विविध

बुटवलको सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा रबि आज जिल्ला अदालत रुपन्देहिमा उपस्थित हुँदै ,

बुटवलको सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा रबि आज जिल्ला अदालत रुपन्देहिमा उपस्थित हुँदै ,

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
 बुटवल । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने भएका छन् । अदालतमा उपस्थित हुन उनी हिजो दिउसो नै रुपन्देही आएर बसेका छन् ।  बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनसम्बन्धी उनी विरुद्धको  पूरक मुद्दा आइतबार जिल्ला अदालतमा दर्ता भएको थियो । पूरक अभियोजन अन्तर्गत रवि लामिछाने सहित पूर्वडीआइजी  छविलाल जोशी सहित २२ जनाविरुद्ध मुद्दा दर्ता भएको जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अनन्त मरासिनीले बताए । लामिछानेविरुद्ध सहकारीबाट व्यक्तिगत रूपमा गएको २ करोड  र गोर्खा मिडियाका नाममा गएको सामूहिक २ करोड १५ लाख २८ सुप्रिम सहकारीका १० हजार ३ सय ९१ जनाले बचत गरेको १ अर्ब ३१ करोडमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको छ। त्योमध्ये १४ ...
बुटवलमा सिजी मोटर्सको हिरो  एक्स्ट्रिम नयाँ मोटरसाइकल सार्बजनिक

बुटवलमा सिजी मोटर्सको हिरो एक्स्ट्रिम नयाँ मोटरसाइकल सार्बजनिक

ताजा अपडेट, बिज्ञान प्रबिधि, विविध, समाचार
बुटवल । सिजी मोटर्सले बुटवलमा एक्स्ट्रिम सिरिजअन्तर्गत दुई नयाँ मोटरसाइकल एक्स्ट्रिम १६० आर फोरभी र एक्स्ट्रिम १२५ आर सार्वजनिक गरेको छ । मंगलबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी दुई मोटरसाइकल ग्राण्ड लन्च गरीएको हो ।बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, बुटवल-९ का वडाध्यक्ष प्रदिपकुमार श्रेष्ठ, बुटवलस्थित सिजी मोटर्सको आधिकारिक बिक्रेता हिमालयन अटो ट्रेडिङ्ग प्रालिका म्यानेजिङ डाइरेक्टर भेषराज गैरेलगायतले नयाँ मोटरसाइकल सार्वजनिक गरेका हुन् । ...
रविलाई धरौटीमा छाड्ने आदेश गर्नुको कारण पेस गर्न उच्च अदालत पोखराको आदेश

रविलाई धरौटीमा छाड्ने आदेश गर्नुको कारण पेस गर्न उच्च अदालत पोखराको आदेश

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
९ माघ, पोखरा । उच्च अदालत पोखराले पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित ७ जनालाई धरौटीमा छाड्नुको आधार र कारण सहितको प्रतिवेदन पेश गर्न जिल्ला अदालत कास्कीलाई आदेश दिएको छ ।न्यायाधीश राजकुमार खतिवडाको इजलासले सूर्यदर्शन सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका लामिछानेसहित ७ जनालाई छाड्ने आदेशको ‘कैफियत प्रतिवेदन’ पेश गर्न आदेश दिएको हो । तल्लो अदालतले कुनै आरोपितलाई थुनामा पठाउने, धरौटी माग्ने वा सामान्य तारिखमा छाड्ने आदेश गरेपछि त्यससम्बन्धी विस्तृत विवरण खुलाइएको प्रतिवेदनलाई कैफियत प्रतिवेदन भन्ने गरिन्छ ।जिल्ला अदालत कास्कीले लामिछाने सहित सात जनालाई धरौटीमा छाड्ने आदेश गरेपछि त्यो आदेश बदर हुनुपर्ने माग राखेर जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले उच्च अदालत पोखरामा निवेदन दिएको थियो । तल्लो तहको अदालतको आदेश बदर हुनुपर्ने माग राखेर दिइने निवे...
तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
८ माघ, काठमाडौं । तनहुँको बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।दमौलीबाट डुम्रेतर्फ आइरहेको गण्डकी प्रदेश ०३ ००१ प ०३१०  नम्बरको मोटरसाइकल पृथ्वीराजमार्गअन्तर्गत डुम्रे दमौली सडकखण्डको बेलभन्ज्याङमा दुर्घटना भएको हो ।दुर्घटनामा मोटरसाइकलमा सवार  दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुलेको छैन ।मोटरसाइकल दुईवटा साना पुलको बीचमा खसेको छ । ...
राष्ट्रपतिद्वारा संसद्को हिउँदे अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा संसद्को हिउँदे अधिवेशन आह्वान

