विदेश

यमनमा हुथी समूहमाथि हुने सम्भावित अमेरिकी आक्रमणको गोप्य योजना बाहिरियो

यमनमा हुथी समूहमाथि हुने सम्भावित अमेरिकी आक्रमणको गोप्य योजना बाहिरियो

Breaking news 1, ताजा अपडेट, विदेश, विविध, समाचार
यमनमा हुथी सशस्त्र समूहमाथि हुन लागेको अमेरिकी आक्रमणको पूर्वसूचना बाहिर आएको छ । अमेरिकी वरिष्ठ अधिकारीहरुबीच ग्रुप च्याट हुँदाहुँदै गोप्य योजना पत्रकारकोमा पुगेको बीबीसीले जनाएको छ । अमेरिकी वरिष्ठ अधिकारीहरुबीच हुथी विद्रोही समूहविरुद्ध आक्रमणको योजनाबारे ग्रुपच्याटमा चर्चा भईरहेका बेला भूलवस एक पत्रकारलाई ‘एड’ गर्न पुगेको र योजनाबारे सूचना चुहावट भएको खबरमा उल्लेख छ । च्याटमा हुथी समूहमाथि हुने सम्भावित अर्को आक्रमणको विस्तृत जानकारी थियो । द एटलान्टिक पत्रिकाका प्रधान सम्पादक जेफरी गोल्डबर्गले आफुलाई ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जले ग्रुपच्याटमा समावेश गर्नुभएको बताउनुभएको छ । यो घटना अन्जानमा भएको ह्वाइट हाउसले पुष्टि गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आफुलाई ग्रुप च्याटबारे केही थाहा नभएको बताउनुभएको छ । आक्रमणबारे गोप्य सूचना को...
एमसीसीअन्तर्गतका निश्चित आयोजना अघि बढाउन अमेरिकाको अनुमति

एमसीसीअन्तर्गतका निश्चित आयोजना अघि बढाउन अमेरिकाको अनुमति

Breaking news 2, ताजा अपडेट, राजनीति, विदेश, विविध, समाचार, स्थानीय
काठमाण्डौ – अमेरिकी सरकारले एमसीसी नेपाल कम्प्याक्ट सम्झौता अन्तर्गतका केही कार्यक्रम अघि बढाउन अनुमति दिएको छ । यस अघि फेब्रुअरी २४ तारिखमा समीक्षाका लागि भन्दै ९० दिनका लागि स्थगित गरेको जनाएकोमा केही कार्यक्रम अघि बढाउन अनुमति आएको एमसीए नेपालले विज्ञप्ति निकालेर जानकारी गराएको छ । यसअघि अमेरिकाले स्थगित गरेका कारण नेपालले प्राप्त गरेको अहिलेसम्मकै ठूलो वैदेशिक सहयोगको भविष्यमाथि प्रश्न उठेको थियो । तर अहिलेको अनुमतिले पनि ट्रम्प प्रशासनले गर्ने अन्तिम निर्णयप्रति सङ्केत नगर्ने एमसीए नेपालको सूचनामा उल्लेख छ । विज्ञप्तिमा एमसीए नेपाल कामहरूको पुनः थालनीका लागि व्यवस्थापन गरिरहेको र पारदर्शिताप्रति प्रतिबद्ध रहेको उल्लेख छ । एमसीसीअन्तर्गत विद्युत् प्रसारण लाइनको निर्माण र सडकको स्तरोन्नतिका लागि नेपाललाई अमेरिकाले पाँच सय ५० मिलियन अमेरिकी डलर अर्थात् झन्ड...
अमेरिकामा आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या ३४ पुग्यो

