पुग्यो ?

लुम्बिनी प्रदेशमा कयौँ सहकारीविरुद्ध उजुरी, बचत फिर्ताको प्रक्रिया कहाँ पुग्यो ?

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, समाचार, समाज
बुटवल बुटवलको देवीनगर बस्ने केशव श्रीस मगरले बुटवल उपमहानगरपालिका– ९, मिलनचोकस्थित उपदेश बहुउद्देश्यीय सहकारी संस्थामा १ लाख १८ हजार रुपैयाँ जम्मा गरेका थिए । उपदेश बहुउद्देश्यीय सहकारी संस्थाले मिलनचोकबाट कार्यालय सारेर तीनकुनेमा पुर्‍यायो । त्यसपछि सहकारीका सञ्चालकहरू फरार भए । कर्मचारी पनि आ–आफ्नो बाटो लागे । सो सहकारी संस्थाका बचतकर्ताको रकम कहिले कसरी फिर्ता हुन्छ भन्नेबारे अन्योल छ । बचत रकम फिर्ता लिन केशव पटकपटक विभिन्न ठाउँमा धाइरहेका छन् । तर आफ्नो बचत रकम कहिले फिर्ता हुन्छ भन्ने टुङ्गो नभएको उनले रातोपाटीलाई बताए । बुटवलको कालिकानगरमा रहेको मञ्जुश्री बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको रकम हिनामिना गरेपछि बचतकर्ताहरूले कार्यालय घेराउ गरे । पछि इलाका प्रहरी कार्यालय बुटवलमा बचतकर्तासँगको छलफलमा सञ्चालक समितिका पदाधिकारीहरूले रकम छिटै तिर्ने प्रतिबद्धता जनाए ...