Breaking news 1, ताजा अपडेट, राजनीति, विविध, समाचार
७ माघ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को हिउँदे अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले यही माघ १८ गते अधिवेशन आह्वान गरेका हुन् ।यसअघि सोमबार मन्त्रिपरिषद् १८ गते बैठकले बोलाउने निर्णय गर्दै अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो । संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो । लामो समयदेखि संसद् नचल्दा सरकारको विरोधसमेत भएको थियो । यसबीचमा सरकारले केही अध्यादेशसमेत ल्याएको थियो । ...
कृषकको समस्या समाधान गर्न  लुम्बिनी प्रदेश सरकार तयार रहेको मन्त्री पन्थीको भनाई

कृषकको समस्या समाधान गर्न  लुम्बिनी प्रदेश सरकार तयार रहेको मन्त्री पन्थीको भनाई

Breaking news 1, ताजा अपडेट, विविध, समाचार
बुटवल । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले दुग्धजन्य क्षेत्रमा भएका उद्योगी व्यवसायीहरुको समस्या समाधान सरकार तयार भएको बताएका छन् । ऐन संसोधन गरेभएपनि व्यवसायी तथा कृषकको समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको उनले बताए । नेपाल डेरी एसोसिएसनको २६ औं वार्षिक साधारण सभाको अवसरमार सोमबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पन्थीले यस्तो बताएका हुन् । दुध र दुग्जन्य बस्तुको उत्पादन बढ्दै जाँदा विभिन्न बहुराष्ट्रिय कम्पनीहरुको पेयपद्धार्थ उपभोग गर्ने उपभोक्ताहरुको समेत कमी आउने अवस्था रहेको भन्दै उनले स्वदेशी उत्पादन र उपभोगमा प्रदेश सरकार जहिले पनि सकारात्मक रहेको बताए । प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पन्थीले कुनै पनि समस्याको समाधान सामुहिक पहलबाट सम्भव भएको भन्दै सोही अनुसार योजना बनाएर अगाडि बढ्नुपर्ने र य...
विश्वविद्यालयमा तालाबन्दी र हडताल नगर्न शिक्षा मन्त्रालयको आग्रह

विश्वविद्यालयमा तालाबन्दी र हडताल नगर्न शिक्षा मन्त्रालयको आग्रह

Breaking news 1, ताजा अपडेट, विविध, शिक्षा, समाचार, स्थानीय
काठमाण्डौ – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयहरूमा तालाबन्दी, बन्द र हडताल नगर्न आग्रह गरेको छ ।मन्त्रालयले विज्ञप्ति निकालेर शान्तिपूर्ण वातावरणमा ज्ञान आर्जन गर्न र सिक्न पाउने अधिकारको हनन हुने गरी शैक्षिक संस्थाभित्र अवरोध नगर्न विद्यार्थी सङ्गठनहरुलाई भनेको हो । विभिन्न पेशागत तथा विद्यार्थी सङ्गठनका नामबाट विभिन्न विश्वविद्यालयअन्तर्गतका क्याम्पस तथा शैक्षिक सेवा प्रवाह गर्ने संस्थाहरूमा तालाबन्दी, हडताल लगायतका गतिविधि कायमै रहेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । शिक्षण संस्था शैक्षिक गतिविधि सञ्चालन गर्ने पवित्र स्थल भएका कारण यस्ता संस्थामा हुने कुनै पनि प्रकारका तालाबन्दी र हडतालले विद्यार्थीको भविष्यमा नकारात्मक प्रभाव पार्ने मात्र नभई विद्यार्थीको शिक्षा प्राप्त गर्ने मौलिक हकको समेत हनन् हुने भन्दै मन्त्रालयले यस प्रकारका ...
प्रहरीबाट युवकमाथि निर्घात कुटपिट, छानबिन गर्न समिति गठन