अमेरिकामा आँधीका कारण ज्यान गुमाउनेको सङ्ख्या ३४ पुग्यो

Breaking news 2, माैसम, विदेश, समाचार
अमेरिकाको दक्षिणी राज्यमा अचानक आएको आँधीबेहरीमा परी ज्यान गुमाउनेको सङ्ख्या ३४ जना पुगेको छ । ज्यान गुमाउनेमध्ये मिसौरी क्षेत्रमा १२ जना, कन्सासमा आठ, मिसिसिपीमा छ, अर्कन्सासमा तीन जना र अरू पाँच जना रहेका छन् ।आँधीले धेरै घरहरूमा क्षति गरेको र गाडी पल्टाएको छ भने दुर्घटना पनि भएका छन् । मिशिगन, मिसौरी र इलिनोइससहित सात राज्यमा दुई लाख ५० हजार जना भन्दा धेरै बिजुलीविहीन भएका थिए ।अहिले पनि १४ हजार घरपरिवार विद्युतविहीन रहेको बीबीसीले जनाएको छ । मध्य मिसिसिपी, पूर्वी लुसियाना, पश्चिमी जर्जिया, फ्लोरिडालगायतका क्षेत्रमा मौसमको अवस्था खराब नै रहेको छ । ...
फ्रि भिसा र डिपेन्डेन्ट भिसाको प्रलोभन नदिन कन्सल्टेन्सीहरूलाई मन्त्रालयकाे निर्देशन

फ्रि भिसा र डिपेन्डेन्ट भिसाको प्रलोभन नदिन कन्सल्टेन्सीहरूलाई मन्त्रालयकाे निर्देशन

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, शिक्षा, समाचार
काठमाडौंशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले फ्रि–भिसा, रोजगारीको ग्यारेन्टी, डिपेन्डेन्ट भिसा उपलब्ध गराउने लगायतका प्रलोभन नदिन शैक्षिक परामर्शदातृ निकायलाई निर्देशन दिएको छ । अनुमति नलिई शैक्षिक मेला, भेला तथा शैक्षिक प्रदर्शनी नगर्न पनि मन्त्रालयले चेतावनी दिएको छ । परामर्शदातृ निकायहरूले सेवाग्राहीलाई प्रलोभन दिने गरेको गुनासो आएपछि मन्त्रालयले ८ बुँदे निर्देशन जारी गरेको हो ।मन्त्रालयले अभिलेखमा कायम नरहेका विश्वविद्यालय तथा शिक्षण संस्थाहरूमा अभिलेखीकरणसम्बन्धी प्रक्रिया पूरा नगरी विद्यार्थीलाई अध्ययनको लागि सिफारिस नगर्न कन्सल्टेन्सीहरूलाई निर्देशन दिएको छ । वैदेशिक शैक्षिक परामर्शका लागि अनुमति पाएका संस्थाहरूबाट मात्र परामर्शसम्बन्धी सेवा लिन सेवाग्राहीलाई मन्त्रालयले आग्रह गरेको छ । ‘कुनै पनि संस्था कानुन सम्मत स्थापना नभएको र सम्बन्धित मन्त्रालयबाट सेवा प्रदानक...
अमेरीकी कदम विरूद्ध चिनकाे खुल्ला चेतावनी: ‘अमेरीकासंग सबै युद्ध लड्न तयार छाै’

अमेरीकी कदम विरूद्ध चिनकाे खुल्ला चेतावनी: ‘अमेरीकासंग सबै युद्ध लड्न तयार छाै’

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडाैँ अमेरीकी राष्ट्रिति  डोनाल्ड ट्रम्पले चीनीया सामानमा थप १० प्रतिसत भन्सार शुल्क बृद्धि  गरेपछि क्रुद्ध बनेकाे चीनले अमेरिकालाई खुलेआम चेतावनी दिएको छ। अमेरिकास्थित चिनियाँ दूतावासले विज्ञप्ति जारी गरी चीन अमरिकासँग सबै प्रकारको युद्ध लड्न  तयार रहेको बताएको हो। चिनियाँ दूतावासले सामाजिक सञ्जालमा लेखेको छ, ‘चाहे त्यो ट्यारिफ (भन्सार शुल्क) युद्ध होस्, व्यापार युद्ध होस् वा अन्य कुनै युद्ध, यदि अमेरिका युद्ध चाहन्छ भने हामी अन्त्यसम्म लड्न तयार छौँ।’ अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबारदेखि चीनबाट अमेरिका आउने सामानमा थप १० प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन्। यसअघि फेब्रुअरीको सुरुमै ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत शुल्क लगाइसकेका थिए। बढाएको समेत गर्दा अमेरिकाले चिनियाँ सामानमा कूल २० प्रतिशत भन्सार शुल्क लगाएक...
आज विश्व वन्यजन्तु दिवस मनाइँदै

