आरसीबीको जितमा खुसी मनाउने क्रममा रंगशालामा भागदौड, कम्तीमा १० को मृत्यु


काठमाडौं

बेङ्गलुरुको चिन्नास्वामी स्टेडियमबाहिर भागदौड मच्चिँदा कम्तीमा दशजनाको मृत्यु भएको छ । थुप्रै घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

१८ वर्षको लामो यात्रामा तीन पटकको फाइनल निराशापछि गएराति रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) आईपीएल विजेता बनेको थियो । सोही जितको खुसीयाली मनाउन रंगशालामा हजारौं समर्थक जम्मा भएका बेला भागदौड मच्चिएको बताइएको छ ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरिरहेका तस्वीर सार्वजनिक भएका छन् । कर्नाटक प्रदेश सरकारका उपमुख्यमन्त्री डीके शिवकुमारले सामाजिक सञ्जालमार्फत घटनाले मर्माहत बनाएको उल्लेख गरेका छन् ।

‘आरसीबीको जितमा खुसीयाली साट्न तथा साक्षी बन्न समर्थकहरू जम्मा भएका थिए । तर, अन्यनत दुःखद र त्रासदीपूर्ण घटना हुन पुग्यो,’ उनले लेखेका छन्, ‘आरसीबीको जितप्रति गर्व छ । तर, कुनै पनि जित कसैको जिन्दगीभन्दा ठूलो हुन सक्दैन । म अपिल गर्न चाहन्छु कि सुरक्षामा विशेष ध्यान दिइयोस् ।’

उनले अस्पतालमा रहेका घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिन पनि निर्देशन दिएका छन्

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...