गुल्मीमा छोराको कुटपिटबाट बुवाको ज्यान गयो, आमा सख्त घाइते
गुल्मी
गुल्मीको मालिका गाउँपालिका–३ म्यालमा छोराले आफ्नै बुवाको हत्या गरेका छन् । शनिबार दिउँसो २३ वर्षीय भोटबहादुर बिकले आफ्ना बुवा र आमामाथि धारिलो हतियारले प्रहार गर्दा बुवाको मृत्यु भएको र आमा गम्भीर घाइते भएकी प्रहरीले जनाएको छ ।भोटबहादुरले करिब ५० वर्षीय बुवा धनबहादुर बिक र ४८ वर्षीया आमा दिलमाया बिकमाथि हसिया र काठको मुंग्रो प्रयोग गरी आक्रमण गरेका थिए । घटनामा धनबहादुर बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुले बताए ।गम्भीर घाइते दिलमाया बिकलाई उपचारका लागि जिल्ला अस्पताल तम्घास हुँदै प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जानकारी दिएको छ ।
घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी अर्खवाङ्गबाट प्रहरी सहायक निरीक्षक मानबहादुर घर्तीको टोली घटनास्थल पुगेको थियो । त्यस्तै थप अनुसन्धानका लागि इलाका प्रहरी कार्याल...