आज विश्व वन्यजन्तु दिवस मनाइँदै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौं आज मार्च ३ अर्थात् विश्व वन्यजन्तु दिवस । वन्यजन्तु र मानवको बासस्थान पृथ्वीको अतिदोहन रोक्न तथा यसको जैविक विविधता, पर्यावरणीय एवं पारिस्थितिकीय प्रणालीको संरक्षणमा जोड दिंदै ‘वन्यजन्तु संरक्षणमा वित्तः मानव र पृथ्वीमा लगानी’ नाराका साथ संसारभर यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको ६८ औँ महासभाले २० डिसेम्बर २०१३ मा जोखिममा रहेका वन्यजन्तु र वनस्पतिका बारेमा मानवलाई सचेत गराउने उद्देश्यले मार्च ३ लाई विश्व वन्यजन्तु दिवसको रूपमा घोषणा गरेको हो । सन् १९७३ मा आजकै दिन लोपोन्मुख प्रजातिका वन्यजन्तु र वनस्पतिको अन्तरराष्ट्रिय व्यापार महासन्धि (सिआइटिईएस)अनुमोदन भएको थियो । सोही वर्षको मार्च ३ देखि १४ सम्म थाइल्याण्डको राजधानी ब्याङ्कककमा आयोजित जलवायु परिवर्तनसम्बन्धी १६औँ राष्ट्रसङ्घीय सम्मेलन तथा सिआइटिईएस पक्षराष्ट्रको सम्मेलनले थाइल्याण्डको वन्यजन्तु दिवस मनाउ...

मलद्वारमा लुकाएर ल्याएकाे पाैने ४ किलाे सुनसहित ४ जना विदेशी नागरिक पक्राउ

Breaking news 2, जीवनशैली, ताजा अपडेट, विदेश, समाचार, स्थानीय
काठमाण्डाै – प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाे भन्सारबाट जाँच पास सकेर बाहिर निस्कने क्रममा पौने ४ किलो सुनसहित ४ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । अध्यागमनको जाँच पास भइसकेपछि प्रहरीको टर्मिनल गेटमा आएका उनीहरूलाई शङ्का लागेर जाँच गर्दा सुन बरामद भएको विमानस्थलका प्रहरी प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभयो । उनीहरूले मलद्वारमा लुकाएर सुन ल्याएका हुन् । शङ्कास्पद गतिविधि रहेकाले प्रहरीले एक्स–रेमा जाँच गर्दा शङ्कास्पद देखिएपछि अस्पतालमा लगेर भिडियो एक्स–रे गरेर हेर्दा सुन देखिएको हो । पक्राउ पर्नेमा तीन जना महिला र एक जना पुरुष छन् । गएरातिको उडानमार्फत दुबईबाट काठमाण्डाै आएका उनीहरू सबै उज्बेकिस्तानका नागरिक हुन् । उनीहरूलाई तस्करी समूहले भरियाका रूपमा प्रयोग गरेको प्रारम्भिक अनुमान रहेको र थप ...
राष्ट्रसंघको प्रतिबन्धमा परेका व्यक्ति तथा संस्थाको सेयर कारोबार रोक्न निर्देशन

