देशभर पानी पर्ने, यी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (जेठ २९, बिहीबार) को सम्भावित वर्षाबारे संक्षिप्त जानकारी दिएको छ।
मौसम महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिअनुसार,
आज दिउँसो: देशभर आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) रहनेछ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ।
आज राति: कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको प...