प्रहरीबाट युवकमाथि निर्घात कुटपिट, छानबिन गर्न समिति गठन

Breaking news 2, ताजा अपडेट, विविध, समाचार
७ माघ, चितवन । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले एक जना युवकमाथि निर्घात कुटपिट गरेका छन् । ‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा खटिएका प्रहरीले युवकलाई लात्तीले हानेर लडाएर फेरि पनि लात्तैलात्ताले हानेका छन् ।प्रहरीले कुटपिट गरेको सो भिडियो सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।प्रहरीले बाइपास सडकखण्डमा रातिको बेलामा मोटरसाइकल चेकिङ गरिरहेको भिडियोमा देखिन्छ । त्यहीबेला प्रहरीले ‘फोन गर्ने ?’, ‘माथिको पावर देखाउने ?’ भन्दै एक युवकलाई कुटपिट गरेको देखिन्छ । प्रहरीबाट जोगिन ती युवक अलि पर भाग्न खोज्छन् । तर प्रहरी पछि लाग्दै लात्तीले हानेर बिजुलीको पोल छेउँमा लडाउँछन् । ती युवक लडिसकेपछि पनि उनले गाली गर्दै लात्ती प्रहार गरिरहेको देखिन्छ ।जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले घटना छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समित...
सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको उपयोग गर्न उद्योग वाणिज्य महासङ्घको आग्रह

सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको उपयोग गर्न उद्योग वाणिज्य महासङ्घको आग्रह

Breaking news 1, राजनीति, विविध, समाचार
काठमाण्डौ – नेपाल उद्योग वाणिज्य महासङ्घले सार्वजनिक निकायमा स्वदेशी वस्तुहरुको प्रयोग अनिवार्य गर्ने नेपाल सरकारको निर्णय कार्यान्वयनका लागि सबै जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घ तथा आफ्ना सदस्यहरूलाई आग्रह गरेको छ । सरकारको निर्णयबाट स्वदेशी उत्पादन  प्रवर्द्धन गर्न निकै सहयोग पुग्नेमा विश्वास गर्दै महासङ्घले आफ्ना सबै सदस्यहरुमा सम्भव भएसम्म नेपाली उत्पादनको प्रयोग र  प्रवर्द्धन गर्न आग्रह गरेको हो । महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मन्त्रिपरिषदबाट ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका २०८१’ पारित हुनु स्वागतयोग्य रहेको र अब त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ । सरकारको यो निर्णयले स्वदेशी उत्पादन प्रवद्र्धन गर्न निकै सहयोग पुग्ने अध्यक्ष ढकालको दाबी छ । स्वदेशी वस्तुको उत्पादन, रोजगारी सिर्जना, आयात व्यवस्थापन तथा उत्प...
सुदूरपश्चिमका पूर्वमन्त्री सुवेदीसहित दुई जना नेता एमालेबाट निष्कासित

सुदूरपश्चिमका पूर्वमन्त्री सुवेदीसहित दुई जना नेता एमालेबाट निष्कासित

Breaking news 1, ताजा अपडेट, विविध, स्थानीय
काठमाण्डाै – नेकपा एमाले कैलालीले पूर्वमन्त्रीसहित दुई जनालाई पार्टीबाट निष्कासन गरेको छ । एमालेबाट कारबाहीमा परेका नेता भीम रावलको पक्षमा गतिविधि गरेको भन्दै एमालेको जिल्ला कमिटीले सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र जिल्ला सदस्य भीष्मराज सुवेदीलाई कारबाही गरेको हो ।हिजो बसेको एमाले जिल्ला सचिवालय बैठकले उनीहरूलाई कारबाही गरेको हो । एमाले कैलाली सचिव ममताप्रसाद चौधरीले पूर्वमन्त्री कृष्णराज सुवेदी र जिल्ला कमिटी सदस्य भीष्मराज सुवेदीलाई पार्टीको सङ्गठित सदस्य समेत नरहने गरी निष्कासन गर्न प्रदेश कमिटीलाई सिफारिश गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । जिल्ला कमिटीले भने दुवै जनालाई निष्कासन गरेको जनाएको छ । भीम रावलले सञ्चालन गरेको मातृभूमि जागरण नेपाल अभियानलाई सहयोग गरेको र आफ्नै पार्टी र नेतृत्वविरुद्ध गतिविधि गरेकाले दुई जनालाई कारबाही गरिएको एमालेले...