राष्ट्रसंघको प्रतिबन्धमा परेका व्यक्ति तथा संस्थाको सेयर कारोबार रोक्न निर्देशन

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
काठमाडौँ संयुक्त राष्ट्रसंघको प्रतिबन्धात्मक सूचीमा परेका व्यक्ति तथा संस्थाको सेयर कारोबार नगर्न नेपाल धितोपत्र बोर्डले निर्देशन दिएको छ । धितोपत्र बजारका सहभागीलक्षित वित्तीय कारोबारसम्बन्धी मार्गदर्शन जारी गर्दै बोर्डले त्यस्ता व्यक्ति, संस्था, समूह, संगठनलगायतको सेयर कारोबार नगर्न, यसअघि हुने गरेको भए रोक्न र नियमित रूपमा सम्बन्धित निकायमा सूचना दिन धितोपत्र ब्रोकर, मर्चेन्ट बैंकरलगायतलाई निर्देशन दिएको हो ।  संयुक्त राष्ट्रसंघले आतंकवादी क्रियाकलाप, गैरकानुनी गतिविधिलगायतमा संलग्न व्यक्तिलाई विश्वव्यापी रूपमै प्रतिबन्ध लगाउने र त्यस्ता व्यक्ति वा संस्थाको सूची नियमित रूपमा प्रकाशन गर्छ । उक्त सूची हरेक देशको गृह मन्त्रालयले पनि नियमित रूपमा अद्यावधिक र प्रकाशन गर्दै आएको छ । बोर्डले त्यही सूचीमा रहेका व्यक्ति, संस्था, समूह, संगठनलगायतको सेयर कारोबार नगर्न तथा सम्भावित त्य...
अधिकांश विदेशी  मुद्राको मूल्य वृद्धि

अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार
काठमाडौं नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार अधिकांश विदेशी विदेशी मुद्राको मूल्य वृद्धि भएको छ । केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ४५ पैसा र बिक्रीदर १३९ रूपैयाँ ०५ पैसा, युरोपियन युरो एकको खरिददर १४४ रूपैयाँ ९५ पैसा र बिक्रीदर १४५ रूपैयाँ ५८ पैसा निर्धारण गरिएको छ । यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रूपैयाँ १५ पैसा र बिक्रीदर १७५ रूपैयाँ ९१ पैसा कायम गरिएको छ । स्विस फ्र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ०७ पैसा र बिक्रीदर १५४ रूपैयाँ ७४ पैसा तय गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ४७ पैसा र बिक्रीदर ८८ रूपैयाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ५५ पैसा र बिक्रीदर ९७ रूपैयाँ ९७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ५९ पैसा र ब...
हमासले  ६ जना बन्धक, इसराइलले ६०२ कैदी छाड्दैछन्

हमासले ६ जना बन्धक, इसराइलले ६०२ कैदी छाड्दैछन्

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, विदेश, समाचार, समाज
हमासले शनिबार ६ जनालाई बन्धकमुक्त गर्दैछ। इसराइली सञ्चारमाध्यमहरूका अनुसार शनिबार बन्धकमुक्त हुने ६ जनाको सूची शुक्रबार नै हमासले इसराइललाई पठाइसकेको छ।शनिबार बन्धकमुक्त ६ जना नै पुरूष छन्। ३७ वर्षका अवेरा मेंगिस्तु, ३७ वर्षकै हिशाम अल सैयद, ३९ वर्षका तल शोहम, २७ वर्षका एलिया कोहेन, २३ वर्षका ओमर वेंकर्ट र २२ वर्षका ओमर शेम-तोभ छन्।उनीहरूमध्ये अवेरा र हिशाम २०१४ देखि नै  हमासको नियन्त्रणमा रहेको इसराइली अखबार टाइम्स अफ इसराइलले जनाएको छ। त्यतिबेला उनीहरू समुद्र तटबाट गजा प्रवेश गर्दा हमासले नियन्त्रणमा लिएको थियो।बाँकी चार जनालाई भने सन् २०२३ को अक्टोबर ७ इसराइलमाथि आक्रमण हुँदा हमासले बन्धक बनाएर गजा पुर्‍याएको थियो। उनीहरूलाई हमासले सुपरनोभा फेस्टिबलबाट अपहरण गरेको थियो। चारै जना एउटै परिवारका रहेको पनि बताइएको छ। हमासले ६ जना बन्धक छाडेको बदलामा इसराइलले ६०२ जना प्यालेस...